युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 12:37pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
उच्च मनोबलका साथ क्रिकेट टोली नेरदरल्याण्ड प्रस्थान
Tuesday, 08.09.2016, 11:53am (GMT+5.5)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्व लिग डिभिजनको चौथो चरणको खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्याण्ड्स प्रस्थान गरेको छ । यही साउन साउन २९ गते पहिलो तथा ३१ गते दोस्रो खेल खेल्नेछ । नेदरल्यान्ड्सविरुद्वको खेल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदाई गर्नुभयो । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले टोलीलाई सफलताको शुभकामना दिँदै क्रिकेट विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रले नै राष्ट्रिय एकतालाई मजबुत गर्ने भन्दै बालुवाटार प्रवेशको पहिलो दिनमा नै क्रिकेट खेलाडीलाई विदाई गर्नु आफ्ना लागि सुखद सुरुवात भएको विचार व्यक्त गर्नुभयो । 

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले टोलीको जित नै आम नेपालीको जित हुने भन्दै खेलकुद क्षेत्रमा भएको विभिन्न समस्याको पहिचान गरी त्यसको समाधान गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । 

नेपाली टोलीका कप्तान पारस खड्काले टिम ब्यालेन्समा भएकाले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालले नेदरल्याण्ड्ससँग दुई खेल खेल्नेछ । 

यसअघि तीन चरणमा ६ खेल खेलेको नेपालले ४ अङ्क जोडेको छ । विश्व क्रिकेट लिगको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अङ्क छ । उसले अहिलेसम्म खेलेका छमध्ये चारमा जित हात पारेको छ भने दुई खेलमा अङ्क बाँडेको छ । 

त्यस्तै नौ अङ्क भएको हङकङ दोस्रो, सात अङ्क भएको स्कटल्यान्ड तेस्रो तथा छ अङ्क भएको केन्या चौथो स्थानमा छ । नेपालकै जति समान चार अङ्क भएको पपुवा न्युगिनी रनरेटको आधारमा पाँचौ स्थानमा छ । २–२ अङ्क भएका नामिबिया र युएई क्रमशः सातौं र आठौँ स्थानमा छन् ।

गत वैशाख ४ र ६ गते घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल अङ्कतालिकाको पुछारबाट पाँचौ स्थानमा उक्लिएको हो । नेपालको अङ्कतालिकामा अहिले चार अङ्क छ । नेपाल यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्यान्ड र पपुवान्युगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो ।

सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाललगायत ८ एसोसियट मुलुकका टोलीबीच होम एन्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९ मा इङल्यान्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरण खेल्न पाउनेछन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
के बाँकी रह्यो अब नेपाली फुटबलको ? (01.13.2016)
विश्व फुटबलमा फैलदो भ्रष्टाचारको दाग नेपालमा पनि (12.01.2015)
२२ वर्षपछि फुटबलमा उपाधी (09.01.2015)
नेपाली क्रिकेट विश्व वरियता प्रवेश (07.07.2015)
बैकुण्ठसहितका १९ खेलाड सम्मानित (04.07.2015)
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित (03.17.2015)
संगीनालाई सरकारको १५ लाख (03.04.2015)
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने (03.04.2015)
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]