युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 06.23.2018, 05:51am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित
Tuesday, 03.17.2015, 12:24pm (GMT+5.5)

काठमाडौं । नेपाली खेलकूदमा अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्ने थोरै खेलाडीमा पर्ने तेक्वाण्दो खेलाडी संगीना वैद्यलाई सरकारले घोषणा गरेअनुसारको १५ लाख रुपैयाँसहित सम्मान गरेको छ । नारी दिवसको अवसर पारेर सरकारले संगीनासंगै अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्दै देशको नाम चिनाउन सफल महिला खेलाडीहरूलाई नगद तथा कदरपत्रसहित सम्मान गरेको छ । शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति डा रामवरण यादवले  तेक्वान्दो खेलाडी सङ्गीना बैद्यलाई रु १५ लाखको चेक प्रदान गर्नुभयो ।

यसअघि मन्त्रीपरिषद्ले दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण, एसिया प्यासिफिक खेलकुदमा एक स्वर्ण पदक तथा ओलम्पिकमा छनोट हुन सफल सङ्गीनाको योगदानको कदर गर्दै नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । 

सम्मानित खेलाडीलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले आधुनिक युगमा देशलाई चिनाउने माध्यम खेलकुद भएको बताउँदै भन्नुभयो, “सगरमाथा, गौतम बुद्ध, पशुपतिनाथ, जानकी माता र वीर गोर्खालीले चिनाएको देशलाई अब खेलकुदले चिनाउनुपर्छ, त्यसमा पनि तपार्इँहरूजस्ता महिला खेलाडीहरूको योगदान अझ महत्वपूर्ण हुन्छ ।” 

राष्ट्रपति यादवले कम भौतिक पूर्वाधार र विभिन्न कठिनाइका बाबजुद महिला खेलाडीहरूले पदक जित्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।

युवा तथा खेलकुद मन्त्री पौडेलले नेपाली समाजमा नारीलाई देवी, माता, भगवती, सरस्वती, लक्ष्मीलगायतका उपमा दिएर पूजा गर्ने गरेको स्मरण गर्दै महिला खेलाडीलाई सम्मान गर्न पाउदा गर्व लागेको बताउनुभयो । सम्मानित खेलाडी सङ्गीनाले सरकारले महिला खेलाडीको कदर गरेको बताउनुभयो ।

कार्यक्रममा एसियाली प्रतिस्पर्धामा काश्य जितेकी साम्बो खेलाडी भगवती माझीलाई रु. एक लाख, श्रीलङ्कामा भएको पहिलो दक्षिण एसियाली महिला भलिबल र पाकिस्तानमा सम्पन्न तेस्रो महिला साग फुटबलका उपविजेता टिम तथा साग फुटबल विजेता १४ वर्ष मुनिको टिमलाई पनि सम्मान गरियो ।

ऊर्जामन्त्री राधा ज्ञवाली, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल तथा सचिव दीपेन्द्रनाथ शर्मालगायतले तीनै टिमका खेलाडी, मुख्य र सहायक प्रशिक्षक, व्यवस्थापक तथा पदाधिकारीलाई जनही रु २५–२५ हजार प्रदान गरेर सम्मान गर्नुभयो ।

नेपाली क्रिकेट टिमलाई डिभिजन–३ को उपाधि जिताएका तत्कालिन प्रशिक्षक जगतबहादुर टमाटालाई पनि रु. एक लाख प्रदान गरियो । यसअघि प्रशिक्षक टमाटा क्रिकेट टिम सम्मानित हुँदा छुट्नुभएको थियो । 

सरकारले यसअघि दक्षिण एसियाली खेलकूदमा म्यारानामा लगातार तीन स्वर्णपदक जित्नुका साथै अहिलेसम्म नतोडिएको रेकर्ड राख्न सफल धावक बैकुण्ठ मानन्धर र चारवटा स्वर्णपदक विजेता तेक्वाण्दो खेलाडी दीपक बिष्टलाई १५–१५ लाख रुपैयाँ नगदसहित सम्मान गरिसकेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
संगीनालाई सरकारको १५ लाख (03.04.2015)
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने (03.04.2015)
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]