युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 04.09.2020, 07:50pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
 
कोरोना भाइरसको विश्वव्यापी आतंक : महासंकटका दिन निम्तिने खतरा !
Monday, 03.23.2020, 09:11am

काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वका १४८ देशलाई आफ्नो चपेटामा पारिसकेको छ । नेपाल अहिलेसम्म कोरोनाको संक्रमणबाट जोगिएको जस्तो देखिए तापनि सम्भाव्य खतराका कारण आमजनमासमा ठूलो त्रास व्याप्त छ । सरकारले कोरोना भाइरसको प्रकोपबाट जोगिन पूर्व सावधानी अपनाउँदै चालेका कदमको असर सवै क्षेत्रमा परिसकेको छ । अन्तर्रा्ष्ट्रिय हवाइ सेवा अधिकांश बन्द भएका छन् । विदेशीहरूका लागि उपलब्ध ‘अन एराइभल भीसा’ पूरै रोकिएको छ । सभा, समारोह र जमघटका कार्यक्रम रोकिएका छन् । संक्रमणबाट बच्न आवागमनमा नियन्त्रणदेखि लिएर कवारेण्टाइन, आइसोलेशन र उपचार प्रबन्धका लागि आवश्यक प्रबन्धमा सरकार अहोरात्र जुटिरहेको सन्देश प्रवाहित भैरहेको छ । खुला सिमाना रहेको भारतबाट नेपाल प्रवेश गर्न अब चारवटा नाकामात्र खुला राखेर अरू बन्द गरिएका छन् । चैत ५ गतेपछि स्कूलहरू पूरै बन्द हुँदैछन् । आन्तरिक आवागमनमा पनि व्यापक कमी आएको छ । 

 

नेपालमा भटिए कोरोना संक्रमित : टेकुमा उपचार हुँदै सङ्क्रमितलाई सरकारले नै उपचार गर्ने
Monday, 03.23.2020, 04:57pm
नेपालमा कोरोना संक्रमण फैलन नदिन व्यापक तयारी भैरहेका बेला आइतबार फ्रान्सबाट नेपाल आएकी उक १९ वर्षीया युवती संक्रमित भएको पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा मन्त्री ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताउँदै उहाँले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत बताउनुभयो । “कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता व्यक्तिको सुरक्षितरूपमा उद्धार गरेर अस्पताल लगेर उपचार गछौँँ”, उहाँले भन्नुभयो ।

नक्सा प्रकाशित गर्न कसले रोक्यो, केले छेक्यो !?
Monday, 03.23.2020, 09:10am
भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा पारेपछि यसको बिरोध गरेको सरकाले आफ्नो भूमिसहितको नयाँ नक्सा सार्वजनिक नगरेकोमा सांसदहरुले सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भारतले नेपाली भूमि हडपेर आफ्नो नक्सामा पारेपछि नेपालले आफ्नो भूमिसहितको नक्सा सार्वजनिक गर्न केले छेक्यो, कसले रोक्यो भन्ने प्रश्न उठाइएको छ ।
मोदीको आतुरताले जुटाइदिएको सार्क राष्ट्रको एकता
Monday, 03.23.2020, 09:09am
भारत र पाकिस्तानको तनावका कारण लामो समयदेखि निस्क्रिय रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नेताहरुलाई कोरोनाले एकजुट बनाइदिएको छ । विश्वभर कोरोनाको महामारी फैलिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सार्कका सरकार तथा राष्ट्रप्रमुखहरुले आइतबार भिडियो कन्फ्रेन्स गरेर कोरानाबिरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता जनाएका छन् ।
अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे
Monday, 03.23.2020, 09:08am
विश्वभर महामारीका रुपमा फैलिइएको कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवद्र्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तरराष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो ।

मगन्ते सोच, स्वार्थी प्रवृत्ति र त्यागको अभाव - यादब देवकोटा
Monday, 03.23.2020, 09:07am
स्वाभिमानी सोच र त्यागी भावना हुने हो भने नेपाल विकसित मुलुक बन्न धेरै समय लाग्दैछ तर यही कुराको ठूलो अभाव छ । यस्तै अभाव देखिएको छ सरकारमा । आम अपेक्षा विपरीत सरकार गठन भएको दुई वर्ष नाघिसक्दा परम्परागत सोच, शैली र व्यवहारमा कुनै भिन्नता आएन । विकास निर्माणका काम पहिले जस्तो थियो त्यस्तै देखियो । निरन्तर भैरहने विकास बाहेक तीब्र विकासको संकेत समेत पाइएन । सरकारले जतिसुकै विकास गरेको दावी गरे पनि देख्ने आँखा भने सरकार पक्षधर बाहेक अरु भएनन् । नेपालको अहिलेको दुरावस्थामा पुग्नको कारण स्रोत नभएर हैन, सोच नभएर हो ।

सार्वभौमिकतामाथिको चोट
Monday, 03.23.2020, 09:06am
कोरोना भाइरस (कोविद–१९)ले विश्वव्यापी महामारीको रूप लिएको बेलामा आमनागरिकको ध्यान आँफूलाई कसरी सुरक्षित राख्ने भन्नेतिर नै केन्द्रित हुनु स्वाभाविक छ । तर नेपालको  सार्वभौमिकतामाथि चोट पु¥याउने गरी वैदेशिक कुटनीतिक नियोग र आन्तरिक राजनीतिक नेतृत्वतहबाट के कस्ता खेल भैरहेका छन् भन्ने कुरा भने ओझेलमा परेका छन् । हामी नेपाली जनता सार्वभौम छौं, नेपाल अनादिकालदेखि नै स्वतन्त्र छ र हामी नेपालीले पराधीनताको कहर कहिल्यै भोग्नुपरेको छैन भनेर नाक फुलाउँदैआएका छौं तर नेपाली जनताको सार्वभौम अधिकार वारम्वार कसरी कुण्ठित हुँदैछ
राप्रपाको एकीकरण : अर्थ र प्रयोजनीयता ? - तारा सुवेदी
Monday, 03.23.2020, 09:05am
तीनतिर चुलो चौको लगाएका भनौ अथवा तीनवटा अखडा बनाएर बसेका राष्ट्रिय प्रजातन्त्र पार्टी–जसलाई अहिले पनि आम जनताले “पूर्वपञ्चहरुको पार्टी” भनेर बढी चिन्दछन्– फेरि एकीकरण भएको समाचार २६ फागुनको “नयाँ पत्रिका”ले पाचौं पेजमा, आफ्नो टिप्पणी सहित छापेको पढियो । यो पटकको एकीकरण कतियौं पटकको शृङखला हो, न उक्त पत्रिकाले भन्न सकेको छ । न त पक्तिकारले नै गनेर यकिनसाथ भन्नसक्ने स्थिति छ ।
वैदिक दृष्टिमा काम, अर्थ र राजनीति - वेदराज पन्त
Monday, 03.23.2020, 09:05am
राजनीति सिंगो विश्वलाई स्थिरता दिने एउटा अभ्यास हो । तमाम नीति, व्यवहार र प्रचलनहरूलाई व्यवस्थित गरी सोही अनुसारको नीति बनाएर अघि बढ्ने राजनीतिको अहिलेको परिभाषा र वैदिककालीन अर्थ फरक छ । राजनीतिलाई अहिले अध्यात्मवादलेभन्दा अन्धवादले संचालन गर्छ ।
आजको दिशाहीन राजनीतिक चरित्र - महेश्वर शर्मा
Monday, 03.23.2020, 09:03am
साम्राज्यवादीको चकचकी भएको बेलामा पनि आफ्नो पृथक र स्वतन्त्र अस्तित्व जोगाएर बसेको नेपाल आज नेपालीहरुकै अविवेकले गर्दा शंकटापन्न अवस्थामा पुग्ने हो कि भन्ने जगजगी भएको छ ।
एक लाख ६० हजारमा सङ्क्रमण, मृत्यु हुनेको सङ्ख्या छ हजारभन्दा बढी
Monday, 03.23.2020, 09:02am
कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तरराष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर छ हजार ३६ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

सदनदेखि सडकसम्म तातो बहस : अख्तियारले ल्यायो ठूलै हलचल
Wednesday, 02.12.2020, 12:26pm
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री निवास परिसर बालुवाटारको १ सय १४ रोपनी सरकारी जग्गा हत्याउन रचिएको सुनियोजित भ्रष्टाचार प्रकरणलाई लिएर १ सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि राजनीतिक क्षेत्रमा ठूलो हङ्गामा मच्चिएको छ । भूमाफियाहरूको चलखेलको प्रभावमा परेर सरकारी स्वामित्वको बहुमूल्य जग्गा प्रकारान्तरले व्यक्ति–व्यक्तिको स्वामित्वमा परिणत गर्ने वृहद भ्रष्टाचार काण्डमा मुछिएको अभियोगमा मुद्दा दायर गरिएकाहरूमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता रहेका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारको समेत नाम दर्ज भएकोमा आपत्ति जनाउँदै नेपाली कांग्रेसले वारम्वार संसद अवरुद्ध गरिरहेको छ भने तरूण दल र नेपाल विद्यार्थी संघ लगायतका भातृ संगठनहरूलाई सडकमा उतारेर वित्पात मच्चाइरहेको छ ।
नेपालको चिनारी ऐतिहासिक सम्पदाहरुको संरक्षणमा
Wednesday, 02.12.2020, 12:25pm
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चिनारी ऐतिहासिक र प्राचिन सम्पदाहरुमा रहेको भन्दै नयाँ शालिक राख्दैमा नयाँ नेपाल नहुने बताउनुभएको छ । शनिबार उपत्यकाका सम्पदाहरुको पुनःनिर्माणको अवलोकनपछि उहाँले सो धारणा राख्नुभएको हो ।
अवैध धन थुपार्नेलाई संरक्षणमै जोड
Wednesday, 02.12.2020, 12:24pm
काठमाडौं । एक वर्षअघि स्वीस बैंकमा दर्जनौं नेपालीको अर्बौं रुपैयाँ अवैध जम्मा भएको सनसनीपूर्ण खबर सार्वजनिक भयो । ‘नेपालिक्स’ नाम दिइएको यो खुलासा लगत्तै सरकारी संयन्त्रहरु ताते जस्तो भए पनि यो एक वर्षको अवधिमा सम्पत्ति फिर्ता ल्याउने त परै जावस् यसको अनुसन्धान गर्ने काम समेत भएको खबर सार्वजनिक भएको छैन ।

ह्वेल उम्कियो– ठूला माछासंगै निर्दोष असला फन्दामा
Wednesday, 02.12.2020, 12:24pm
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको खुलासा गर्दै विशष अदालतमा मुद्दा दायर गरेपछि आम जनतामा खुसी छाएको छ तापनि अख्तियारको कतिपय निर्णयले भने आशंका जन्माएको छ । अख्तियारको कदममा आशंका जन्माउने आधार भनेको प्रस्ताव लाने दोषी र निर्णय गर्ने निर्दोष सावित हुनु हो ।
वैज्ञानिकहरुले भेउ नपाएको एउटा सम्भावना - यादब देवकोटा
Wednesday, 02.12.2020, 12:23pm
 स्वस्थानी व्रतकथा अनुसार आफ्नी अर्धाङ्गीनि सतिदेवीले दक्षप्रजापतिको यज्ञकुण्डमा हामफालेर देह त्याग गरेपछि विक्षिप्त बनेका महादेवले आफ्ना सेना पठाएर दक्षको यज्ञ विध्वंश गरिदिए । दक्षको शिर काटेर यज्ञकुण्डमा होमिदिए । पछि उनै महादेवले दक्षकी पत्नीको अनुनय सुनेर बोकाको शिर दक्षको शरीरमा जोडिदिए ।
सत्ता र पैसाले ल्याएको आजको विचलन - महेश्वर शर्मा
Wednesday, 02.12.2020, 12:21pm
“एकैपटकको जुनी हो, नराम्रो काम नगर है” भन्थे बूढापाकाहरु । तर हिजोआज कसले सुने ? पहिलेका मान्छे नाम कमाउनुपर्छ भन्थे भने आजका दाम कमाउनपट्टि दगुरिरहेका छन् । दाम कमाएपछि नाम त्यसै कमिन्छ भनेर दामका पछि दगुर्नेहरु नाम त कताकता, बदनाम भएको पनि देखिएकै छ । यो कमाउने रोगले गर्दा जीवनमा गर्नुपर्ने काम थाहै नपाई जानेबेला भैसकेको पनि थाहा नपाउने हुँदा रहेछन् ।
अख्तियारको प्रशंसनीय कदम
Wednesday, 02.12.2020, 12:21pm
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा केही पूर्व मन्त्रीहरूसहित १ सय ७५ जनाविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा हालेपछि देशमा ठूलै हलचल मच्चिएको छ । गत कार्तिकमा भारतले नेपालको अखण्ड भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको ३७२ वर्ग किलोमिटर जग्गा आफ्नो सरहदभित्र पारेर नयाँ राजनीतिक नक्शा जारी गरेपछि सम्पूर्ण देशवासी एकजुट भएर त्यसको विरोध गर्दै अतिक्रमित नेपाभूमि फिर्ता गर्न र कालापानीमा जबर्जस्ती बसेका भारतीय सेनालाई हटाउन देशव्यापी रुपमा आवाज उठाएका बेला मुलुकमा नयाँ तरङ्ग पैदा भएको थियो । त्यो चर्चालाई शिथिल पार्दै ‘मिलेनियम च्यालेञ्ज कर्पोरेशन’ नामको सहयोग लिने र लिन नहुनेबारे मुलुकमा अर्को बहस छेडियो र यसले अझै उपयुक्त निकास पाउन बाँकी नै छ । 
अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने हिम्मत भए !- तारा सुवेदी
Wednesday, 02.12.2020, 12:19pm
दुनियाँलाई थाहा भएको कुरा हो, विदेशी मुद्राको र भुक्तानी सन्तुलनको एकमात्र आधार “देशभित्रको वस्तु निकाशी” नै हो । भलै उहिले दाल, चामल, काठ, तोरी र कार्पेट (गलैंचा) जुट घरेलु हस्तकला मूर्ति कलाका सामग्रीहरु निकाशी गरिएको थिए । तर अहिले ती सबैको निकाशी निकै शून्य प्राय वा न्यून छ । 
अनलाइन मार्केटिङ्का नाममा मानव तस्कर ठगीमा परेका किशोरकिशोरी सिलिगुडीमा बन्धक
Wednesday, 02.12.2020, 12:18pm
सूचना प्रविधिको विकास र पहुँचले सामान्य लेखपढ गर्न जान्नेहरुलाई पनि घरमै बसेर मनग्गे कमाउन सकिने प्रलोभनमा पारी ठगीको जालो चलाउने विदेशी कम्पनीहरु नेपालमा सक्रिय छन् । विशेष गरी खुला सीमाका काण भारतबाट नेपालमा आएर यसैको नाममा ठगी र मानव तस्कर गर्नेहरु अहिले सक्रिय भएको पाइएको छ । 

प्रधानमन्त्री ओलीलाई एसियाली नेतृत्वकर्ता पुरस्कार
Wednesday, 02.12.2020, 12:17pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली नेतृत्वकर्ता पुरस्कार प्रदान गरिएको छ । शनिबार उहाँलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रदान गरिएको हो । 
  » तीन महिनाभित्र माथिल्लो कर्णालीको विद्युत खरदि सम्झौता हुने
  » प्रेरणाले दाबी गरेको दाइजो ः ट्रष्टकै सम्पत्ति भएको ठहर
  » बरु चीनमै उपचार गरौं
  » नेपालमा चियाको इतिहास कोरेको कारखाना जीर्ण
  » जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको
  » पीताम्बर–विष्णुराज्य वाङ्मय सम्मान डा. महेश्वर शर्मालाई
  » पीताम्बर–विष्णुराज्य वाङ्मय सम्मान डा. महेश्वर शर्मालाई
  » प्रेम दिवसमा खाना महोत्सव
  » ४० प्रतिशतलाई अस्पतालभित्रै संक्रमण
  » एमसीसी र सूचना प्रविधि विधेयकवारे तातो बहस !
  » शिवमायाको अडानले नेकपालाई दिएको चुनौति
  » भारतले वेवास्ता गरे पनि नेपालको तयारी तीब्र
  » १४ अर्ब रुपैयाँ नतिर्ने अनेक दाउपेच !
  » पृथ्वीजयन्तीको सान्दर्भिकता
  » विदेशीले माया गरेर सहायता दिने हैन - यादब देवकोटा
  » जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र बन्दै – अजयकुमार साह
  » पाँच सयमा हुने मर्मतलाई किन ८ हजार पु¥याइन्छ ?
  » सरकारले फितलोपन देखाउन हुँदैन - महेश्वर शर्मा
  » सत्तामा पुगेर मैंमत्ता नवन, मित्रहरु !- तारा सुवेदी
  » सामाजिक सुरक्षाबारे रोजगारदाताले भ्रम फैलाएको आरोप



 
::| Latest News

 
[Page Top]