युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 08.22.2018, 01:11pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
विश्व फुटबलमा फैलदो भ्रष्टाचारको दाग नेपालमा पनि
Tuesday, 12.01.2015, 02:38pm (GMT+5.5)

काठमाडौं । विश्वमा सबभन्द्या बढी खेलिने र हेरिने आकर्षक खेल फुटबलमा पछिल्लो समय भ्रष्टाचारको काण्डले कलंकित बनाएको छ । फुटबलको सर्वोच्च निकाय पिफादेखि नेपालको फुटबल निकाय एन्फा र नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानदेखि महत्वपूर्ण खेलाडीहरूको खेल हारेर पैसा लिएको खुलासापछि फुटबलमा फैलदो भ्रष्टाचारको उजागर भएको छ ।

नेपालमा फुटबलमा यस्तोसम्म हुन्छ भन्ने कल्पना सायदै नेपाली खेलप्रेमीले गरेका थिए । अनि नेपाली फुटबलका हर्ताकर्ताबाट पनि त्यस्तै काम होला भन्ने पनि सोचिएको थिएन । तर खेलाडीहरूको म्याच फिक्सिङ काण्डसंगै एन्प्mा अध्यक्ष गणेश थापाको भ्रष्टाचार काण्ड र फिन्फाले लगाएको प्रतिबद्ध र जरिवनाले नेपालको फुटबलको नालीबेली कहेको छ ।

त्यसैले त खेल हेर्नेहरू २०११ मा भएको विश्वकप छनोट खेलमा नेपालले जोर्डनसंग खेलेको दुई खेलको तुलना गर्छन् । प्रारम्भिक चरण पार गरेर छनोटको दोस्रो चरण अन्तर्गतको ‘अवे लेग’ खेल्न सन् २०११ मा जोर्डन गएको नेपाली राष्ट्रिय फुटबल टोली ९–० को लज्जास्पद हार व्यहोर्दै घर फर्कियो ।

दुई पटक एसिया कपको क्वार्टरफाइनलसम्म पुगेको तथा सन् २००७ को जुलाई महिनाको विश्व फुटबल महासङ्घ (फिफा) वरियतामा ३७ स्थानमा रहन सफल भएको जोर्डनसँगको हार स्वाभाविक भए पनि धेरै गोल खानमा नेपाली रक्षापङ्क्तिले प्रशस्तै भूल गरेको थियो । तर सो बेलाको लज्जास्पद हारको दोष खेलाडी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीहरूलाई नदिएर देशको कमजोर आर्थिक अवस्था र फुटबलमा भएको कम लगानीलाई दिइयो ।

नेपालले नौ गोल खाँदा मुख्य रक्षापङ्क्तिका खेलाडी सन्दीप राईले स्वयम् देशले फुटबलमा गरेको कम लगानीका कारण खराव नतिजा आएको सामाजिक सञ्जालमा लेख्न भ्याए । उनले लेखे, “हामी गरिब देश हुनुको नियति फुटबलमा पनि भोगिरहेका छौँ ।”

उनको यो भनाइलाई स्वाभाविक मानियो र नेपाल फराकिलो अन्तरले हार्नुमा राज्य व्यवस्थालाई दोषी मानियो । तर त्यसको करिब एक हप्तापछि नेपालले जोर्डनविरुद्ध घरेलु मैदानमा खेलेको ‘होम लेग’मा एक÷एकको बराबरी खेल्यो । त्यो बेला कप्तान सागर थापाले भनेको एउटा वाक्य सञ्चारमाध्यमको ‘हेडलाइन’ बन्यो । उनले भनेका थिए – “देशको माटोले हामीलाई चिन्छ ।”

नेपालले बलियो जोर्डनलाई एक÷एकको बराबरीमा रोकेकामा खेलाडीले सबैतिरबाट वाहवाही पाए तर त्यही फराकिलो हार र बराबरीलाई नेपाल प्रहरीले शङ्काको घेरामा राखेर छानबिन सुरु गर्याे ।

अन्ततः देशको माटोले चिनेको अभिव्यक्ति दिएका राष्ट्रिय टोलीका कप्तान सागर, फराकिलो हारमा देशको गरिबीलाई दोष दिएका उपकप्तान सन्दीप, गोलरक्षक रितेश थापा, पूर्व राष्ट्रिय खेलाडीद्वय अञ्जन केसी र विकाससिंह क्षेत्रीलाई करिब आठ खेलमा सप्रमाण म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा गत असोज २७ गते प्रहरीले पक्राउ गर्याे । करिब दुई हप्ताअघिमात्र उनीहरूलाई विशेष अदालतले धरौटीमा रिहा गरेको थियो भने मुद्दा अहिले विचाराधीन छ । 

नेपाली फुटबलको दुर्दशा यतिमै सीमित छैन । भर्खरै फिफाले एन्फा अध्यक्ष गणेश थापालाई आर्थिक अनियमितता गरेको आरोपमा करिब रु २१ लाखसहित अन्तर्राष्ट्रिय फुटबलमा कुनै गतिविधि गर्न नपाउने गरी १० वर्ष लामो प्रतिबन्ध लगाएको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी)ले सोह्र वर्षमुनि (यु–१६)को फुटबल टोलीलाई अघिल्लो महिना एएफसी च्याम्पियनसिप खेल्न प्रतिबन्ध लगायो । 

छनोटमा नेपालले तोकिएको भन्दा बढी उमेरका खेलाडी मैदानमा उतारेको भन्ने आरोप छ र यसमा एन्फाको प्रशस्त कमजोरी देखिन्छ । फुटबलमा यत्रो अनियमितताका कुरा उठ्दा पनि एन्फाका अधिकांश पदाधिकारी यी विषयमा मुख खोल्न चाहँदैनन् भने एन्फाले विज्ञप्ति निकाल्ने औपचारिकताबाहेक केही गरेको छैन । यसले पनि देखाउँछ फुटबलभित्र कति अनियमितता छ भनेर ।

एन्फामा भएका यस्ता विकृतिबारे थाहा पाएर आवाज उठाउँदा कुनै बेला उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायत तीन पदाधिकारी निलम्बनमा परेका थिए । उपाध्यक्ष शेर्पाले एन्फा विधिसम्मत चलेर फुटबलले गति लेओस् भन्नेबाहेक अरू आफ्नो स्वार्थ नभएको बताउँदै भन्नुहुन्छ – “वर्षौंदेखि एउटै व्यक्ति (गणेश थापा)को एकाधिकार हुनु र कठपुतलीले उनलाई हरतरहमा साथ दिनु नै अहिले फुटबलमा देखिएको सङ्कट मूल कारण हो ।” 

नेपाल दक्षिण एसियाको फुटबलमा पावर हाउस नै हो । तर, उसले हालसम्म दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) जित्न नसक्नुको कारण एन्फामा भएको विवाद र म्याच फिक्सिङ नै भएको फुटबलपे्रमी बताउँछन् । हाल ठमेलमा व्यवसाय गरेर बसेका फुटबल समर्थक रमेश बराल नेपालले राम्रो खेलेर पनि नतिजा नआएकामा चिन्ता व्यक्त गर्दै भन्नुहुन्छ – “नेपालले खेलेका सबै खेल हेर्थे । खेल पनि राम्रो नै हुन्थ्यो तर सोचेजस्तो नतिजा नआउनाका कारण त यो पो रहेछ । खेलाडी नै नेपालले हारोस् भन्ने चाहँदा रहेछन् ।”

त्यस्तै, खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना देशको सर्वाधिक लोकप्रिय खेल फुटबलमा नतिजा नआउँदाभन्दा यसभित्रको भएका गलत कामले अहिले शुभचिन्तक मर्माहत भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “सबैले खेलाडीले राष्ट्रका लागि खेल खेले भनेको त झेल खेलेका पो रहेछन् ।”

हुन पनि साफमा अहिलेसम्मको नेपालको यात्रा सेमिफाइनलमै सीमित भएको छ । तर कुनै बेला नेपालकै हाराहारी तथा कमजोर स्थितिमा रहेका माल्दिभ्स, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानले समान एक÷एक पटक साफ च्याम्पियनसीप जितिसकेका छन् । 

मैदानमा समानस्तरको खेल पस्किने भारत छ पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भइसकेको छ । तर, नेपाली फुटबल खेलमा पर्याप्त लगानी भएको भएपनि यस खेलमा सोचेअनुरूपको नतिजा भने आउन सकेको छैन ।  फुटबल खेललाई नै उकास्नकै लागि नेपालीमात्रै नभई करोडाँै लगानी गरेर विदेशी प्रशिक्षक भित्र्याए पनि अहिलेसम्म नेपालको नतिजा भने शून्य जस्तै बनेको छ ।
कस्तो होला यस्तो बेलाको प्रदर्शन 
अहिले राष्ट्रिय फुटबल टोली आगामी महिना भारतमा हुने एघारौँ संस्करणको दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ)को तयारीमा छ तर फुटबलमा देखिएको भ्रष्टाचार, म्याच फिक्सिङलगायतका विभिन्न विवादका बीच हुनलागेको साफ च्याम्पियनसिपमा कस्तो परिणाम आउँछ भनेर आम फुटबल पे्रमीले चासोका साथ हेरिरहेका छन् । साफ च्याम्पियनसिफका लागि हाल दोस्रो चरण छनोटमा अटाएका २७ खेलाडी अहिले बन्द प्रशिक्षणमा छन् । 

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले वर्तमान समयमा एन्फाभित्र धेरै समस्या देखिए पनि साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शनमा यसले खासै असर नपार्ने बताउनुभयो । उहाँले भन्नुभयो – “पुराना र अनुभवी खेलाडी नभए पनि नयाँ टोलीका लागि यो अवसर र चुनौती पनि हो, उनीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा म ढुक्क छु । 

राष्ट्रिय टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य फुटबल प्रकरण बिर्सिएर खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुहुन्छ । “युवा खेलाडीको बाहुल्यता भएको अहिलेको टोलीले राम्रो प्रदर्शन गर्ने मलाई आशा छ” – उहाँले भन्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
२२ वर्षपछि फुटबलमा उपाधी (09.01.2015)
नेपाली क्रिकेट विश्व वरियता प्रवेश (07.07.2015)
बैकुण्ठसहितका १९ खेलाड सम्मानित (04.07.2015)
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित (03.17.2015)
संगीनालाई सरकारको १५ लाख (03.04.2015)
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने (03.04.2015)
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]