युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.22.2019, 12:40am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
नेपाली पौडीका नयाँ स्टार दार्जे नथम शेर्पा
Tuesday, 04.30.2019, 01:44pm (GMT+5.5)

१५ वर्षको उमेर ५ स्वर्ण, १ रजत र १ काँस्यपदक त्यो पनि कुनै विद्यालयस्तरको प्रतियोगिता नभै राष्ट्रिय प्रतियोगितामा । सन्दर्भ हो नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकूदमा एनआरएनए टोलीबाट सहभागी पौडी खेलाडी दार्जे नथम शेर्पा जसले सात पदक जिते र आफ्नो नाममा कीर्तिमान पनि बनाए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई कमै मात्र पदक हातपर्ने खेलमा पर्दछ पौडी तर पौडीमा नयाँ नयाँ स्टारहरुको उदय भने भएको छ । यस्तै एउटा स्टारका रुपमा उदाएका खेलाडी हुन शेर्पा । 
अमेरिकामा जन्मेका शेर्पा अहिले १५ वर्षका भए र उनी १० कक्षामा अध्ययन गर्दैछन् । नेपाली भाषा बुझ्ने तर बोल्न नसक्ने शेर्पाले एनआरएनए टोलीले पाएको ६ स्वर्णमध्ये ५ स्वर्ण दिलाएर नेपालको पौडीका नयाँ र प्रशस्त सम्भावना भएका खेलाडीका रुपमा आफूलाई उभ्याएका छन् ।
शेर्पाको नेपाली पौडीमा उपस्थिति भविष्यमा अन्तर्राष्ट्रिय प्रतियागितामा पदक प्राप्त हुने प्रवल सम्भावनाको संकेत हो खाँचो उनलाई सम्बन्धित निकायले कसरी प्रस्तुत गर्छ वा उपयोग गर्छ भन्ने नै हो । 
बिहिबार राजधानीमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान तथा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायतको सम्मान कार्यक्रममा एनआरएनए अध्यक्ष भवन भट्टले जनाएको प्रतिबद्धतालाई नेपालको खेल निकायले साथ दिने हो भने नथन जस्ता धेरै स्टारहरु एनआरएनहरुले नेपाली खेलकूदलाई ठूलो सफलता दिलाउन सक्नेछन् ।
अमेरिकामै जन्मेका शेर्पाको खेल कौशल अमेरिकी शैलीको छ हुन पनि उनी त्यहाँ नियमित अभ्यास गरिरहने र विद्यालयस्तरीय प्रतियोगितामा सहभागिता जनाइरहने उनकी आमा बताउँछिन् ।
शेर्पा पुरुष स्पर्धामा सबैभन्दा बढी स्वर्णपदक जित्ने खेलाडी पनि हुन् र उनको नाममा नयाँ रेकर्ड पनि कायम भएको छ । नेपालमा हुने दक्षिण एसियाली खेलकूदमा शेर्पाको सहभागिता निश्चित छ र उनले पदक जित्नेमा एनआरएनए सेभ द मिसन तथा एनआरएनए आईसीसी युवा संयोजक सुदन थापा ढुक्का हुनुहुन्छ ।
संख्यात्मक रुपमा एनआरएनए टोलीको सफलता कम देखिए पनि २४ जना खेलाडीको सहभागितामा १६ पदक पाउनु सामान्य हैन । सेभ द मिसन थापा भन्नुहुन्छ– छोटो समयको तयारीका वावजूद खेलाडीहरुले जुन प्रदर्शन गरे त्यसमा सन्तुष्ट रहेको र भावी दिनमा विदेशमा रहेका खेलाडीहरुबाट राष्ट्रले धेरै लाभ उठाउनसक्छ । उहाँका अनुसार एनआरएनए पहिलो पुस्ता दोस्रो पुस्ताबीचको अन्तर हटाउनका लागि सक्रिय रहेको बताउँदै यस्ता प्रतियोगिताको सहभागिताले त्यसलाई बल मिल्ने बताउनुहुन्छ ।
नेपालबाट कैयौं खेलाडी पलायन भएका छन् भने अनेक प्रतिभा विदेशमै जन्मेका छन् । उनीहरुको प्रतिभा राष्ट्रका लागि उपयोग हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको एनआरएनएले खेल एकेडेमी स्थापना गर्ने लक्ष्य लिएको छ । खेलाडीहरुको सम्मान कार्यक्रममा अध्यक्ष भवन भट्टले सो कुराको प्रतिबद्धता समेत जनाउनुभएको छ ।
निश्चिय पनि राष्ट्रिय तथा दक्षिण एसियाली खेलकूदमा पदक जितेका कयौं खेलाडीहरु पलायन भएका छन् । उनीहरु विदेशमा खेलाडीकै रुपमा सक्रिय रहेर आफ्नो प्रतिभा निखारिरहेका छन् । उनीहरुको क्षमता उजागर गर्न र राष्ट्रका लागि योगदान दिलाउन एनआरएनएको खेल टोली स्थापना हुनु एउटा सुखद सन्दर्भ हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
साफ च्याम्पियनसिपमा सधै उपाधी जिने लक्ष्य ः यसपटक के होला ? (09.04.2018)
सन्दीप लामिछानेले कोरे नेपाली त्रिकेटमा इतिहास (01.30.2018)
विराटनगरलाई इपिएल दोस्रो संस्करणको उपाधि (01.02.2018)
आईसीसीले दिने भो क्रिकेट खेलाडीलाई तलब (05.02.2017)
मुलपानी क्रिकेट रंगशालाको सपना र नेपाली क्रिकेट (03.22.2017)
मीराले जितिन् साहसी वर्ष व्यक्ति (01.31.2017)
सातौँ राष्ट्रिय खेलकूदमा नेपाली सेनाको दवदवा (01.04.2017)
चर्चामा दुई युवती : अयोग्य पूर्व लडाकु र तरकारीवाली (11.08.2016)
‘क्यान’ प्रतिबन्ध नौ महिनामा हट्ने (09.06.2016)
उच्च मनोबलका साथ क्रिकेट टोली नेरदरल्याण्ड प्रस्थान (08.09.2016)
के बाँकी रह्यो अब नेपाली फुटबलको ? (01.13.2016)
विश्व फुटबलमा फैलदो भ्रष्टाचारको दाग नेपालमा पनि (12.01.2015)
२२ वर्षपछि फुटबलमा उपाधी (09.01.2015)
नेपाली क्रिकेट विश्व वरियता प्रवेश (07.07.2015)
बैकुण्ठसहितका १९ खेलाड सम्मानित (04.07.2015)
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित (03.17.2015)
संगीनालाई सरकारको १५ लाख (03.04.2015)
बुढानिलकण्ठमा क्रिकेट रंगशाला बन्ने (03.04.2015)
यसपटक भाग्यले साथ दियो नेपाली क्रिकेटलाई (02.02.2015)
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्न्यास घोषणा (02.02.2015)



 
::| Latest News

 
[Page Top]