नेपाली त्रिकेट इतिहासमा एउटा नयाँ अध्याय सुरु भएको छ । विश्वभरका क्रिकेटरहरुको सपनाको खेल बनेको इण्डियन प्रिमियर लिग –आइपिएल)मा सन्दीप छानिएका छन् । उनलाई आइतबार २० लाख भारुमा भएको दिल्ली डेयरडेभिल्सले किनेको हो ।१७ वर्षीय लामिछानेको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् ।
२ अगष्ट २००० मा जन्मिएका सन्दीपले २०१५ १७ आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप को १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका हुन् । योभन्दा पहिला उनी नेपालको अन्डर १९ क्रिकेट टिममा छानिएका थिए ।
अघिल्लो वर्ष उनी विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा पर्न सफल भएका थिए । विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा ३० उत्कृष्ट क्रिकेटरको ३० नम्बर सूचीमा राखेको थियो ।
दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि नेपाली किशोर लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी बन्यो । एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उदयका रुपमा अन्तर्राष्ट्रिय मिडियाले सन्दीपलाई अष्ट्रेलियाली महान क्रिकेटर सेन वार्नसँग तुलना पनि गरे । त्यसयता राष्ट्रिय टिमबाट खेल्दै आएका १७ वर्षीय लामिछानेको करिअरमा अर्को कोशेढुंगा बनेको छ, आईपिएपल प्रवेश ।
बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिगलगायतका प्रतियोगिताको अक्सनमा समावेश भए पनि बोली नलागेका सन्दीपलाई विश्वकै ‘ठूलो’ घरेलु क्रिकेट लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले २० लाख भारु मूल्यमा आफ्नो बनाएको छ । उनको बेस मूल्य नै २० लाख थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दाशानायकेले १४ वर्षको उमेरमै चितवनबाट ‘टपक्क टिपेर’ ल्याएका सन्दीपले त्यसयता उमेरसमूहको क्रिकेटमा मात्र होइन राष्ट्रिय टिमबाट र घरेलु क्रिकेटमा समेत आफूलाई अब्बल प्रमाणित गर्न कुनै कसर बाँकी राखेका छैनन् ।
नवलपरासीमा स्कुल पढ्दापढ्दै प्रशिक्षक राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पाचौरमा भएको ट्यालेन्ट हण्टबाट छानेर पुबुदुले सन्दीपलाई काठमाडौं ल्याएका थिए । भारतीय रेल्वेमा कार्यरत पितासँगै भारतमै हुर्केका सन्दिपले ब्याट र बल समाउन उतै सिकेका थिए ।
सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यू गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिविया विरुद्ध थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिविया विरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यू गरेका थिए ।
सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा समेत खेलेका थिए । क्लार्कसमेत सन्दीपको बलिङ शैलीको फ्यान छन् । क्लार्ककै निमन्त्रणामा सन्दीपले अष्ट्रेलियामा स्थानीय लिग खेल्ने अवसर पाएका थिए । त्यस्तै हङकङमा भएको प्रतियोगितामा उनी क्लार्कसँग एउटै टिमबाट खेलेका थिए ।
सन्दीप आईपीएल अक्सनमा छनोट भएपछि बधाई दिँदै ट्वीट गरेका थिए । उनले आईपिएलको टिममा अधिकारसम्पन्न ठाउँमा भएको भए उनलाई अनुबन्ध गर्नेसमेत बताएका थिए ।