युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 06.24.2018, 04:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा
Monday, 02.02.2015, 06:21pm (GMT+5.5)

काठमाडौं । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले खेलबाट सन्न्यास  लिने घोषणा गर्नुभएको छ ।  तेक्वान्दो रिङमा प्रतिस्पर्धा गर्न छाडेको करिब पाँच वर्षपछि  विष्टले शनिबार आयोजित कार्यक्रममा तेक्वान्दोबाट सन्न्यास लिएको औपचारिक घोषणा गर्नुभएको हो । २८ वर्षीय विष्टले दक्षिण एसियाली साग खेलकुदको पहिल्लो चार संस्करणमा लगातार स्वर्ण पदक जित्नुभएको थियो ।

विष्टले सन् १९९९ मा काठमाडौँमा आयोजित आठौँ, सन् २००४ मा पाकिस्तानमा आयोजित नवौँ र सन् २००६ मा श्रीलङ्कामा आयोजित ११ औँ लगायतका साग स्वर्ण पदक जित्नुभएको थियो । कार्यक्रममा विष्टलाई सरकार, विभिन्न सङ्घ÷संस्था तथा शुभचिन्तकले संयुक्त रुपमा भक्सवागनको पोलो गाडी (कार) उपहार समेत दिएका छन् । सरकारले सो गाडीका लागि भन्सार मिनाहा गरिदिएको छ । 

त्यसैगरी, विष्टका शुभचिन्तक सुनिल कटुवालले विष्टलाई रु एक लाख नगद प्रदान गर्नुभयो । दन्त चिकित्सक राजेन्द्र भट्टले मायाको चिनो प्रदान गर्दै विष्टलाई आजीवन निःशुल्क दन्त परीक्षण गर्ने घोषणा गर्नुभयो । विष्टले खेलकुदको क्षेत्रमा पुर्याएको योगदानका लागि धन्यवाद र आगामी जीवनको प्रगतिको कामना गर्दै प्रधानमन्त्री सुशील कोइरालाले पठाउनुभएको शुभकामना सन्देश कार्यक्रममा वाचन गरिएको थियो । 

कार्यक्रममा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित भएर खेलकुद क्षेत्रमा कुनै पनि किसिमको राजनीति नगर्न आग्रह गर्नुभयो । युवा नेता तथा सभासद् गगन थापाले राज्य र सरकारले खेलकुदलाई अहिले पनि सामान्य रुपमा लिएको हुँदा समग्र खेलकुदको बारेमा बहस गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव युुवराज लामाले खेलकुललाई आगामी संविधानमा मौलिक अधिकारभित्र सुनिश्चित गरिनुपर्ने माग गर्नुभयो । सोही अवसरमा तेक्वान्दो खेलबाट सन्न्यास लिएका विष्टले तेक्वान्दो खेलबाट सन्न्यास  लिएपनि बाँकी जीवन सोही क्षेत्रमा अभिभावकको भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]