युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 02.17.2020, 02:51am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
योजनाबद्ध रुपमा भारतीय स्वार्थ हावी : सडक र संचारमा ठूलो चलखेल
Monday, 01.09.2012, 03:43pm

काठमाडौं । मुलुकमा यतिबेला भारतीय स्वार्थपूर्ति गर्ने एकपछि अर्को नियोजित प्रयास भैरहेका छन् । बिप्पा सम्झौता, दोहारो कर हटाउने सम्झौता हुँदै भारतीय कृषि उपजमा लाग्दै आएको कृषि विकास शुल्क हटाउने सहमतिपछि नेपालको अर्थतन्त्र भारत नियन्त्रित बनाउने खेल सुरु भएको टिप्पणी भैरहेका बेला सरकारले पहिले स्वीकृत भैसकेको योजनाको नक्सा बदलेर बस्ती नै नभएको स्थानबाट भारतको सीमावर्ती क्षेत्र हुँदै सडक बनाउने नयाँ नक्सा तयार गरेको छ ।

दलहरूले दोहोर्याए विगतकै प्रवृत्ति
Monday, 01.09.2012, 03:42pm
संविधान जारी गर्ने दिन पाँच महिनाभन्दा कम छ । यसबीचमा शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउनुपर्ने गम्भीर मुद्दा जस्ताको तस्तै छ । सेना समायोजनको कार्यतालिका अलपत्र छ ।
संघीयताविरुद्ध नबोल्न धम्की
Monday, 01.09.2012, 03:41pm
संघीयताले देश विखण्डन हुने चेतावनीसहित अभियान चलाइरहनुभएका राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीलाई संघीयता विरुद्ध नबोल्न धम्की आएको उहाँले एक प्रेस विज्ञप्तिमार्फत बताउनुभएको छ ।
पटक्कै ख्याल नगरिएका आर्थिक मुद्दाहरू
Monday, 01.09.2012, 03:40pm

आर्थिक क्रान्ति र सुशासनका नारा केवल देखावटी र बनावटी मात्र रहेछन् भन्ने पुष्टि भैसकेको छ । मुलुकमा रोजगारी सिर्जना गर्ने कुनै संयन्त्रको विकास हुन सकेको छैन । वर्षको लाखौं युवा वैदेशिक रोजगारीका लागि जान वाध्य छन् ।

राष्ट्रिय एकता दिवसको सन्दर्भ
Monday, 01.09.2012, 03:38pm
मुलुकको वर्तमान राजनीतिक सन्दर्भ कोट्याउने हो भने भविष्यप्रति आशावादी हुने र सन्तोष गर्न सकिने अवस्था नै सिर्जित छैन । प्रमुख राजनीतिक दलहरू एक आपसमा नै फेरि आरोप प्रत्यारोपमा उत्रिएर जारी शान्ति प्रक्रियालाई पुनः अवरुद्ध पार्ने गतिविधितिर उन्मुख छन् ।
गुण र दोषको आधारमा परख गर्ने विवेक नेताहरूले गुमाइसकेका छन्
Monday, 01.09.2012, 03:33pm
नेकपा मालेले स्पष्टसंग के भनेको हो भने हामी प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गरी त्यस्तो प्रधानमन्त्रीलाई संसद्को बहुमतले हटाउन सक्दैन उसलाई महाअभियोग लगाएर मात्र हटाउन सकिन्छ । त्यस्तो प्रधानमन्त्री भएपछि संसद्मा बहुमत नभए पनि सरकार चलाउन सक्छ जसरी राष्ट्रपतिले चलाउँछन् ।
राष्ट्रिय एकताका सूत्राधार पृथ्वीनारायण शाहबाट सिक्नुपर्ने कुरा : यादब देवकोटा
Monday, 01.09.2012, 03:31pm
पृथ्वीनारायण शाहको जीवनचर्याको व्याख्या र विश्लेषण गर्नेहरूले उनलाई राजाका रुपमा मात्र हेर्दैनन्, नेताका रुपमा पनि हेरेका छन्, विद्वानका रुपमा पनि हेरेका छन् । दुरदर्शी, साहसी, धीरवीर र तत्ववेत्ता ज्ञानीका रुपमा पनि वर्णन गरेका छन् ।
सामूहिक राष्ट्रिय पहिचान नै मूल कुरा हो : महेश्वर शर्मा
Monday, 01.09.2012, 03:30pm

आजको राजनीतिक गतिविधि हेर्दा जातीय संघवादीहरूले सर्वसाधारण जनतामा विभाजनको मनस्थिति तयार पार्ने काम गरिरहेका छन् । तर यथार्थ के हो भने जनता वास्तविकताबाट अनभिज्ञ छन् । जातीयता र संघीयताका दुष्परिणाम जनताले बुझ्नै पाएका छैनन् ।

राप्रपा नेपालले आन्दोलन गर्ने
Monday, 01.09.2012, 03:29pm
गत पुस १८ गते सरकारले शहीद गेटबाट राजा त्रिभुवनको शालिक हटाउने निर्णय गरेकोमा राप्रपा नेपालले त्यसको घोर विरोध गर्दै अस्ति आइतबार विरोध प्रदर्शन गरेको छ ।
बुद्धबारे देवदहमा नयाँ प्रमाण
Monday, 01.09.2012, 03:24pm

भारतले भगवान गौतम बुद्धको जन्मस्थल भारतमा भएको प्रचार अन्तर्राष्ट्रिय जगतमा गरिरहेको भए पनि त्यसलाई धमाधम सच्याउने काम भैरहेको छ । केही महिना अघि ब्रिटिश लाइब्रेरीले बुद्धको जन्मस्थान सम्बन्धी गलत जानकारी सच्याएको थियो भने कोरिया सरकारले पनि त्यसलाई सच्याउने तयारी गरिरहेको समाचार छ ।

शान्ति र संविधानका तगाराहरू यथावत्
Monday, 01.02.2012, 03:54pm

काठमाडौं । अदालती निर्णयको अवज्ञा गरेर संविधानसभाको म्याद फेरि थपिन नसक्ने भएपछि मुलुकलाई राजनीतिक–संवैधानिक संकटको बाटोमा धकेल्ने कि विमतिका मुद्दाहरूलाई किनारा लगाएर राष्ट्रिय सहमतिको बाटो फराकिलो पार्दै शान्ति प्रक्रियालाई टुंगोमा पु¥याएर संविधान निर्माण कार्यको जिम्मेवारी पूरा गर्ने ? यो चुनौतिपूर्ण स्थितिको सामना गर्न प्रमुख राजनीतिक दलहरू अग्रसर हुनुको विकल्प छैन । सर्वाेच्च अदालतको मंसिर ९ गतेको फैसला उल्ट्याउन पुनरावेदनको बाटो समातेका सरकार र संसद्संग अब दोस्रो विकल्प छैन । पाँच महिनाभित्रै संविधानसभाको म्याद सकिंदैछ ।

दलहरूको इमान्दारीताप्रति चौतर्फी प्रश्न
Monday, 01.02.2012, 03:53pm

काठमाडौं । शान्ति र संविधानकै नाममा दलहरूले अनन्तकालसम्म मुलुकलाई अनिर्णयको बन्दी बनाउँदै संक्रमणकाललाई लम्ब्याउँदै जाने प्रपञ्च रचिरहेका छन् । यस्तोमा न्यायपालिकाले संविधान निर्माणकार्य पूरा गर्नैपर्ने गरी फैसला गरेपछि दलहरूको सातो गएको छ ।

शान्ति र क्रान्तिमा को बालियो ?
Monday, 01.02.2012, 03:52pm

काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा पार्टीको आगामी कार्यदिशाबारे ठूलो बहस चल्यो । शान्ति र संविधानको बाटोबाट अगाडि बढ्ने कि क्रान्तिको ज्वाला दन्काउने भन्ने मुख्य विवादका बीच माओवादी झण्डै झण्डै फुटको संघारमा पुगेको छ ।

शान्ति क्षेत्र प्रस्ताव अहिले पनि सान्दर्भिक
Monday, 01.02.2012, 03:50pm

तत्कालीन राष्ट्राध्यक्ष श्री ५ वीरेन्द्रले आफ्नो राज्यारोहणका अवसरमा विश्वसामु गर्नुभएको नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव अहिले पनि उत्तिकै सान्दर्भिक रहेको विज्ञहरूले औंल्याइएका छन् ।

हिजो मिल्यो, आज विवाद
Monday, 01.02.2012, 03:49pm

काठमाडौं । मुलुकको आगामी शासनशैली मिश्रित प्रकृतिको हुने विषयमा विवाद समाधान उपसमिति अन्तर्गतको कार्यदलले सहमति जुटाएर विवाद समाधान उपसमितिले पनि सहमति गरेको प्रकाशमा आए पनि त्यसमा पुनः विवाद उत्पन्न भएको छ ।

संसारकै राम्रो जडिबुटीको माग पूर्ति हुन सकेन
Monday, 01.02.2012, 03:48pm

नेपालको आर्थिक विकासका लागि जडिबुटी एउटा स्रोत हो । यहाँका प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने नीति र त्यसको कार्यान्वयनमा इमान्दार प्रयास गर्ने हो भने चर्किदै गएको व्यापार घाटा कम हुने मात्र नभएर नेपालको अर्थतन्त्रले छोटै समयमा फड्को मार्नसक्ने गरी वातावरण निर्माण हुनसक्छ ।

भारत रिझाउन घातक शैक्षिक मान्यता
Monday, 01.02.2012, 03:47pm
राजनीतिकरणले थिलथिलो भएको नेपालको उच्चशिक्षाको क्षेत्र अब भारतको दवाव थेग्न पनि विवश हुनुपरेको छ । अघिल्लो साता प्रकाशित एउटा समाचारले नेपालको शैक्षिक गुणस्तर र यसको मूल्य–मान्यतामा समेत ठूलो प्रश्न खडा गरेको छ ।
स्वेच्छाचारिताको चरम नमूना
Monday, 01.02.2012, 03:46pm

मुलुक विषम राजनीतिक संकटको फन्दामा पर्दै गएको छ । संविधानसभाले अन्तिमपटकका लागि थपिएको म्यादभित्र संविधान निर्माण कार्य पूरा गरेर जारी गर्नसक्ने विश्वाश फेरि धमिलिएको छ ।

वर्तमान राजनीतिक नेतृत्व असफलताको दिशातिर : यादब देवकोटा
Monday, 01.02.2012, 03:45pm
जनताले अपार साथ दिए पनि नेताहरूले सोअनुसार कुनै काम गर्न सकेनन् । आ–आफ्ना स्वार्थलाई राष्ट्रिय मुद्दा बनाएर त्यसैमा लटारिइरहे । संक्रमणकाल छोट्याउनुको साटो एकपछि अर्को बहानामा यसलाई बढाउँदै लैजाने प्रपञ्च भैरहेका छन् ।
सत्ता जोगाएर जित्न खोज्ने बाबुराम हारिसके- महेश्वर शर्मा
Monday, 01.02.2012, 03:43pm
देशको माया हुने र आफूलाई जनताप्रति उत्तरदायी सम्झने मान्छे व्यक्तिगत फाइदाका लागि देशलाई विगार गर्ने काम गर्दैन र त्यस्तो गर्न अरुलाई पनि दिंदैन ।
  » सचिव सीपी गजुरेललाई मातृशोक
  » पत्रकार तारा न्यौपानेको असामयिक अवशान
  » शान्ति प्रक्रिया र संविधान लेखन कार्यतालिका अबरुद्ध : संकट गहिर्याउन सरकार नै अग्रसर
  » कार्यतालिका अनुसार काम भएन
  » अप्राकृतिक गठबन्धनको रहस्य खुल्दै
  » माओवादीले के गर्ला ?
  » गच्छेदार चीनमा
  » राजनीतिक भ्रष्टाचारमा अख्तियारको तगारो
  » भीडको मात्र निर्देशन मान्ने प्रवृत्ति
  » संवेदनहीनताको पराकाष्ठा
  » समूहगत रुपमा सेनामा भर्ना गरिंदा त्यसबाट गलत मान्यता त स्थापित हुने नै भयो – अ.प्रा. उपरथि अनन्तब
  » अभाव पूर्तिको नाममा व्यक्तिगत लाभको चलखेल : यादब देवकोटा
  » जातीय संघीयता ‘घरको न खोप्राको’ : महेश्वर शर्मा
  » नेताहरूको विपरीत मतिले पार्टीको थप क्षति नहोस् : तारा सुवेदी
  » सर्वोच्चको फैसलाको पुनरावलोकन हुँदैन
  » कोरियामा रहेको बुद्धबारेको भ्रम हट्ने
  » चिनीया नेताको भ्रमण स्थगन : कूटनीतिक विफलताको परिणाम नेपाल बन्द सरकारको राजनीतिक असफलता
  » विवादका विषयहरूमा धमाधम सहमति
  » एमालेमा नयाँ समीकरण माओवादी र कांग्रेसको विवाद यथावत
  » किन सभासद् बनाउने ?



 
::| Latest News

 
[Page Top]