युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 01:54am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
संगीनालाई सरकारको १५ लाख
Wednesday, 03.04.2015, 12:01pm (GMT+5.5)

काठमाडौं । नेपाली खेलकूद क्षेत्रमा निकै गर्वका साथ लिइने नाम हो संगीता वैद्य । उहाँको नाममा एसियाली च्याम्पियनसीपमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडीको रेकर्ड पनि छ । ओलम्पिक प्रतियोगितामा प्रतिस्पर्धाबाट छनोट हुनेमध्ये थोरै नेपाली खेलाडीमा पर्ने सङ्गीनाले पछिल्लो समयमा खुट्टामा भएको समस्याका कारण महत्वपूर्ण प्रतियोगिताहरू गुमाउनुपरेको थियो ।

यसबीचमा खेलका माध्यमबाट राष्ट्रमा योगदान दिनेलाई पुरस्कृत गर्ने परम्पराको थालनी भएपछि यो खुसीमा संगीता पनि परेकी छिन् । सरकारले केही महिना अघि कीर्तिमान खेलाडीद्वय बैकुण्ड मानन्धर र दीपक बिष्टलाई सम्मान १५ लाख रुपैयाँ पुरस्कार दिएको थियो भने हालै संगीनालाई पनि सोही रकमबाट पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यो निर्णयपछि संगीनाले आफ्नो योगदानको उचित मूल्याङ्कन भएको र यसले नयाँ खेलाडीलाई थप हौसला दिने प्रतिक्रिया दिनुभएको छ । सरकारले सम्मानस्वरुप आफूलाई आज रु १५ लाख दिन गरेको निर्णयबाट खुसीको कुनै सीमा नरहेको बताउँदै चर्चित तेक्वान्दो खेलाडी सङ्गीना वैद्यले भन्नुभयो । करिव डेढ दशक खेलाडीको रुपमा देशको सेवा गरेकी सङ्गीनाले रासससँगको कुराकानीका भन्नुभयो, “सरकारको यो कदमले सबै खेलाडीलाई हौसला प्रदान गरेको छ ।”

छत्तीस वर्षीया सङ्गीनाले दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गर्दै दुईवटा स्वर्ण पदक जित्नुभएको थियो । सोह्र वर्षको हुँदादेखि देशको प्रतिनिधित्व गर्न थाल्नु भएकी सङ्गीना पाँच बर्ष अघि नै खेलाडीको रुपमा सन्न्यास लिइसक्नुभएको थियो भने हाल राष्ट्रिय प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । 

सङ्गीनाले प्राप्त रकमलाई सही सदुपयोग गर्दै व्यक्तिगत आवश्यकता परिपूर्ति गर्नका साथै तेक्वान्दोकै योगदानमा लगाउने बताउनुभयो । “साँच्चै भन्नुपर्दा तेक्वान्दो बाहेकको पेशा गर्ने कुरा म सोच्न पनि सक्तिन,” उहाँले खेलप्रतिको लगाव देखाउँदै भन्नुभयो ।

२०४८ सालबाट तेक्वान्दो खल्न थालेकी संगीनाले सन् १९९९ मा काठमाडौंमा तथा पाकिस्तानमा २००४ मा सम्पन्न दक्षिण एसियाली खेलकुद साफमा स्वर्ण पदक जितेकी थिइन् । सन् १९९६ मा एसियाली तेक्वान्दो च्याम्पियनसिपमा जितेको स्वर्ण पदक नै संगीनाको खेल जीवनको सबैभन्दा ठूलो सफलता हो । सन् २००४ को एथेन्स ओलम्पिकका लागि उनले छनोट चरण पार गरेकी थिइन् । ओलम्पिकका लागि छनोट हुने पहिलो नेपाली खेलाडीको इतिहास पनि उनले राखेकी हुन् । उनले खेलका सबै १० राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । यसैगरी विभिन्न २० अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले १० स्वर्ण, एक रजत र ४ कास्य जितेकी छिन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने (03.04.2015)
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]