युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 06.23.2018, 05:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
के बाँकी रह्यो अब नेपाली फुटबलको ?
Wednesday, 01.13.2016, 12:52pm (GMT+5.5)

काठमाडौं । नेपालमा सबैभन्दा बढी लोकप्रिय, समग्र खेलमध्ये व्यावसायिक र धेरै लगानी भएको भनिएको फुटबलको अवस्था दिन प्रतिदिन खस्कदो छ । नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुको म्याच फिक्सिङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापामाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै फिफाले लगाएको १० वर्षे प्रतिबन्ध अनि नेपाली फुटबल टोलीको एकपछि अर्को निराशाजनक प्रदर्शनपछि यतिबेला नेपाली फुटबलमा के बाँकी रह्यो र ? भन्ने प्रश्न उठेको छ ।

कुनै बेला दक्षिण एसियाको फुटबल महारथी मानिन्थ्यो नेपाल । नेपालसंग खेल्न यो क्षेत्रका कुनै पनि देश हच्किन्थे । तर, अहिले नेपाल यो क्षेत्रमा सबभन्दा कमजोर बनेको छ । भुटानले नेपालाई उछिनिसक्यो भने नवप्रवेशी अफगानिस्तानको कुरै नगरौं । यसबीचमा विश्व फुटबल महासङ्घ (फिफा)को विश्व बरियतामा नेपाल दक्षिण एसियाकै पुछारमा झारेको छ । फिफाले पछिल्लोपटक सार्वजनिक गरेको बरियताअनुसार चार स्थान तल झरेको नेपाल १९६ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १९२ औं स्थानमा रहँदा दक्षिण एसिया क्षेत्रको पुछारमा श्रीलङ्का दुई स्थान तल अर्थात १९४ औँ स्थानमा थियो । 

तर भर्खरै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई १–० ले पराजित गरेको श्रीलङ्काले बरियतामा नेपाललाई अन्तिममा पुर्याएको छ । भुटानलाई पनि पछि छोडेको श्रीलङ्का आठ स्थान माथि उक्लदै १८८ औं स्थानमा रहन सफल भएको छ । 

भारतसँग पराजित हुँदै साफ च्याम्पियनसिपको उपाधि गुमाउनका बावजुद अफगानिस्तान दक्षिण एसियाको शीर्ष स्थानमा कायम रहँदा तीन स्थान तल झर्दै १५३ औं स्थानमा छ । त्यस्तै समान स्थान तल झरेको माल्दिभ्स १५७ औं स्थानका साथ दोस्रो स्थानमा कायम छ भने साफको उपाधि विजेता भारतले तीन स्थान प्रगति गर्दै १६३ औं स्थानमा छ ।

त्यसैगरी तीन स्थान नै प्रगति गरेको बङ्गलादेश १७९ बरियताका साथ चौथो, एक स्थान तल झरेको पाकिस्तान १८५ अर्थात पाँचौं स्थानमा तथा चार स्थान गुमाएको भुटान १९२ बरियतामा रहँदा सातौं स्थानमा छ ।

यो महिना कुनै अन्तर्राष्ट्रिय खेल नभएकाले बरियताको शीर्ष २२ स्थान अघिल्लै महिनाअनुसार यथावत छ । जसमा बेल्जियम, अर्जेन्टिना, स्पेन, जर्मनी, चिली, ब्राजिल, पोर्चगल, कोलम्बिया, बेलायत र अष्ट्रिया क्रमशः प्रथमदेखि दशौं स्थानसम्म कायम छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विश्व फुटबलमा फैलदो भ्रष्टाचारको दाग नेपालमा पनि (12.01.2015)
२२ वर्षपछि फुटबलमा उपाधी (09.01.2015)
नेपाली क्रिकेट विश्व वरियता प्रवेश (07.07.2015)
बैकुण्ठसहितका १९ खेलाड सम्मानित (04.07.2015)
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित (03.17.2015)
संगीनालाई सरकारको १५ लाख (03.04.2015)
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने (03.04.2015)
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]