युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 07:02pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
२२ वर्षपछि फुटबलमा उपाधी
Tuesday, 09.01.2015, 11:39am (GMT+5.5)

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मान्यता पाएको कुनै पनि संस्करणको फुटबलमा उपाधी नजितेको २२ वर्ष बितिसकेको थियो । नेपाली फुटबल निकै व्यावसायिक बन्दैगएको भनिए पनि दक्षिण एसियाली घेरो समेत पार गर्न नसकिरहेका बेला शनिबार भने नेपालको १९ वर्ष मुनीका किशोर खेलाडीहरूले २२ वर्षदेखिका खडेरीमा जल सेचन गरिदिएका छन् ।

दक्षिण एसियामा पहिलोपटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत चिनर परिचित प्रतिद्वन्द्वी भारतलाई पाखा लगाउँदै नेपालले सो उपाधि जितेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको फाइनल खेलमा भारतलाई नेपालले ट्राइब्रेकरमा ५–४ गोल  अन्तरले पराजित गर्दै पहिलो उपाधिमा कब्जा जमाएको हो ।

नेपालका अनन्त तामाङ निर्णायक प्यानल्टी गोलमा परिणत गरेका थिए भने नेपाली गोलरक्षक सोजित गुरुङले भारतका तर्फबाट मोहमुद्धिनले गरेको पहिलो प्रहार रोकेका थिए ।त्यस्तै, नेपालका तर्फबाट सबै खेलाडीले गोल गर्ने क्रममा हेमन्त थापा मगर, सुनील बल, विश्वास श्रेष्ठ र डोना थापाले प्रहार चुकाएनन् ।

यसअघि आक्रामक खेल खेलेको नेपालका लागि तेज तामाङले ३१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जन विष्टको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो ।

खेल सकिन करिब ७ मिनेट बाँकी रहँदा नेपालमा रक्षकको गल्तीको फाइदा उठाउँदै भारतले प्यानन्टी पायो । त्यसलाई सहवाजले गोल गर्दै भारतलाई खेलमा फर्काए । चिरपरिचित प्रतिद्वन्द्वी भारतसंगको प्रतिस्पर्धा हेर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुद मन्त्री पुरुषेत्तम पौडेल, एन्फाका अध्यक्ष गणेश थापालगायतको उपस्थिति रहेको थियो । उपाधी विजेता टोलीका सबै सदस्यलाई खेलकूद मन्त्रालयले जनही एकएक लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

यो प्रतियोगितामा अनौठो संयोग पनि परेको छ । सन् १९९३ मा भएको दक्षिण एसियाली खेलकूदमा स्वर्णपदक जित्दाका खेलाडी बालगोपाल महर्जन अहिले उपाधी जित्ने टोलीको प्रशिक्षक छन् । उनको प्रशिक्षणमा नेपाली उमेर समूहका खेलाडीहरूले उत्कृष्ट खेल पस्कदै आएको छ । दक्षिण एसियामा नेपालको उपाधी यात्रामा तगारो बन्ने भारत र अफगानिस्तान हो । तर यी दुबै टीमलाई किशोर खेलाडीहरूले पन्छाइदिए ।

रुवात भने गरिसक्नुभएको छ । तर अभियानकै क्रममा पनि उम्मेदवारी पक्कागर्ने केही औपचारिकताहरू बाँकी नै छन् र तिनमा उहाँको सफलता लगभग पक्काजस्तो नै छ । उहाँका यी दायित्वहरू बाँकी नै रहेको भएपनि अमेरिकाजस्तो विश्व राजनीतिमा आफूलाई सधैँ अब्बल दर्जामा राख्न चाहने देशले पहिलो महिला राष्ट्रपति पाउने यस अवसरलाई भने अवसरकै रुपमा प्राप्त गर्नेछ भन्ने अनुमान धेरैले गरिरहेका छन् । 



Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाली क्रिकेट विश्व वरियता प्रवेश (07.07.2015)
बैकुण्ठसहितका १९ खेलाड सम्मानित (04.07.2015)
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित (03.17.2015)
संगीनालाई सरकारको १५ लाख (03.04.2015)
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने (03.04.2015)
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]