युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 06.24.2018, 04:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
नेपाली क्रिकेट विश्व वरियता प्रवेश
Tuesday, 07.07.2015, 01:52pm (GMT+5.5)

छोटो समयमा ठूलो उपलब्धि हाँसिल गरेको कुनै खेल नेपालमा छ भने त्यो क्रिकेट नै हो । यस्तै उपलब्धि हाँसिल गर्न क्रममा नेपाल अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटको विश्व वरियता क्रममा पहिलो पटक प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार जारी गरेको वरियता क्रममा नेपाल १५ औँ स्थानमा परेको छ । 

नेदरल्यान्ड्समा सम्पन्न चार अभ्यास खेलको शृङ्खला पूरा गरेसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । त्यस्तै, वरियता क्रमको पहिलो स्थानमा श्रीलङ्का, दोस्रोमा भारत, तेस्रोमा अस्ट्रेलिया, चौथोमा वेष्ट इन्डिज, पाँचौँमा पाकिस्तान, छैठौँमा साउथ अफ्रिका र सातौँमा न्युजिल्यान्ड छ । त्यसैगरी, आठाँैमा इङ्ल्यान्ड, नवौँमा बङ्गलादेश, दशौँमा स्कटल्यान्ड, एघारौँमा अफगानिस्तान, बा¥हौंमा नेदरल्यान्ड्स, तेहौँमा आएरल्यान्ड र चौधाँै स्थानमा जिम्बावे रहेका छन् । 

नेदरल्यान्ड्सको अभ्यास खेलमा भने नेपालले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको थिएन । चार खेल खेलेको नेपालले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो भने दोस्रोमा १०३ र तेस्रोमा १८ रनले नै पराजित भएको थियो । 

त्यस्तै, चौथो तथा अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गरेको थियो । गत वर्ष बङ्गलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसीले नेपाललाई त्यतिबेला टी–ट्वेन्टीको मान्यता दिएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
बैकुण्ठसहितका १९ खेलाड सम्मानित (04.07.2015)
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित (03.17.2015)
संगीनालाई सरकारको १५ लाख (03.04.2015)
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने (03.04.2015)
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]