युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 10:07pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
१३ औं दक्षिण एसियाली खेलकूद : आवश्यक पूर्वाधार तयारी अन्तिम चरणमा
Wednesday, 11.27.2019, 10:50am (GMT+5.5)

काठमाडौं । यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुने १३ आँै दक्षिण एशियाली खेलकूद (साग)का निम्ति आवश्यक पर्ने भौतिक पूर्वाधार द्रुतगतिमा निर्माण भइरहेका छन् । यसै साताभित्र ती सबै पूर्वाधार निर्माण भइसक्ने जनाइएको छ । 
उद्घाटन र समापनका लागि मुख्यस्थलका रुपमा रहेको दशरथ रङ्गशाला, सातदोबाटोको पौडी पोखरी र पोखरा रङ्गशाला निर्माणको सम्पूर्ण काम यही मङ्सिर १२ गतेभित्र सम्पन्न हुने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय समाचार समिति (रासस)लाई बताउनुभयो । 
“बुधबारदेखि दशरथ रङ्गशालाको ‘भिआइपी’तर्फको छानो हाल्ने काम शुरु भएको छ, अन्य निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ”, खेलकूद मन्त्री विश्वकर्माले भन्नुभयो । उहाँका अनुसार साधारण प्यारापिटतर्फको भने यसअघि नै छानो हाल्ने काम सकिएको छ । अहिले साधारण प्यारापिटतर्फ कुर्सी हाल्ने काम अन्तिम चरणमा पुगेको छ । भिआइपीतर्फ भने छानो हाल्ने काम सकिएपछि मात्रै कुर्सी हाल्ने काम शुरु हुनेछ ।  
दशरथ रङ्गशालाको भिआइपीतर्फको छानो एक हप्ताअघि काठमाडौँ आइपुगेको थियो । स्थलमार्ग हुँदै छानो ल्याउने सम्भावना नभएपछि चिनियाँ विमानमार्फत कार्गो गरेर एक हप्ताअघि नेपाल आइपुगेको थियो । भिआइपी प्यारापिटतर्फको छानो चीनमा तयार भएर आएको हो ।
भिआइपीतर्फको छानो र ट्रस हाल्ने काम सँगसँगै अघि बढेकाले अबको तीन÷चार दिनभित्र उक्त काम सकिनेछ । निर्धारित समयमा दशरथ रङ्शशाला तयार नभएपछि अहिले बिहान र बेलुका गरी दुई चरणमा करीब २०० भन्दाबढी कामदार खटिरहेको मन्त्री विश्वकर्माले बताउनुभयो ।
विसं २०७२ को भूकम्पले दशरथ रङ्गशालालगायतको खेल संरचना क्षतिग्रस्त बनेको थियो । दशरथ रङ्गशालाको गेट निर्माण, रङ्गरोगन र सजावटका काम भइरहेका छन् । यता सातदोबाटोमा रहेको पौडी पोखरीको निर्माण कार्य पनि छिट्टै सकिनेछ । 
दशरथ रङ्गशालामा सागको उद्घाटन र समापन समारोहबाहेक पुरुष फुटबल र एथ्लेटिक्स खेल हुनेछ । यस्तै पोखरामा निर्माणाधीन रहेको रङ्गशालाको प्यारापिट जोड्ने काम भइरहको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जानकारी दिएको छ । राखेपका अनुसार निर्माणाधीन मैदानका लागि आवश्यक ‘स्टिल मोडुलर ग्रान्डस्ट्याण्ड’ दुई दिनअघि पोखरा पुगेको हो । अबको पाँच दिनभित्र सबै निर्माण कार्य सम्पन्न हुनेछ ।
राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ सागका लागि झण्डै साढे चार अर्ब बजेट छुट्याएको छ । पूर्वाधार निर्माणका लागि रु एक अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाका लागि रु तीन अर्ब ६५ करोड बजेट रहेको छ । 
नेपालले नै दोस्रोपटक आयोजना गरेको आठौँ सागमा ल्याएको ऐतिहासिक सफलतालाई १३औँ सागमा पुनरावृत्ति गर्ने सरकारको लक्ष्य छ । सन् १९९९ मा घरेलु मैदानमा भएको आठौँ साफमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो ।
त्यतिबेला नेपालले आयोजकका नाताले तेक्वान्दो र कराते खेललाई प्रतियोगितामा समावेश गरेको थियो । कराते र तेक्वान्दोबाट समान १४÷१४ स्वर्ण जितेको थियो । नेपाल कूल ३१ स्वर्ण, १० रजत र २४ कास्यसहित ६५ पदक जितेर दोस्रो स्थानमा रहन सफल भएको थियो ।
सन् १९८४ मा नेपालबाट शुरुआत भएको दक्षिण एशियाली खेलको तेह्रौँ संस्करण करीब २० वर्षपछि नेपालले तेस्रोपटक आयोजना गर्न लागेको हो । 
पूर्वाधारपछि महत्वपूर्ण रहेको सुरक्षामा समेत कुनै कमजोरी नहुने गरी व्यवस्थापनको तयारी गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि २० हजार हाराहारीमा सुरक्षाकर्मी तथा दुई हजार स्वयंसेवक परिचालन गरिने र १५ हजारको सहभागितामा भव्यताका साथ सागको उद्घाटन हुनेछ । 
सागअन्तर्गतको काठमाडौँमा २१, पोखरामा नौ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । प्रतियोगितामा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपालका तीन खेलाडी वरियतामा (10.15.2019)
कप्तान खड्काको दुर्लभ शतक (10.02.2019)
चुक्यो नेपाल विश्वकप खेल्न (07.30.2019)
थोरङ्लामा हक्की खेलेर बन्यो विश्व कीर्तिमान (07.22.2019)
सगरमाथा आरोहणका विश्व कीर्तिमानी भन्छन् ‘यो मेरो प्यासन हो’ (05.28.2019)
नेपाली पौडीका नयाँ स्टार दार्जे नथम शेर्पा (04.30.2019)
साफ च्याम्पियनसिपमा सधै उपाधी जिने लक्ष्य ः यसपटक के होला ? (09.04.2018)
सन्दीप लामिछानेले कोरे नेपाली त्रिकेटमा इतिहास (01.30.2018)
विराटनगरलाई इपिएल दोस्रो संस्करणको उपाधि (01.02.2018)
आईसीसीले दिने भो क्रिकेट खेलाडीलाई तलब (05.02.2017)
मुलपानी क्रिकेट रंगशालाको सपना र नेपाली क्रिकेट (03.22.2017)
मीराले जितिन् साहसी वर्ष व्यक्ति (01.31.2017)
सातौँ राष्ट्रिय खेलकूदमा नेपाली सेनाको दवदवा (01.04.2017)
चर्चामा दुई युवती : अयोग्य पूर्व लडाकु र तरकारीवाली (11.08.2016)
‘क्यान’ प्रतिबन्ध नौ महिनामा हट्ने (09.06.2016)
उच्च मनोबलका साथ क्रिकेट टोली नेरदरल्याण्ड प्रस्थान (08.09.2016)
के बाँकी रह्यो अब नेपाली फुटबलको ? (01.13.2016)
विश्व फुटबलमा फैलदो भ्रष्टाचारको दाग नेपालमा पनि (12.01.2015)
२२ वर्षपछि फुटबलमा उपाधी (09.01.2015)
नेपाली क्रिकेट विश्व वरियता प्रवेश (07.07.2015)



 
::| Latest News

 
[Page Top]