युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 07:19pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
बैकुण्ठसहितका १९ खेलाड सम्मानित
Tuesday, 04.07.2015, 01:17pm (GMT+5.5)

नेपाली खेल इतिहासमा सबैका लागि प्रेरणादायी खेल व्यक्तित्व म्याराथनका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सहितका १९ खेलका विभिन्न खेलाडीलाई सम्मानित गरिएको छ । शुक्रबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मानन्धरलाई शुक्रबार गजराज जोशी शस्मृति आदर्श खेल व्यक्तित्वबाट विभुषित गरेको हो । त्यस क्रममा नेपालका लागि पहिलो पटक अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएका गजराज जोशीका नाममा रहेको खेल व्यक्तित्वबाट सम्मानित भएका मानन्धरले आफू जीवन रहँदासम्म दौडिरहने बाचा गरे । 

जोशीले सन् १९५१ मा भारतमा आयोजित एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए । मानन्धरलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेवाङले सम्माति गरे । गजराज स्मृति प्रतिष्ठानले मानन्धरलाई ३० हजार रुपैयाँ प्रदान गरिएको थियो। । गजराज जोशीको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुँदा गौरवान्वित महसुस गरेको बताउँदै मानन्धरले आयोजक खेलाडी संघलाई धन्यवाद दिए । 

वर्षभर प्राप्त गरेको सफलता र प्रदर्शनलाई आधार मान्दै सम्बन्धित संघको सिफारिसमा खेलाडी संघले वर्षका उत्कृष्ट खेलाडी २०७० घोषणा गरेको थियो । वर्ष खेलाडी घोषित हुनेमा फुटबलका अनिल गुरुङ, ह्यान्डबलका अमर श्रेष्ठ, हक्कीका दीपन्द्र ऐरी, लन टेनिसकी विभुती कार्की, टेबल टेनिसकी नविता श्रेष्ठ, तेक्वान्दोकी ज्ञानी चुनारा, जुडोकी सुनिता बोहरा, जिम्न्यास्टिकका राजु राई, कवड्डीका नवल राना छन् । त्यस्तै भारोत्तोलनका कमल अधिकारी, बुद्धिचालका केशव श्रेष्ठ, साइक्लिङका अजय पण्डित, आर्चरीका प्रेमप्रसाद पुन, ब्याडमिन्टनका रत्नजित तामाङ, बक्सिङकी सरस्वती रानामगर, करातेकी अनु अधिकारी, भलिबलकी सरस्वती चौधरी, शुटिङकी श्रेया केसी र एथलेटिक्सकी दीलमाया कार्की उत्कृष्ट खेलाडी घोषित भए । 

संविधानसभाका अध्यक्ष नेम्वाङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा, खेलाडी संघका अध्यक्ष दीपक विष्ट, महासचिव दीपक श्रेष्ठ र सम्बन्धित संघका पदाधिकारीले सम्मानित गरेका थिए । उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ, पदक तथा कदरपत्र प्राप्त गरे । 

नेपाली खेलकुद र खेलाडीको अवस्था, खेलाडीले प्राप्त गर्ने सफलता, असफलता त्यसले राष्ट्रमा पारेको प्रभावलाई मुल विषय बनाएर मण्डला थिएटरका कलाकारले प्रस्तुत गरेको नाटकका बीच–बीचमा खेलाडीलाई सम्मान गरिएको थियो । 

लामो समयदेखि दशरथ रंगशालामा सुरक्षा गार्डका रुपमा कार्यरत रत्नबहादुर तामाङलाई आधार बनाएर एक पात्रले नेपाली खेलकुदको साक्षीका रुपमा अनुभव साटेका थिए । नाटकपछि संघले लामालाई १० हजार रुपैयाँ र  खेल पोशाकसहित सम्मान गरेको थियो । खेलाडी संघका महासचिव दीपक श्रेष्ठले आठौं सस्ंकरणसम्म आइपुग्दा सम्मान कार्यक्रमको महत्व बढेको र अझै जिम्मेवारी थपिएको अनुभव गरेको सुनाए ।

अनिल र सरस्वती सदभावना दुत
सोही कार्यक्रममा चाइल्ड रिच नेपालले उत्कृष्ट खेलाडी घोषित मध्येबाट फुटबलका अनिल गुरुङ र भलिबलकी सरस्वती चौधरीलाई आगामी एक वर्षका लागि सद्भावना दुत नियुक्त गरेको छ ।  बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकारका लागि काम गर्दै आएको चाइल्ड रिचका कन्ट्री डाइरेक्टर छिरिङ लामाले खेलकुदलाई देशका कुना काप्चामा पुर्यााउने उद्देश्यका साथ खेलाडी संघसँग सहकार्य गरेको बताए ।

महर्जन सम्मानित
कार्यक्रमकै दौरान खेलाडी संघले विदेशमा रहँदा पनि नेपाली खेलाडी र खेलकर्मीलाई सहयोग पुर्र्याएको भन्दै आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण र नवौंका कांस्य पदक विजेता कराते खेलाडी रवि महर्जनलाई सम्मान गरेको थियो । रोजगारीका लागि झन्डै ८ वर्ष दक्षिण कोरियामा रहेका महर्जन त्यहाँ भूतपूर्व खेलाडी संघमा सक्रिय थिए । 


Rating (Votes: )   
Share     Print


Other Articles:
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित (03.17.2015)
संगीनालाई सरकारको १५ लाख (03.04.2015)
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने (03.04.2015)
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]