विश्व शान्तिका लागि बुद्धको उपदेश महत्वपूर्ण
Wednesday, 05.17.2017, 11:58am
राष्ट्रपति विद्यादेवी भण्डारीले अहिंसा, सत्य, करुणा र सहिष्णुताजस्ता मानवीय गुणले ओतप्रोत बुद्धका शाश्वत् उपदेशले हाम्रा सभ्यतालाई दुई सहस्राब्दीभन्दा बढी समयदेखि मार्ग निर्देशित गर्दैआएको बताउनुभएको छ ।
|
|
 |
प्रबुद्ध व्यक्तिहरूको सम्मेलन बेइजिङमा सुरु
Wednesday, 05.17.2017, 11:57am
विश्वका प्रबुद्ध व्यक्तिहरूको सम्मेलन (फिफ्थ थिङ्क टाङ्क समिट) सोमबार बेइजिङमा सुरु भएको छ ।
|
|
 |
देशभर निर्वाचनको उल्लास : जेठ १५ अगावै बजेट ल्याउने कसरतमा सरकार
Thursday, 05.11.2017, 11:44am
मुलुक दुई दशको अन्तरमा हुन लागेको स्थानीय निकाय निर्वाचनले ढपक्क ढाकिएको छ । वैशाख ३१ गते पहिलो चरणमा तीन प्रदेशको निर्वाचनको तिथि नजिकिंदै गर्दा यी क्षेत्रका आम मतदाताहरु उत्साहित छन् । आफ्नो गाउँ नगरको विकासमा प्रत्यक्ष सहभागी हुन पाइने यो अवसरको उपयोग गर्न र आम मतदातालाई आफूतिर आकर्षित गर्न दलका उम्मेदवारहरु जवर्जस्त रुपमा प्रचारमा जुटिरहेका छन् । यसपटकको निर्वाचन अघिल्ला निर्वाचनहरुभन्दाा फरक ढंगले हुँदैछ । भड्किलो प्रचार शैलीलाई बन्द गरेर भद्र शैली अपनाइएको छ । विशेष गरी उम्मेदवारहरु सामाजिक सञ्जालको भरपूर उपयोग गरिरहेका छन् । आम मतदाता पनि तिनै सञ्जालहरुबाट उम्मेदवार चयनमा रमिरहेका छन् । निर्वाचनमा प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिए पनि मूल प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने आँकलन गरिएको छ । हुन्छ–हुँदैनको दोधारमा रुल्मुलिएको निर्वाचनको पहिलो चरण भने सहजै रुपमा सम्पन्न हुनेमा अब कुनै शंका छैन । दोस्रो चरणको निर्वाचन भने अझै धर्मरमा छ ।
|
|
 |
स्थानीय तह निर्वाचन लोकतान्त्रिक महोत्सव
Thursday, 05.11.2017, 11:43am
प्रजातन्त्रको मेरुदण्ड, भौतिक पूर्वाधार विकास र आर्थिक समृद्धिको आधार मानिएको स्थानीय तहको निर्वाचन दुई दशकको अन्तरालमा पहिलो चरणमा वैशाख ३१ गते हुँदैछ । जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनपछि विगत २० वर्षदेखि कर्मचारी र सर्वदलीय संयन्त्रमार्फत चल्दै आएको स्थानीय तहमा अब भने जनप्रतिनिधि चयन हुनेछन् ।
|
|
 |
प्रधान न्यायाधीशको पुनःवहाली अब के ?
Thursday, 05.11.2017, 11:42am
काठमाडौं । सत्तापक्षका केही नेताको स्वार्थ विपरीतको निर्णय गरेको आक्रोशमा संविधानको मर्म र भावना विपरीत प्रधान न्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावलाई सर्वोच्च अदालतकोा अन्तरिम आदेशसंगै तुहिएको छ । अदालतले जेजस्तो आरोप कार्कीमाथि लगाइएको थियो त्यो संविधानसम्मत नभएकाले तत्काल निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेपछि आइतबारदेखि उहाँ सर्वोच्च जानुभयो । यो मुद्दाले सरकारलाई ठूलो नैतिक संकटमा धकेलेको छ ।
|
|
 |
स्खलित नैतिकता र गुम्दो इमान
Thursday, 05.11.2017, 11:41am
हरेक व्यक्तिको सफलताको कारण उसको मेहेनत, इमान र नैतिकता नै हो । नैतिक रुपमा बलियो मान्छे कुनै पनि संकटको सामना गर्न गराउँदैन । मेहेनती मान्छे जस्तोसुकै संकटमा हरेस खाँदैन अनि इमान भएको मान्छेको शिर कहिल्यै झुक्दैन । यी तीन पक्ष व्यक्तिको सफलता, लोकप्रियता र सम्मानको आधार हो । यो शाश्वत सत्यको पालना गर्नेहरुको आज खडेरी परेको छ । यस्तो इमान र नैतिकताको खडेरीले नेपाल जस्ता थुप्रै मुलुकको राजनीतिमा परेको छ र यही खडेरीले हामी दग्ध छौं ।
|
|
 |
एडीबीको लगानी समाज रुपान्तरणमा हुनुपर्ने
Thursday, 05.11.2017, 11:41am
नेपालको विकास आयोजनामा महत्वपूर्ण सहयोग गर्दैआएको एसियाली विकास बैंक (एडीबी)को लगानी सामाजिक–आर्थिक रुपान्तरणमा मद्दत पुग्ने ठूला र परिणाम देखिने परियोजनामा हुनुपर्ने उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आग्रह गर्नुभएको छ ।
|
|
 |
सन्निकट निर्वाचनको सार्थकता
Thursday, 05.11.2017, 11:40am
वैशाख ३१ गतेको दिन आउन अब ५ दिनमात्र बाँकी छ । पुनः संरचित स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी सरकारले सुरूमा बैशाख ३१ गतेको मिति तोके पनि बीचमा आएर यो निर्वाचन दुई चरणमा गर्ने भनी पूर्व घोषित दिनमा ३ प्रदेशका ३४ जिल्लाका २ सय ८३ तहमा र बाँकी ४ प्रदेशका ४१ जिल्लाका ४ सय ६१ तहमा जेठ ३१ गते निर्णय सरकारले ग¥यो । पहिलो चरणको घोषित निर्वाचनले अहिले पूर्ण गति लिइसकेको छ । उम्मेदवारी दर्ता र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भैसकेको छ ।
|
|
 |
राजनीतिक दल, सत्ता र आजको वास्तविकता
Thursday, 05.11.2017, 11:39am
अहिले स्थानीय निकायको निर्वाचनको वातावरण छ । उम्मेदवारी दिएका दलहरुले आआफ्नो बखान गरेर थाकेका छैनन्न । अनेक बुट्टादार योजना, नीति र कार्यक्रम बोकेर जनताको घरदैलोमा पुगिरहेका छन् । र उनीहरुले यस्तै कुरा अघिअघि पनि गरेको भने बिर्सिसकेका छन् ।
|
|
 |
शेरचनको शव काठमाडौंमा
Thursday, 05.11.2017, 11:35am
८६ वर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने अभियानमा आरोहणमा निस्कनुभएका मीनबहादुर शेयचनको शनिबार गिरमाथा आधार शिविरमा निधन भएको छ ।
|
|
 |
“पाकिस्तानका हिन्दू सम्पदा”बारे घोत्लिंदा
Thursday, 05.11.2017, 11:35am
केही महिना पहिले एउटा निकै दर्शकले रुचाए–पत्याएको टी.भी.च्यानलले “पाकिस्तानमा रहे बसेका सनातन वैदिक धर्मानुयायीहरुमाथि सीमान्त उत्पीडन थोपरिएको” परिदृश्य प्रस्तुत गरेको थियो ।
|
|
 |
साहित्यकार श्यामप्रसादको निधनमा शोक
Thursday, 05.11.2017, 11:33am
नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य, प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसादको निधन भएकामा शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
|
|
 |
नेपालको संविधानबाट अमेरिकाले सिक्ने
Thursday, 05.11.2017, 11:31am
काठमाडौं । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्व सभामुख न्यान्सी पेलोसीले नेपालको संविधानमा गरिएको महिला सहभागिता एवम् समावेशिताको व्यवस्थाको प्रशंसा गर्दै यसबाट अमेरिकाले पनि सिक्न सक्ने धारणा राख्नुभएको छ ।
|
|
 |
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन
Thursday, 05.11.2017, 11:31am
काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक योद्धा, नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको शनिबार बिहान ८.४५ बजे निधन भएको छ ।
|
|
 |
सात वर्षपछि खुल्यो नेपाल औषधि लिमिटेड
Thursday, 05.11.2017, 11:31am
औषधि माफिया र राजनीतिककरणको मारमा परेको राष्ट्रिय उद्योग नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ । उद्योगले आइतबारबाट झाडापखाला लाग्दा उपयोगी मानिएको जीवनजलको उत्पादन सुरु गरेको छ ।
|
|
 |
दलहरू तालमेलमा ओर्लिए
Thursday, 05.11.2017, 11:30am
निर्वाचनको मिति नजिकिँदै गएपछि कास्कीमा उम्मेदवारहरूको दौडधूप तीव्र बन्दै गएको छ । दलहरूले चुनाव चिन्ह लिएपछि मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरू वडाका टोलटोलमा पुगिरहेका छन् ।
|
|
 |
गोरखामा दाहाल–भट्टराई पक्षको झडप
Thursday, 05.11.2017, 11:29am
गोरखा । चुनाव प्रचारप्रसारका क्रममा नेकपा (माओवादी केन्द्र) गोरखाले नयाँ शक्ति पार्टीका कार्यकर्तालाई आक्रमण गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दललाई संयमित भएर चुनाव प्रचारप्रसार गर्न आग्रह गरेको छ ।
|
|
 |
आर्थिक समृद्धि प्रमुख दलका घोषणापत्रको सार
Thursday, 05.11.2017, 11:28am
२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनन अन्तर्गत पहिलो चरणको निर्वाचनका लागि सार्वजनिक भएका प्रमुख दलका चुनावी घोषणापत्रमा आर्थिक समृद्धि र विकासका विषयलाई नै पहिलो प्राथमिकतामा राखिएको छ ।
|
|
 |
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिकलाई पक्राउ
Thursday, 05.11.2017, 11:27am
उत्तर कोरिया आइतबार एक अर्का अमेरिकी नागरिकलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ ।
|
|
 |
चार दलित महिला सदस्य निर्विरोध
Thursday, 05.11.2017, 11:27am
उत्तरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा चारजना दलित महिला निर्विरोध निर्वाचित भएका छन् ।
|
|
 |