युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.18.2018, 10:21pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
‘क्यान’ प्रतिबन्ध नौ महिनामा हट्ने
Tuesday, 09.06.2016, 11:02am (GMT+5.5)

राजनीतिक हस्तक्षेप, अव्यवस्थापन र विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बनमा परेको नेपाल क्रिकेट सङ्घ (क्यान)कोा निलम्बन आगामी नौ महिनाभित्रै हटने भएको छ ।

नेपाल भ्रमणमा रहेका आईसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभिड रिचार्ड्सनले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेटमाथिको प्रतिबन्ध हट्ने स्पष्ट पार्नुभएको हो । 

सो अवसरमा उहाँले सधैँलाई विवाद समाधान गर्न सल्लाहकार समिति गठन गर्ने घोषणा गर्दै भन्नुभयो, “सल्लाहकार समितिमा सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र क्रिकेटका सबै सरोकारवाला समेटिने छन्, यसले क्यानको वर्तमान विधान पुनरावलोकन गरी संशोधन गर्ने कि, नयाँ ल्याउने भनेर आईसीसीलाई सुझाव दिनेछ ।”

आगामी नौ महिनाभित्र क्यानको विधान पुनरावलोन गरी नयाँ निर्वाचन गरिसक्ने सीईओ रिचार्ड्सनको भनाइ थियो । नयाँ निर्वाचनका लागि  पूर्ण सहयोग रहने बताउँदै उहाँले भन्नुभयो, “सन् २०१७ सम्ममा नेपाली क्रिकेट सामान्य अवस्थामा हुनेगरी काम गर्छौं । नयाँ कमिटी आएपछि स्वतः निलम्बन हट्छ ।” 

सल्लाहकार समितिमा रहनेको नाम भने दुई साताभित्र घोषणा गरिनेछ भने यसको नेतृत्व आईसीसीका प्रतिनिधि अमर शेखले गर्ने बताइएको छ । नेपाली क्रिकेटमा चरम विवाद आएपछि आईसीसीले करिब पाँच महिनाअघि क्यानलाई निलम्बन गरेको थियो । 

यता सरकारले भने नेपाल क्रिकेट विकास बोर्ड गठनको प्रस्ताब गरेको थियो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीसँग भेट्न गएका आईसीसीका सीईओ रिचार्डसनसहित तीन सदस्यीय प्रतिनिधिमण्डलसँग सरकारको तर्फबाट बोर्ड गठनको प्रस्ताव राखिएको हो ।  

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो क्रममा रहेको र आईसीसीले क्यानमा प्रतिबन्ध लगाएका कारण क्रिकेट क्षेत्र समस्यामा परेकाले प्रतिबन्ध फुकुवा गर्न टोलीलाई आग्रह गर्नुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
उच्च मनोबलका साथ क्रिकेट टोली नेरदरल्याण्ड प्रस्थान (08.09.2016)
के बाँकी रह्यो अब नेपाली फुटबलको ? (01.13.2016)
विश्व फुटबलमा फैलदो भ्रष्टाचारको दाग नेपालमा पनि (12.01.2015)
२२ वर्षपछि फुटबलमा उपाधी (09.01.2015)
नेपाली क्रिकेट विश्व वरियता प्रवेश (07.07.2015)
बैकुण्ठसहितका १९ खेलाड सम्मानित (04.07.2015)
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित (03.17.2015)
संगीनालाई सरकारको १५ लाख (03.04.2015)
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने (03.04.2015)
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)
नेपाली क्रिकेटको झण्डा गाड्न आए पुबुदु (09.02.2014)
मलेसियामा शान राख्दै नेपाली क्रिकेट टोली (05.05.2014)
विश्वकप क्रिकेटः नेपालको ऐतिहासिक जित (03.19.2014)
“एउटै मान्छेको असल सोचले पनि परिवर्तन” खड्का (12.10.2013)



 
::| Latest News

 
[Page Top]