युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 03:22am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
विराटनगरलाई इपिएल दोस्रो संस्करणको उपाधि
Tuesday, 01.02.2018, 01:38pm (GMT+5.5)

यही पुस ३ गतेदेखि शुरु भएको सबैभन्दा धेरै पुरस्कार राशिको घरेलु क्रिकेट प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’ (इपिएल)को दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले हात पारेको छ ।
प्रतियोगितामा सहभागी काठमाडाँै किंग्स इलेभेन, ललितपुर प्याट्रियोट्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सलाई पछि पार्दै विराटनगर वारियर्सले उपाधि चुमेको हो । जितसँगै विराटनगरले रु २१ लाख प्राप्त गरेको छ । 
शनिबार दर्शकले खचाखच भरिएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा राष्ट्रिय टोलीका मुख्य खेलाडी शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले विराटनगरले उपाधि जितेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन बनाएको थियो । एकसय ५० रनको विजय लक्ष्यका साथ भेषवाकरको कप्तानीमा मैदान उत्रिएको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।
क्रिकेट खेलको ‘एकै ओभरले हार जित दिलाउँछ’ भन्ने उक्ति शनिबार त्रिवि खेल मैदानमा प्रमाणित भएको छ । ८ औँ ओभरसम्म आफ्नो नियन्त्रण राखेर खेलको अन्तिम २ ओभरमा टिक्न नसक्दा भैरहवा जितबाट विमुख भयो । अन्तिम २ ओभरमा मात्र भैरहवाले ५ विकेट गुमाएको थियो । 
एकसय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले शुरुवातमा निकै राम्रो गरेको थियो । आठौँ ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो । तर १५औँ ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो । तर, कप्तान पारस खड्काले १९औँ ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो । 
अन्तिम ओभरमा अनिल साहको पहिलो बलमै कृष्ण कार्कीले चौका हान्दै जितको आशा कायम राखे पनि दोस्रो बलमा उनी आउट भए । निकै रोमाञ्चक बनेको अन्तिम ओभरको तेस्रो बलमा रन नै थिएनन् । चौथो बलमा भुवन कार्की रन आउट भए भने ५ अ‍ैँ बलमा पुनित मिश्रको विकेट गुम्यो । 
अन्तिम बलमा भैरहवालाई जितका लागि ५ रन चाहियो तर ३ रन मात्र जोड्न सक्यो र १ रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो । यसअघि विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले ९ रन बनाएका थिए ।
शुरुवातमा राम्रो प्रदर्शन गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो । भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले २÷२ तथा शरद भेषवाकर र आरिफ शेखले १÷१ विकेट लिए ।
यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा पनि हारेको थियो ।
अघिल्लो वर्ष भएको उक्त प्रतियोगिताको पहिलो संस्करण भने भेषवाकरकै कप्तानीमा रहेको पञ्चकन्या तेजले जितेको थियो । विजेता टोलीले गत वर्ष रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो । पुरस्कारको राशि यस वर्षदेखि बढाएर रु २१ लाख पु¥याइएको हो । यो राशि नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले गत जेठमा आयोजना गरेको प्रधानमन्त्री कपको विजेताले रु २० लाख पुरस्कार पाएको थियो ।
फाइनल खेल हेर्न शनिबार बिहानैदेखि कीर्तिपुर मैदान दर्शकहरूको भीड लागेको थियो । खेल हेर्न साधारण दर्शकको लागि १०० र विद्यार्थीलाई रु ५० शुल्क तोकिएको थियो । 
प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा गरी ६ टोलीले सहभागिता जनाएको आयोजक जोहोरा स्पोर्टस म्यानेजमेन्टका अध्यक्ष आमिर अख्तरले जानकारी दिनुभयो ।
राष्ट्रिय टिमका कप्तान खड्का तथा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले इपिएल नेपालको ठूलो क्रिकेट प्रतियोगिता भएको बताउँदै यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रत्येक टिमले तीनजना विदेशी खेलाडीहरू समावेश गर्नुपर्ने नियम रहेको थियो । त्यसमध्ये पाँचवटाले विदेशी खेलाडीसमेत अनुबन्ध गरेका थिए । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र हङकङ खेलाडीले पनि विभिन्न टोलीबाट सहभागिता जनाएका थिए । इपिएलमा सहभागीमध्ये पाँच टिमले विदेशी खेलाडीलाई पनि अनुबन्ध गरेका थिए । 


Rating (Votes: )   
Share     Print


Other Articles:
आईसीसीले दिने भो क्रिकेट खेलाडीलाई तलब (05.02.2017)
मुलपानी क्रिकेट रंगशालाको सपना र नेपाली क्रिकेट (03.22.2017)
मीराले जितिन् साहसी वर्ष व्यक्ति (01.31.2017)
सातौँ राष्ट्रिय खेलकूदमा नेपाली सेनाको दवदवा (01.04.2017)
चर्चामा दुई युवती : अयोग्य पूर्व लडाकु र तरकारीवाली (11.08.2016)
‘क्यान’ प्रतिबन्ध नौ महिनामा हट्ने (09.06.2016)
उच्च मनोबलका साथ क्रिकेट टोली नेरदरल्याण्ड प्रस्थान (08.09.2016)
के बाँकी रह्यो अब नेपाली फुटबलको ? (01.13.2016)
विश्व फुटबलमा फैलदो भ्रष्टाचारको दाग नेपालमा पनि (12.01.2015)
२२ वर्षपछि फुटबलमा उपाधी (09.01.2015)
नेपाली क्रिकेट विश्व वरियता प्रवेश (07.07.2015)
बैकुण्ठसहितका १९ खेलाड सम्मानित (04.07.2015)
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित (03.17.2015)
संगीनालाई सरकारको १५ लाख (03.04.2015)
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने (03.04.2015)
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)
नेपाली क्रिकेटले ऐतिहासिक फड्को मार्न चुक्यो (01.26.2015)
तामाङलाई रु दुई लाख ५० हजार प्रदान (11.11.2014)
क्रिकेटको सान कायमै (11.04.2014)



 
::| Latest News

 
[Page Top]