युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.06.2020, 01:53pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
पूरा भएनन् जनताका अपेक्षा र राष्ट्रिय दायित्व
Monday, 05.30.2011, 03:50pm
यत्रो ठूलो उपलब्धि, यति धेरै जनअपेक्षा अनि अभूतपूर्व उन्नतिको उत्कट अभिलाषा- नेपाली जनताले साँचेका ती कुनै पनि कुरा पूरा भएनन् मात्र होइन पूरा हुने सम्भावना नै देख्न छाडिसकेका छन् प्रगति परिवर्तनका नाममा हुने-नहुने अनेक किसिमका नारा घन्काएर जनतालाई त्यसैमा अभ्यस्त तुल्याउँदै मुलुकलाई विखण्डनको दलदलमा भास्ने प्रपञ्च मात्र रचियो- संविधानसभाको निर्वाचनपछिको यो तीन वर्षमा
तराई (मधेश)को शास्त्रीय महत्वको संक्षिप्त विवेचना
Monday, 05.30.2011, 03:49pm

संघीयताको नाममा एक मधेश एक प्रदेश’, ‘एक मधेश बहुप्रदेशको नारा खुबै लाग्ने गरेको जातीय, क्षेत्रीय, धार्मिक, सांस्कृतिक पक्षमा यस्तो राजनीतिक विकार घुसेको यो समयमा पृथ्वीनारायण शाहले वैदिक विधिविधान बमोजिम कायम गरेको राष्ट्रिय एकता छिन्नभिन्न हुने हैन भन्ने भय मडारिएको राष्ट्र विखण्डनको संघारतिर गैरहेको चिन्ता पनि संगसंगै बढ्दैछ

जागीरको तीन महिना म्याद थपियो !
Monday, 05.30.2011, 03:48pm

अहिले अन्तिम घडीमा आएर रातारात अन्तरिम संविधान २०६३ मा म्याद थप्ने द्रबिड प्राणायाम गरियो दिनभरि ..... कपालकोर- राति .... घोचा चोरउखान चरितार्थ पार्दै पाँच बुँदे सहमतिका नाममा नवौं संशोधन गरिएको

आशा र निराशाका दुई पृथक विषय
Monday, 05.30.2011, 03:46pm

वर्तमान प्रधानन्यायाधीश रेग्मीलाई आएलगत्तै एक दुई मुद्दामा वाहवाही लुटेर जान उहाँको कार्यावधिले दिँदैन झण्डै तीन वर्षभन्दा बढी समयसम्म उहाँले अहिले शुरुमा आर्जेको आस्था (सम्मान, लोकप्रियता वा वाहवाही जे भनौं मानौँ) त्यसलाई संजोएर तीन वर्षसम्म सदाचार, संयम, सत्प्रयास अनेक बाधा व्यवधान झेल्दै आफ्नो अदालतप्रतिको नेपाली जनताको आस्थालाई बोकेर क्रमशः शिखरसम्म पु¥याउनु पर्नेछ

चर्चामा नरहेको चौथो गणतन्त्र दिवस
Monday, 05.30.2011, 03:45pm
संविधानसभाको म्याद थपिएकै भोलिपल्ट परेको गणतन्त्र दिवसले खासै चर्चा पाएन सरकारले औपचारिक समारोहबीच सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनायो
किताब छपाइ सकियो, अभाव कायमै
Monday, 05.30.2011, 03:42pm

भक्तपुर मुलुकभरका विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नपुग ११ लाख थान किताब छाप्ने कार्य सम्पन्न भएको समाचार उता रुकुम जिल्लादेखि करिब ४० कोस टाढा रहेका हुकाम, मैकोट, कोल, तकसेरा राङ्सीलगायत जिल्लाका अधिकांश विद्यालय महिनाँैदेखि पाठ्यपुस्तकको अभावमा बन्द रहेका छन्

मुलुकको विकासका लागि लोकतान्त्रिक संस्कृतिको आत्मसात्
Monday, 05.30.2011, 11:57am
काठमाडौं । मुलुकले लोकतान्त्रिक पद्धतिको आत्मसात गरेको भए पनि नेताहरुको चरित्र अलोकतान्त्रिक बन्दैगएका कारण जनअपेक्षा पूरा हुनु त कता हो कता मुलुकको अस्तित्वमै प्रश्न उठ्न थालेको छ ।
प्राकृतिक स्रोत साधन र भौगोलिक वनावटका आधारमा योजना छनोट आर्थिक समृद्धि र आत्मनिर्भरताको प्रय
Tuesday, 05.24.2011, 06:33am
आर्थिक समृद्धिको पहिलो खुड्किलो भनेको आफूमा भएको स्रोत साधनको उपयोग हो । पानी, खनिज, जडिबुटी, वनजंगल लगायतका स्रोतहरूमा आधारित उद्योग–धन्दाको संचालन र जैविक खेती प्रणाली अहिलेको प्रमुख व्यापारको क्षेत्र हो । सम्पन्न मुलुकहरू आधुनिक प्रविधिको साटो परम्परागत, जैविक प्रविधिबाट उत्पादित खाद्यान्न उपयोगतिर आकर्षित भैरहेका छन् । यस्ता खाद्य वस्तुहरूको उत्पादन र निर्यात नेपालको समृद्धिको पहिलो आधार बन्ने सम्भावना प्रवल छ ।
संविधान बनाउने विषयमा संविधानसभाभित्र र बाहिर पनि बहस भएको छैन : अधिवक्ता टीकाराम भट्टराई
Tuesday, 05.24.2011, 06:31am
मैले भन्न खोजेको आमसभा गर्नु हुन्न भन्ने होइन । तर अहिले मुलुकको आवश्यकता के हो ? माओवादी जनविद्रोहको लाइन कि शान्ति र संविधानको लाइन भन्ने विवादमा अल्झने । एमालेभित्र झलनाथ खनाललाई प्रधानमन्त्रीमा राख्ने कि नराख्ने भन्नेमा केन्द्रित हुने । यी दलहरूभित्र संविधान बनाउने भन्ने छलफल नै चल्दैन । संविधान बनाउने छलफल संविधानसभाभित्र पनि छैन र बाहिर पनि छैन ।
दुर्दिन ननिम्तियोस्
Tuesday, 05.24.2011, 06:30am
भनिन्छ– राजनीतिक सम्भावनाको खेल हो । संविधानसभाको थपिएको एक वर्षे म्याद सकिन पनि अब चार दिन मात्र बाँकी छ र सरकारले फेरि एकपटक एक वर्षका लागि म्याद थप्न संसद्मा अन्तरिम संविधान संशोधनको प्रस्ताव दर्ता गरेको छ । संविधानसभाभित्रको सबभन्दा ठूलो दल एनेकपा माओवादी जनविद्रोहको पूर्व नीति परित्याग गर्दै शान्ति र संविधानका निम्ति जतिसम्म पनि लचिलो बन्न अग्रसर देखिएको र संविधानसभाको म्याद थप्ने अथक कसरतमा लागेको छ भने शान्ति र संविधानकै पक्षमा जनजागरण अभियान चलाएको संविधानसभाको दोस्रो ठूलो दलका रुपमा रहेको विपक्षी दल नेपाली कांग्रेस दशवटा शर्तहरू अगाडि सार्दै ती शर्त पालना भए मात्रै संविधानसभाको म्याद थप्न सकिने भनिरहेको छ ।
आर्थिक संकटको ढाकछोप
Tuesday, 05.24.2011, 06:29am
नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले सरकारको राजस्व, खर्च, बजेट घाटासहित समग्र सरकारी वित्तीय स्थिति नियन्त्रण बाहिर नरहेको प्रष्ट गर्नुभएको छ । नेपाल राष्ट्र बैंकद्वारा गत बुधबार आयोजित पत्रकार सम्मेलनमा गभर्नर डा खतिवडाले मुलुकको समग्र आर्थिक परिसूचकहरू सन्तोषजनक रहेकाले तत्काल आर्थिक संकटको सम्भावना नरहेको पनि दावी गर्नुभयो । उता मुलुकको अनिश्चित राजनीतिक भविष्यसंगै उत्पन्न हुनसक्ने अवस्थाको विश्लेषण भने गर्नुभएको पाइएन ।
‘आणविक अस्त्र’ : त्राससंगै उत्पादको होडबाजी

Tuesday, 05.24.2011, 06:24am
दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासकी शहरमा आणविक बम प्रहार ग¥यो । त्यो बमले कैयौं लाख नागरिकको ज्यान गयो । यसको असर अहिले पनि परिरहेको छ । यो युद्धपछि जापानले आणविक हतियार नबनाउने कसम मात्र खाएन अमेरिकासंग त्यस्तै सम्झौता पनि ग¥यो । यति हुँदाहुँदै पनि जापानले ऊर्जाका लागि आणविक केन्द्रहरूको निर्माणमा तीब्रता दियो ।
प्रदेशको आधार भूगोल
Tuesday, 05.24.2011, 06:22am
काठमाडौं । संविधानसभाको भविष्य नै के हुने भन्ने विषय अनिश्चित बन्दैगएको भए पनि संघीयताका विषयमा भने बहसहरू चलिनै रहेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (जनवादी क्रान्तिकारी)ले नयाँ संविधानमा जातीयताको आधारमा नभएर भौगोलिक आधारमा प्रादेशिक विभाजनको अवधारणा राखिनुपर्ने बताएको छ ।
फोरम फेरि फुटयो
Tuesday, 05.24.2011, 06:21am
काठमाडौं । मधेशी जनअधिकार फोरम पुनः फुटेको छ । अध्यक्ष उपेन्द्र यादवको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै आउनुभएका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले हिजो विधिवत रुपमा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टी गठनको घोषणा गर्नुभएको छ ।
डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो
Tuesday, 05.24.2011, 06:19am
काठमाडौँ । संविधानसभाको तीन वर्षे कार्यकालले मुलुकलाई नयाँ संविधान दिएर आर्थिक–सामाजिक रुपान्तरणको बाटो तय गर्न नसके पनि अहिलेसम्म संविधानसभाको नाममा स्वदेशी र विदेशी गरी डेढ खर्ब रुपैया खर्च भइसकेको छ । यति ठूलो रकम लगानी भएको संविधानसभाले दिएको उपलब्धि भनेको अस्थिरतार, अनिश्चय र त्रास मात्र हो ।
जलविद्युतको नयाँ इतिहास रचिएला ?
Tuesday, 05.24.2011, 06:18am
काठमाडौं । प्रधानमन्त्री झलनाथ खनालले गत बुधबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएपछि चर्को लोडसेडिङको मारमा परेका विद्युत उपभोक्तामा केही आशा पलाएको छ । कुनै अनर्थ भएन भने आगामी चार वर्षभित्र मुलुकले आफ्नै लगानीमा ४ सय ५६ मेगावाट विद्युत उत्पादन गर्नेछ ।
असफल राष्ट्र बनाउने षड्यन्त्र
Tuesday, 05.24.2011, 06:16am
काठमाडौं । संविधानसभाको म्याद चार दिन मात्र बाँकी छ । सहमति कायम गरेर एउटा निकास निकाल्ने प्रयासमा अझै पनि दलीय आग्रहको छेकबार छ । चौध गतेपछि मुलुक संवैधानिक संकटको दिशातिर धकेलिंदै असफल राष्ट्रको श्रेणीमा पुुग्ने र बाह्य हस्तक्षेप निम्तिने भय मडारिन थालेको छ । शान्ति प्रक्रियाको सिन्को भाँचिएको छैन भने संविधानसभालाई पूर्णतः असफल बनाएर यसको औचित्यमाथि नै प्रश्न खडा गरी अनेक षड्यन्त्र बुन्न थालिएको आम अनुभूति छ ।
संविधानसभाको म्याद थपिनेमा आशंका
Tuesday, 05.24.2011, 06:14am
काठमाडौं । संविधानसभाको म्याद थपको विषयलाई लिएर प्रमुख राजनीतिक दलहरूबीच घम्साघम्सी चलिरहेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जेठ ६ गते राजधानीमा ठूलो जनशक्ति प्रदर्शन गर्दै विशाल आमसभा गरेर यथास्थितिमा संविधानसभाको म्याद नथप्ने घोषणा नै गरेको छ । कांग्रेसले अगाडि सारेको १० सूत्रीय शर्त तत्कालै पूरा हुन त्यति सहज पनि देखिंदैन । उता नेपाली कांग्रेससंग सबैभन्दा कान्छो दलका रुपमा गठनभएको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) सहित १६ दलले प्रधानमन्त्रीको राजीनामा नआइकन संविधानसभाको म्याद नबढाउने पक्षमा एकमत भएका छन् । सत्तारुढ एनेकपा माओवादीले संविधानसभाको म्याद थप्न जोडदार कसरत गरिरहेको छ भने भोलि सो दलले पनि राजधानीमा विशाल जनशक्ति प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । उता संविधान संशोधन गर्न व्यवस्थापिका संसद्मा दर्ता गरेको प्रस्ताव अगाडि बढ्न सकेको छैन । उनेकपा माओवादीले शान्ति र संविधानलाई प्राथमिकतामा राखेर ‘जनविद्रोह’को नीति स्थगित गरेको, लडाकू समायोजनका लागि सरकारी सेनाले प्रस्तुत गरेको खाकालाई स्वीकार गरेको, कांग्रेसले अगाडि सारेको १० सूत्रीय शर्तप्रति पनि लचिलो धारणा बनाएको, भारतलाई नचिढ्याउन आफैंले उठाएको राष्ट्रिय स्वाधीनताको मुद्दालाई ओझेलमा पारेको देखिए पनि नेपाली कांग्रेस लगायतका विपक्षी दलहरू उधारो सहमतिमा म्याद नथप्ने हुँकार गरिरहेका छन् । हिजो नेपाली कांग्रेसको संसदीय दलमाबसेको मधेशी मोर्चासहितका विपक्षी दलहरूको बैठक पनि माओवादीप्रति शंका व्यक्त गर्नमै केन्द्रीत रहेको समाचार सूत्रको भनाइ छ ।



 
::| Latest News

 
[Page Top]