युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 04.08.2020, 03:40am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
खेलकुद
 
सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध छ ः प्रधानमन्त्री
Tuesday, 12.17.2019, 12:55pm (GMT+5.5)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा हालै आयोजित पुरस्कार घोषणा कार्यक्रममा उहाँले नेपालको खेलकूदको विकासका लागि आफू प्रयासरत रहेको उल्लेख गर्नुभयो । 
सागमा पदक विजेता खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा प्रतियोगिता सम्पन्न गर्न अहोरात्र खटिएका सबैलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले पदक प्राप्ति शुरुआत मात्र भएको र आउँदो चौधौँ सागमा नेपालले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । “हामी सधैँ स्वर्ण पदक प्राप्त गर्ने प्रयासमा रहनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 
करिब ४६ मिनेटको आफ्नो शुभकामना तथा बधाई मन्तव्यमा प्रधानमन्त्री ओलीले १३औँ साग प्रगतिमूलक रहेको बताउनुभयो । “हामी कतिपय खेलमा सहभागी हुन नसक्ने अवस्थामा पनि खेलाडीले स्वर्ण पदक जित्नुभएको छ”, उहाँले भन्र्नुभयो, “हामी सबै नेपाली खुशी छौँ, देश खुशी छ ।” विगतमा एउटामात्र रङ्गशाला रहेको अवस्थामा यसपालि काठमाडौँ, पोखरा र जनकपुरमा सागका विभिन्न खेल सञ्चालन गर्न सकेको उहाँले उल्लेख गर्नुभयो । अर्को पटक नेपालले साग आयोजना गर्दा मुलुकका सातवटै प्रदेशमा नयाँ र स्तरीय रङ्गशाला निर्माण भइसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । 
सो अवसरमा युवा तथा खेलकू्दमन्त्री जगतबहादुर विश्वकर्माले प्रधानमन्त्री ओलीलाई १३औँ सागको मस्कट उपहारस्वरुप हस्तान्तरण गर्नुभएको थियो । पुरस्कार घोषणा समारोहमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया लगायतको उपस्थिति थियो । 
सो अवसरमा राखेप सदस्यसचिव सिलवालले शुक्रबार १३औँ सागका विजेता खेलाडीलाई उपत्यकाका तीनवटै शहरमा रथारोहण गरिने जानकारी गराउनुभयो । मङ्गलबार सम्पन्न सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जित्दै प्रतियोगितामा दोस्रो भएको थियो । 
यसैबीच प्रधानमन्त्री ओलीले १३औँ सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही रु नौ लाख पुरस्कार दिने घोषणा गर्नुभयो । एउटाभन्दा बढी स्वर्ण जित्नेलाई जनही रु ११ लाख प्रदान गरिनेछ । यस्तै ‘टिम इभेन्ट’तर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख दिइनेछ । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले समेत रु पाँच लाख प्राप्त गर्नुहुनेछ । 
यस्तै रजत पदक जित्नेलाई जनही रु छ लाख तथा कास्य जित्नेलाई जनही रु तीन लाख पुरस्कारको प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो । यसअघि सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख, रजत जित्नेलाई जनही रु तीन लाख तथा कास्य जित्नेलाई जनही रु दुई लाख पुरस्कार प्रदान गरिँदै आएको थियो । 
पुरस्कार घोषणा समारोहमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्बाङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो । मङ्गलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो । 
त्यस्तै राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरूलाई काठमाडौँ र ललितपुरका विभन्न ठाउँमा परिक्रमा गराइएको हो । उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन । 
सागका विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई विभिन्न सवारीसाधनमा राखेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालादेखि नयाँ सडक, इन्द्रचोक, जावलाखेल, लगनखेल, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, बबरमहल हुँदै पुनः रङ्गशाला पु¥याइएको थियो । बिहान ११ बजेदेखि नगर परिक्रमा गराइने भनिए पनि वर्षाका कारण झण्डै दुई घण्टा ढिला भएको थियो । 
साग पदाधिकारीलाई राखेप परिसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाललगायतले फूलमाला तथा अबिर लगाएर नगर परिक्रमाको शुरुआत गर्नुभएको थियो । सरकारले यसअघि सागका स्वर्ण विजेतालाई रु नौ लाख, रजत विजेतालाई रु छ लाख र कास्य जित्नेलाई रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गरेको थियो । तेह्रौँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
१३ औं दक्षिण एसियाली खेलकूद : आवश्यक पूर्वाधार तयारी अन्तिम चरणमा (11.27.2019)
नेपालका तीन खेलाडी वरियतामा (10.15.2019)
कप्तान खड्काको दुर्लभ शतक (10.02.2019)
चुक्यो नेपाल विश्वकप खेल्न (07.30.2019)
थोरङ्लामा हक्की खेलेर बन्यो विश्व कीर्तिमान (07.22.2019)
सगरमाथा आरोहणका विश्व कीर्तिमानी भन्छन् ‘यो मेरो प्यासन हो’ (05.28.2019)
नेपाली पौडीका नयाँ स्टार दार्जे नथम शेर्पा (04.30.2019)
साफ च्याम्पियनसिपमा सधै उपाधी जिने लक्ष्य ः यसपटक के होला ? (09.04.2018)
सन्दीप लामिछानेले कोरे नेपाली त्रिकेटमा इतिहास (01.30.2018)
विराटनगरलाई इपिएल दोस्रो संस्करणको उपाधि (01.02.2018)
आईसीसीले दिने भो क्रिकेट खेलाडीलाई तलब (05.02.2017)
मुलपानी क्रिकेट रंगशालाको सपना र नेपाली क्रिकेट (03.22.2017)
मीराले जितिन् साहसी वर्ष व्यक्ति (01.31.2017)
सातौँ राष्ट्रिय खेलकूदमा नेपाली सेनाको दवदवा (01.04.2017)
चर्चामा दुई युवती : अयोग्य पूर्व लडाकु र तरकारीवाली (11.08.2016)
‘क्यान’ प्रतिबन्ध नौ महिनामा हट्ने (09.06.2016)
उच्च मनोबलका साथ क्रिकेट टोली नेरदरल्याण्ड प्रस्थान (08.09.2016)
के बाँकी रह्यो अब नेपाली फुटबलको ? (01.13.2016)
विश्व फुटबलमा फैलदो भ्रष्टाचारको दाग नेपालमा पनि (12.01.2015)
२२ वर्षपछि फुटबलमा उपाधी (09.01.2015)



 
::| Latest News

 
[Page Top]