युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 12.14.2019, 04:44am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
चुक्यो नेपाल विश्वकप खेल्न
Tuesday, 07.30.2019, 12:23pm (GMT+5.5)

आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । आइतबार सिङ्गापुरसँग पराजित भएसँगै नेपालको सपना चकनाचुर भएको हो । 
सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो ।
यस हारसँगै नेपाल विश्वकपको ग्लोबल छनौटमा पुग्न असफल भएको छ । यता विजयी हासिल गरेको सिङ्गापुर समूह विजेता बन्दै ग्लोबल छनौटमा पुगेको छ । सिङ्गापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०९ रनमा समेटियो ।
नेपालले २७ रन जोड्दा पहिलो विकेटका रूपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमायो ।
त्यस्तै नेपालका दीपेन्द्र सिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा सिङ्गापुरका सिलाडोरे विजयकुमार एक्लैले ४ विकेट लिए भने भिनोद भास्करणले २ झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको सिङ्गापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल बनायो । उसका लागि टिम डेभिडले सर्वाधिक ७७ रनको योगदान दिँदा रोहन रङ्गराजनले ४९ रन जोडे । त्यस्तै मनप्रीत सिंहले ४२ रन जोडे । नेपालका अविनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे । 


Rating (Votes: )   
Share     Print


Other Articles:
थोरङ्लामा हक्की खेलेर बन्यो विश्व कीर्तिमान (07.22.2019)
सगरमाथा आरोहणका विश्व कीर्तिमानी भन्छन् ‘यो मेरो प्यासन हो’ (05.28.2019)
नेपाली पौडीका नयाँ स्टार दार्जे नथम शेर्पा (04.30.2019)
साफ च्याम्पियनसिपमा सधै उपाधी जिने लक्ष्य ः यसपटक के होला ? (09.04.2018)
सन्दीप लामिछानेले कोरे नेपाली त्रिकेटमा इतिहास (01.30.2018)
विराटनगरलाई इपिएल दोस्रो संस्करणको उपाधि (01.02.2018)
आईसीसीले दिने भो क्रिकेट खेलाडीलाई तलब (05.02.2017)
मुलपानी क्रिकेट रंगशालाको सपना र नेपाली क्रिकेट (03.22.2017)
मीराले जितिन् साहसी वर्ष व्यक्ति (01.31.2017)
सातौँ राष्ट्रिय खेलकूदमा नेपाली सेनाको दवदवा (01.04.2017)
चर्चामा दुई युवती : अयोग्य पूर्व लडाकु र तरकारीवाली (11.08.2016)
‘क्यान’ प्रतिबन्ध नौ महिनामा हट्ने (09.06.2016)
उच्च मनोबलका साथ क्रिकेट टोली नेरदरल्याण्ड प्रस्थान (08.09.2016)
के बाँकी रह्यो अब नेपाली फुटबलको ? (01.13.2016)
विश्व फुटबलमा फैलदो भ्रष्टाचारको दाग नेपालमा पनि (12.01.2015)
२२ वर्षपछि फुटबलमा उपाधी (09.01.2015)
नेपाली क्रिकेट विश्व वरियता प्रवेश (07.07.2015)
बैकुण्ठसहितका १९ खेलाड सम्मानित (04.07.2015)
संगीनालाई १५ लाख प्रदान, अरु महिला खेलाडी पनि सम्मानित (03.17.2015)
संगीनालाई सरकारको १५ लाख (03.04.2015)



 
::| Latest News

 
[Page Top]