युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 08:31pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने
Wednesday, 03.04.2015, 12:00pm (GMT+5.5)

काठमाडौं । नेपाली क्रिकेटले विश्वकै ध्यान तानेको भए पनि एउटा अन्तर्राष्ट्रियस्तरको रंगशाला समेत नभैरहेका बेला सुर्वण शमशेर स्मृति प्रतिष्ठानले बुढानिलकण्ठ नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने भएको छ । आइतबार सो रंगशालाको शिलान्यास प्रधानमन्त्री सुशील कोइरालाले गर्दै उक्त क्रिकेट रंगशाला पर्यटकीय स्थलमा रहेको हुँदा यसको समयमा नै निर्माण हुनसके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

त्यस्तै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उक्त स्टेडियम तयारीका लागि सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कानुन, न्याय संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले बुढानिलकण्ठको स्थानीयवासीले त्यस क्षेत्रमा देखेको स्टेडियमको सपनालाई आफ्नोतर्फबाट सक्दो पहल गरी निर्माण गरेरै छाड्ने अठोट गर्नुभयो । यसै गरी वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले स्टेडियम निर्माणका लागि राज्य र आफ्नो पार्टीका तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो । 

सभासद् गगन थापाले आम नेपालीलाई एकताको सूत्रमा बाँध्ने काम खेलकुद क्षेत्रले गर्ने भन्दै सम्भावना बोकेको क्रिकेट खेलको विकास र विस्तारका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यस स्टेडियम निर्माणले नेपाली क्रिकेट टोलीमा खुसीयाली छाएको भन्दै सरकारले क्रिकेट खेलमा विशेष लगानी गर्नुपर्ने धारणा राख्नु भयो ।

सुर्वण शमशेर अध्ययन प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली टोलीका कप्तान खड्कालाई प्रधानमन्त्री कोइरालाले सम्मानसमेत गर्नुभएको थियो । बुढानिलकण्ठ नगरपालिकाको गाम्छामा अवस्थित उक्त क्रिकेट स्टेडियम ९५ रोपनी क्षेत्रफलमा तीन वर्षको अवधिमा निर्माण पूरा गर्ने योजना रहेको छ । उक्त स्टेडियम निर्माणका लागि करिब रु २५ करोड खर्च लाग्ने आयोजक सङ्घका अध्यक्ष धुव्र खड्काले जानकारी दिनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]