युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 04:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
 
कोशी उच्चबाँधका निम्ति चर्को दवाव- भारतकै कारण तराई डुवेको संसदको निष्कर्ष
Tuesday, 07.30.2019, 12:43pm

मनसुनी वर्षासंगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानमा परी ज्यान गुमानेको संख्या बढ्दै १ सय १७ नाघेको, हराउनेको संख्या पनि ३८ पुगेको, विस्थापित हुनेको संख्या पनि हजारौंमा रहेको, पशुधनको पनि ठूलो नोक्सानी भएको र झण्डै चार अर्बभन्दा बढीको कृषिजन्य वस्तुको क्षति भएको प्रारम्भिक विवरणले संवेदनशील राष्ट्रिय परिस्थितिको दुःखदायी चित्र प्रस्तुत गरेको छ । मानवीय र भौतिक क्षतिको हरेक वर्ष विस्तारित भैरहेको आँकडाले मूलतः तराईमा डुवानको जुन बिकराल स्थिति सिर्जना भएको छ त्यसको मूल कारण भारतले पानीको प्राकृतिक बहाव रोकिने गरी सीमावर्ती क्षेत्रमा अवैध ढंगले निर्माण गरेको बाँध, तटबन्ध र सडक सञ्जाल नै रहेको वस्तुतथ्य उजागर भैरहेको छ भने देशको सर्बोच्च विधायिका राष्ट्रियसभाले पनि त्यही निष्कर्ष निकालेको छ 

 

निर्मलाका लागि किन न्याय महंगो ?
Tuesday, 07.30.2019, 12:41pm
साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको दिन । यो एक वर्षमा पन्त बलात्कार र हत्याका विषयमा जति नाटक मञ्चन भयो ती सबै रगमञ्चको पर्दा बन्द भए जसरी बन्द भएका छन् । एक वर्षमा सयौंमाथ अनुसन्धान, ८० जनाको डिएनए परीक्षण गरियो तर हत्यारा को हो पत्तो लागेको छैन । एक वर्षसम्म अपराधी को हो भन्ने पत्तो नलाग्नु विडम्बनाको कुरा हो ।
‘रअ’ प्रमुखको रहस्यमय भ्रमण
Tuesday, 07.30.2019, 12:40pm
भारतको खुँखार खुफिया एजेन्सी भनी चर्चित हुँदैआएको ‘रअ’का प्रमुख सामन्तकुमार गोयल सो पद सम्भालेको एक महिना पुग्दानपुग्दै अघिल्लो हप्ता नेपालको तीन दिने गोप्य भ्रमणमा भारत फर्केको खवरले राजधानीको राजनीतिक वृत्तमा सनसनी फैलाइरहेको छ । 
मुलुक चरम आर्थिक संकटको दिशातिर
Tuesday, 07.30.2019, 12:39pm
अस्थिर सरकारका कारण मुलुकले आर्थिक विकास गर्न नसकेको डंका जतिपिटे पनि कामगर्ने कुशलता नभएकै कारण यस्तो स्थिति उत्पन्न भएको रहेछ भन्ने प्रमाण दुई तिहाई बहुमतको सरकारको अहिलेसम्मको कार्यकालले देखाएको छ । यस अवधिमा व्यापारघाटा उच्चमात्रामा बढेको छ । गत आर्थिक वर्षको समाप्तिसम्म १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ बराबरको आयात हुँदा निर्यात भने जम्मा ८७ अर्ब ८३ करोड रुपैयाँको भएको छ । 
हामीलाई इमरान जस्तै प्रधानमन्त्री चाहिएकै हो - यादब देवकोटा
Tuesday, 07.30.2019, 12:38pm
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमण, त्यहाँ उनले प्रदर्शन गरेको राजनीतिक–कूटनीतिक कुशलता अनि देखाएको मितव्यवी व्यवहारले नेपाली जनता चकित परेका छन् । मुलुक गरीब भए पनि नेता धनी र जनताले गाँस–बास नपाए पनि नेता विलासी भैरहेको देखेका नेपालीका लागि इमरानको सामान्य जीवनशैली आश्चर्यकै विषय हो । त्यसैले त नेपालमा केही राजनीतिक विश्लेषकहरुले मुलुकलाई ‘इमरान खान’ जस्तो नेता चाहिएको बताइरहेका छन् । इमरानको मितव्ययिता, सदाचारिता अनि भ्रष्टाचारबिरुद्ध कडा कदम नै यसको कारण हो ।

दुर्नियतिको घनचक्कर
Tuesday, 07.30.2019, 12:33pm
देशको वर्तमान अवस्था कुनै पनि दृष्टिले उत्साहप्रद र भविष्यप्रति आश्वस्त हुनसक्ने नदेखिनु गम्भीर चिन्ताको विषय हो । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कुटनीतिक हरेक क्षेत्रमा प्रत्यक्ष रूपमा देखिँदैआएका परिदृश्यहरूले मुलुक स्थायित्व, विकास र समृद्धि, सद्भाव, आफ्नोपनाको रक्षा र सन्तुलित वैदेशिक सम्बन्ध विस्तारको वाञ्छित दिशामा अगाडि बढेको आभास र प्रत्याभूति दिने प्रकृतिका कुनै लक्षण देखिन नसक्नु वर्तमान समयले खडा गरेको सर्वा्धिक ठूलो चुनौती हो । मुलुकमा अहिले पाँच वर्ष राज्य सञ्चालन गर्ने लोकप्रिय जनादेश पाएको सरकार स्थापित छ तापनि स्थायित्वबोध हुनसक्ने विश्वसनीय वातावरण सिर्जित छैन ।
विश्वको प्राचीनतम राज्यमा आयातित शासन प्रणाली - वेदराज पन्त
Tuesday, 07.30.2019, 12:32pm
नेपाल अधिराज्यको उत्पत्ति वैदिकालमै भएको मानिन्छ । विश्वका प्राचीनतम राज्यमा यसको अग्रगण्य भूमिका छ । वैदिक सनातन धर्मावलम्बी हिन्दु अधिराज्य हिमवत्खण्डको यो नेपालमा गौरीशंकर, अन्नपूर्ण, धवलागिरि हिमालको नाम वैदिक वाङ्मयमा विविध प्रसंगमा उल्लेख छ । व्यास, जैमिनी, वाल्मीकि, च्यवन आदि ऋषि र जनक जस्ता राजर्षीको नाम यस प्रसंगमा लिइने गरिन्छ ।
जनताप्रतिको दायित्वबोध विलोप हुँदैछ - महेश्वर शर्मा
Tuesday, 07.30.2019, 12:31pm
नाम जुनसुकै राखे पनि व्यवस्था परिवर्तनले मात्र कुनै अर्थ नराख्ने हरेछ भन्ने यहाँ प्रत्यक्ष भएको छ । नाम लोकतन्त्र या गणतन्त्र र शासक कम्युनिष्ट भएर पनि व्यवहार तदनुकूल नहुँदा अहिले यहाँ धनी झन धनी र गरीब झन् गरीब हुने प्रक्रिया तीब्ररुपमा बढिरहेको छ ।
संघीयता “बाँदरको हातमा नरिवल” नबनोस् !- तारा सुवेदी
Tuesday, 07.30.2019, 12:30pm
नगण्य संख्याका र राज्यको शासन सत्ता र शक्तिका दृष्टिले खासै निर्णायक भूमिका नभएका झीना मसिना माानिएका दलहरुलाई छोडेर राजतन्त्रवादीदेखि गणतन्त्रवादी भनेर देखिएका दलहरु सम्मले “२०६३ को परिवर्तनको उल्लेख्य र महत्वपूर्ण उपलब्धी भनेकै संघीयतामा आधारित शासन प्रणाली र त्यसलाई प्रत्याभूत गर्ने संविधान हो” भन्ने गर्दछन् । 
संसारभरका लगानीकर्तालाई लगानी गर्न आग्रह
Tuesday, 07.30.2019, 12:29pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सहज भएको भन्दै विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । उहाँले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन’ लगायतका ऐन कार्यान्वयनमा रहेको र लगानीकर्ताको सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेकाले लगानीको आव्हान गर्नुभएको हो ।

माथिल्लो तामाकोशीमा सकसै सकस
Tuesday, 07.30.2019, 12:29pm
काठमाडौं । राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशी मुलुकको यस्तो आयोजना हो जुन नेपाली पूँजी र सीपबाट बन्दैछ । अनि यो अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत आयोजना पनि हो । ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने यो आयोजना कहिले सकिएला र बिजुली बल्ला भन्ने आम चासो उत्तिकै छ ।
विदेशमा नेपाली भाषा मोह : पोर्चुगलमा खुल्यो नेपाली पाठशाला
Tuesday, 07.30.2019, 12:26pm
काठमाडौं । विदेशमा जन्मेहुर्केका बालबालिकाहरु नेपाली भाषा, संस्कृति र परम्पराबाट विमुख हुँदै जान थालेका छन् । यस्तो चिन्ताकाबीच विभिन्न देशमा नेपाली भाषा पाठशाला संचालनमा आएका छन् । यस्तैमा युरोपेली मुलुक पोर्चुगलमा नेपाली पाठशाला संचालनमा आएको छ । पोर्चुगलमा जन्मेका तथा हुर्केका नेपाली बालबालिकामा नेपाली भाषाप्रति देखिएका समस्यालाई मध्यनजर गरेर नेपाली नारी समाज पोर्चुगलले नेपाली पाठशाला सञ्चालन गरेको छ । 

अबको एक महिनापछि ओसाका उडान
Tuesday, 07.30.2019, 12:26pm
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अबको एक महिनापछि जापानको ओसाका उडान सुरु गर्ने भएको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले ओसाका निगमको प्रतिष्ठासँग जोडिएको विषय रहेको भन्दै निर्धारित तालिकामै काठमाडौँ–ओसाका उडान हुने जानकारी दिनुभयो । 

चुक्यो नेपाल विश्वकप खेल्न
Tuesday, 07.30.2019, 12:23pm
आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । आइतबार सिङ्गापुरसँग पराजित भएसँगै नेपालको सपना चकनाचुर भएको हो । 

गुरुराजको “मान्छेका कथा”हरु विमोचन
Tuesday, 07.30.2019, 12:12pm
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ को सार्वजनिक भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक विमोचन गर्दै परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताउनुभयो छ ।

विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित
Tuesday, 07.30.2019, 12:11pm
काठमाडौं । असार अन्तिम साता सक्रिय भएको मनसुनका कारण आएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा यो समाचार तयार पार्दासम्म ११३ जनाको मृत्यु भएको छ । यस्तै ३८ जना बेपत्ता भएका र ६७ जना घाइते भएका छन् । असारको २६ देखि ३० गतेसम्म अविरल वर्षासँगै बाढीपहिरो र डुबान भएको थियो । साउनको ६ र ८ गते पनि पहिरो र बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको थियो ।

भारतले थप्यो काश्मिरमा १० हजार सैनिक, स्थानीय त्रसित
Tuesday, 07.30.2019, 12:10pm
गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित बनेको काश्मिरबाट एएफपीलाई प्राप्त सूचनाहरूमा जनाइएको छ । यद्यपि भारतीय अधिकारीले उक्त कदम नियमित तालिकाअनुसार भएको जनाइएको छ । भारतले मुसलमान समुदायको बहुमत भएको उक्त हिमाली क्षेत्रमा सन् १९४७ मा भारत र पाकिस्तानबीच भएको विभाजित बनेपछि उक्त क्षेत्रमा करीब पाँच लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ ।

सेनाले सडक हस्तान्तरण गर्दै
Tuesday, 07.30.2019, 12:10pm
करीब १५ वर्ष सडक निर्माणमा खटिएको सेनाले डोल्पामा ११८ किलोमिटर सडकको ट्र्याक खोलेर लक्ष्य पूरा भएको भन्दै फर्किन शुरु गरेको छ । सेनाले सडक अब हस्तान्तरण गर्न लागेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताउनुभयो । 

अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल
Tuesday, 07.30.2019, 12:08pm
द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि प्रचारप्रसार अभियान सुरु गर्नुभएको छ ।युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नु भएको हो ।  

तराईमा चरम मानवीय सङ्कट– वित्तीय सङ्कट झनै चुलियो !
Monday, 07.22.2019, 05:43pm
असारे पानीले तराईको जनजीवन घोर सङ्कटमा परेको छ । ज्यान गुमाउने र हराउनेको संख्या बढिरहेको छ । बाढी र डुबानको चपेटामा परेर घरवारबिहीन हुनेहरूको संख्या एक्किन छैन । हजारौं परिवार कतै सडक किनारमा, कतै स्कूल भवनमा त कतै अग्लो ठाउँ खोज्दै, थुम्को ढिस्को चाहार्दै ओत र आश्रयका निम्ति आर्तनाद गरिरहेका छन् । गाउँ वस्तीभित्रका कैयौं बाटाघाटा पनि बाढी र डुवानको चपेटामा परेका छन् । उद्धारकार्य र राहत सामग्री पु¥याउन पनि कठीन छ । अस्थायी आश्रयका लागि पनि पालको पर्याप्त उपलब्धता छैन ।  सर्पदंशका घटनाहरू पनि उत्तिकै बढिरहेका छन् । बालबालिका र महिलाहरूको झनै कन्तबिजोक छ । हवाइ निरीक्षण र स्थलगत निरीक्षणको राजनीतिक हल्लाखोरी पनि चलिरहेको छ । तर उद्धार र राहतले पनि गति लिन सकेको छैन । मुलुकमा स्थानीय, प्रादेशिक र संघीय गरी तीनथरी सरकार रहेका भए पनि सङ्कटमोचन कार्यले गतिलिएको कुनै आभास छैन । प्रदेश नं. २ मा डुवानको समस्या सर्वाधिक चर्को छ । भौतिक क्षतिको पूर्ण विवरणसमेत सङ्कलन र आङ्कलन हुन सकिरहेको छैन ।
छायाँमा बिपी–पुष्पलाल
Monday, 07.22.2019, 05:42pm
काठमाडौं । नेपालमा प्रजातान्त्रिक–वाम आन्दोलनका अगुवा हुन स्व. बिपी कोइराला र पुष्पलाल श्रेष्ठ । साउन ६ गते नेपाली कांग्रेसले बिपी स्मृति दिवस मनायो भने त्यसको केही दिनपछि नेकपाले पुष्पलाल स्मृति दिवस मनाउनेछ ।

  » गृहका कर्मचारी सबैभन्दा बढी घुस्याहा
  » बुद्धमूर्ति तोडफोड सामान्य घटना हैन
  » कसरी पाइन्छ सुख कसरी भइन्छ खुसी ? - यादब देवकोटा
  » सरकारलाई आलोचना असह्य भएको छ - महेश्वर शर्मा
  » डुवानको नियतिः सधैँको सन्त्रास
  » नेवानिको व्यवस्थापन विदेशीलाई दिने तयारी नेपाली असक्षम कि राजनीतिक स्वार्थ ?
  » वी.पी. र पी.एलका चितामा रोटी सेक्नेहरुलाई देख्दा - तारा सुवेदी
  » साउन १६ देखि कांग्रेसको प्रशिक्षण
  » दशैं अगाडि नै नारायणीमा मिनी पानीजहाज
  » मानसिक रोग हो युवतीलाई किला घोप्ने र गुप्ताङ्ग देखाउने
  » काठमाडौंमा पहलोपटक बन्दैछ बलियो र सुन्दरताको प्रतीक ‘नेटवर्क आर्क पुल’
  » परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान
  » नेपाल अशान्त हुँदा चीन र भारत ढुक्कले निदाउन सक्दैनन्
  » नेकपाले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज, सङ्घीय मन्त्री र मुख्यमन्त्रीले पाए जिम्मेवारी
  » प्यान अनिवार्य
  » निर्णायक वार्ता गर्न जोड
  » थोरङ्लामा हक्की खेलेर बन्यो विश्व कीर्तिमान
  » महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प
  » युगसम्वाद ३२औं वर्षमा प्रवेश
  » सरकार फेरबदलको खेल चलेकै हो त ? - गुठी विधेयकको विरोधले सरकारलाई गलायो !



 
::| Latest News

 
[Page Top]