युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.20.2019, 12:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
नेकपाले टुङ्गो लगायो एकता
Thursday, 04.25.2019, 02:14pm
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट घोषणा गरिएको थियो ।
नयाँ वर्षको आरम्भसंगै नयाँ चुनौतिका सकेत- राष्ट्रिय परिस्थिति अन्योलपूर्ण बन्दै
Tuesday, 04.16.2019, 01:37pm
काठमाडौं । मुलुक नयाँ वर्ष २०७६ मा प्रवेशसंगै छताछुल्ल हुनथालेका राजनीतिक आर्थिक क्षेत्रका विसङ्गत प्रवृत्तिहरू सरकारका लागि ठूलो चुनौती बन्ने पूर्व संकेतहरू देखापर्न थालेका छन् । देशमा दुई तिहाइको स्थायी सरकार स्थापित भएर पनि शासकीय शैली र चरित्रमा सुधारका लक्षणहरू नदेखिएकाले राष्ट्रिय परिस्थिति अझै अन्योलपूर्ण र अविश्वसनीय बनिरहेको छ । विगत एक वर्षको अन्तरालमा संसदभित्र र बाहिरका प्रतिपक्षी र सरकारविरोधी दलहरूको भूमिका प्रभावकारी नदेखिएको भए तापनि अब मोर्चाबद्ध भएर नै सरकारको विरोधमा आन्दोलन गर्ने नयाँ कसरत सुरू भएको छ । यता  सत्तारूढ दल नेकपाभित्रै पार्टी एकता प्रक्रियामा भएको विवाद र बिलम्बले पार्टीका आमकार्यकर्ताबीच नै अन्योल र अनिश्चितता व्याप्त छ भने तमाम कार्यकर्ता जिम्मेवारीबिहीन हुँदा उत्पन्न भैरहेको नैराश्यले पनि पार्टी नेतृत्वप्रतिको आक्रोश बढाएको सम्बद्ध राजनीतिक सूत्रहरू बताउँछन् ।
प्रधानमन्त्री ओलीका दुई सम्बोधन कति बदलियो ?
Tuesday, 04.16.2019, 01:36pm
काठमाडौं । दुई तिहाई सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालको पहिलो दिन कर्णाली प्रदेशको राराबाट देशबासीका नाममा सम्बोधन गर्दै “अहिले पनि के नेपाल बन्छ ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ” भन्ने प्रश्न आफूले पटक पटक सुन्दै आएको बताउँदै ‘‘नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ ।
भएको काम र भावी योजना ‘शब्दजाल’ मात्रै !
Tuesday, 04.16.2019, 01:36pm
काठमाडौं । सरकारले एक वर्षमा गरेका काम र भावी योजनाहरुका बारेमा उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार देशबासीका नाममा गरेको सम्बोधनलाई विपक्षी दलका नेताहरुले आत्मप्रशंसा र शब्दजालको संज्ञा दिएका छन् । हुन पनि विपक्षी दलहरुलाई समेत चर्को आलोचना गरिएको सम्बोधनमा प्रधानमन्त्री ओलीले एक वर्षमा आफूले गरेका कामहरूको विस्तृत विवरण दिनुभएको थियो ।

कामै नगरी भुक्तानी भ्रष्टाचार होइन र ?
Tuesday, 04.16.2019, 01:35pm
काठमाडौं । नेपालमा भ्रष्टाचार संस्थागत हुँदै गएको छ । देशका ठूला विकास आयोजना हुन् वा अन्य सरकारी काम सबैमा काम कसरी सुलभ, र छिटो सम्पन्न गर्ने भन्दा पनि कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्न बढी हुने गरेको छ । 
विक्रम संवत जीवनचर्याको शास्त्रीय गणित- यादब देवकोटा
Tuesday, 04.16.2019, 01:34pm
हरेक वैशाख १ गतेबाट नयाँ सम्वत्को शुभारम्भ हुन्छ । यतिबेला हामी विक्रम सम्वत् २०७६ सालको प्रारम्भमा छौं । हाम्रो प्रचलनमा रहेको विक्रम संवत् वैदिक सनातन संस्कृतिमा अनुप्राणितहरुको जीवनचर्याको उच्च वैज्ञानिक गणितीय पद्धति हो । विक्रम संवत अन्तर्गत ६० वटा सम्वतसर हुन्छन् । प्रत्येक ६० वर्षमा सम्वत दोहोरिन्छ । त्यसैले यसलाई षष्टि सम्वतसर भनिन्छ । 

भावनात्मक स्वर लहरीको गुञ्जन
Tuesday, 04.16.2019, 01:27pm
नेपाली पात्रोअनुसारको नयाँवर्ष २०७६ सुरू भएको छ । सम्बत्सर फेरिएको छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गरेको दिन बैशाख १ गतेलाई नेपाली प्रचलनअनुसार नयाँ वर्ष प्रवेश मानिन्छ । हाम्रा आफ्नै मौलिक प्ररकृतिका रीतिरिबाज र प्रचलनहरू छन् ।  एकआपसमा शुभकामना आदान प्रदान गर्ने ,राष्ट्रपति ,प्रधानमन्त्री, पूर्व राष्ट्राध्यक्ष, विभिन्न दलका शीर्ष नेताहरूबाट शुभकामना वक्तव्यको लहर चल्छ– यो पनि हाम्रो चलिआएको चलन हो । वितेको अघिल्लो वर्षका उपलब्धि र कमीकमजोरीको मूल्याङ्कन र विश्लेषण अनि नवागत वर्षको आशा र अपेक्षाअनुरूका भावनात्मक स्वर लहरीको गुञ्जन नै यो अवसरको मुख्य विशेषता रहँदैआएको छ । 

कसले खोजी गर्ने वर्षौदेखि भारतमा वेपत्ता भएका एक सय ६५ युवा
Tuesday, 04.16.2019, 01:26pm
मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो ।

नयाँ वर्षमा किन वाग्मतीको मुहान वाग्द्वारमा स्नान गर्ने ? कारण यस्तो छ
Tuesday, 04.16.2019, 01:25pm
नयाँ वर्षका दिन उपत्यका लगायत देशभरका नदी, तीर्थहरुमा दर्शनार्थीको घुइँचो लाग्छ । काठमाडौं उपत्यकाका तमाम तीर्थहरुमध्ये उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहान वाग्द्वारमा स्नान गर्नेहरुको भीड लाग्छ ।

सबै नेपालीलाई बैंक खाता अभियान- वित्तीय पहुँचको आधार
Tuesday, 04.16.2019, 01:24pm
 सरकारले नयाँ वर्ष पहिलो दिन नै देशैभर ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको हो । ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान शुरु गरिएको हो ।
लुक्ला विमान दुर्घटना : तीनजनाको मृत्यु
Tuesday, 04.16.2019, 01:23pm
काठमाडौं । विश्वकै सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रुपमा रहेको सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको विमान रोकिराखिएको हेलिकप्टरमा विमान ठोक्किएको थियो । 
जहाजमा चालकदल बाहेक यात्रु भने थिएनन् ।
चर्को शुल्क बन्द गर्न माग
Tuesday, 04.16.2019, 01:20pm
काठमाडौं । निजी शैक्षिक संस्थाले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क बन्द गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई शुक्रबार ज्ञापनपत्र बुझाइएको छ । 

पर्यटनमा देखिएको उत्साह र भोग्नुपरेको वियोग
Tuesday, 04.16.2019, 01:17pm
विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने वर्षको उत्तरार्धतिर हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित पर्यटन क्षेत्रमा योगदान गरेका महत्वपूर्ण व्यक्तिको निधनले उत्साहलाई वियोगान्तमा परिणत गरिदियो । 

मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य सशस्त्र प्रहरी महानिरीक्षक खनाल
Tuesday, 04.16.2019, 01:16pm
सशस्त्र प्रहरी बल नेपालले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न शान्ति सुरक्षाको क्षेत्रमा प्रतिबद्ध भएर लागेको बताएको छ । सशस्त्र प्रहरी बलले सोमबार पत्रकार सम्मेलन गरी मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताएको हो ।

समताले पायो गिनिज बुकको प्रमाणपत्र
Tuesday, 04.16.2019, 01:15pm
नेपालमा मात्र हैन विदेशमा समेत एक सय रुपैयाँमा स्तरीय शिक्षा उपलब्ध गराउने अभियान नै चलाइरहेको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समतालाई सोमबार सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा  आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ ।

अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा
Tuesday, 04.16.2019, 01:14pm
विश्व अर्थतन्त्र खस्किनुको प्रमुख कारण मानिएको चीन–अमेरिका व्यापार विवाद वार्ताद्वारा सुल्झाउन दुबै देशबीच जारी वार्ता निष्कर्षमा पुग्न लागेको अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले बताउनुभएको छ ।
सरकार विवादै विवादको कठघरामा- देशभर लाखौं विरामीको विचल्ली
Wednesday, 04.10.2019, 11:02am
काठमाडौं । देशभरका १४ सय सरकारी चिकित्सकहरू गत आइतवारदेखि सेवा बहिष्कार गरी आन्दोलनमा उत्रिएर अनिवार्य सेवाका क्षेत्रमा हडताल गर्न नपाइने सरकारी घोषणाको अवज्ञा गर्दा लाखौं सेवाग्राहीहरू घोर अन्यायमा परेका छन् । सरकारले कुनै पनि बहानामा विरामीलाई दुःख दिन नपाइने जिकिर गर्दै डाक्टरहरूलाई उपचार सेवामा लाग्न आग्रह गरे पनि विश्व स्वास्थ दिवसकै दिनदेखि आन्दोलन सुरू भएको छ । चिकित्सकहरू प्रदेश र स्थानीय तहमा समायोजित हुन नचाहेका र उनीहरूको माग संघीय सरकारकै मातहतमा रहेर प्रदेश र स्थानीय तहमा काम गर्न पाउनुपर्ने भन्ने छ । सरकारको समायोजन विषयक निर्णय र हड्ताल गर्न निषेध गरेको निर्णयविरूद्ध चिकित्सकहरूले गरेको आन्दोलनले लाखौं सेवाग्राही वेरामीलाई ठूलो मर्कामा पारेको भए पनि सरकार भने मौन भएर रमिता हेरिरहेको छ । सरकारी निर्णयको अवज्ञा गर्ने चिकित्सकहरूमाथि कानूनले तोकेको कार्वाही गर्ने वा समायोजनको प्रारूप बदल्ने निर्ण गरेर चिकित्सकहरूलाई सेवामा फर्काउने बाहेक सरकारसंग अर्को विकल्प छैन तापनि सरकार तत्काल कदम चाल्न उदासिन देखिएकाले वेरामीहरू मारखेप्दै विलखबन्दको अवस्थामा पुगेको निराशाजनक स्थिति सिर्जित छ । सुदूर भविष्यका निम्ति स्वर्णिम सपना बाँडेर नयाँनयाँ योजनाहरू सार्वजनिक गरिरहेको दुई तिहाई बहुमतको बलियो सरकारले सर्वसाधारण जनताका तात्कालमा समस्याहरूको निराकरणका लागि देखाएको उदासिनता सर्वत्र आलोचनाको विषय भएको छ ।

प्रधान न्यायाधीश राणाले संगै राजीनामा दिन प्रस्ताव गरेपछि
Wednesday, 04.10.2019, 11:01am
काठमाडौं । नेपालमा जे पनि आफू भए ठीक अरु भए बेठीक, आफ्नो काम कानुनसम्मत र निष्पक्ष अरुका लागि गैरकानुनी र भेदभाव भन्ने शैली र परम्परा कायमै छ । यस्तै देखियो गत शुक्रबार सम्पन्न भएको न्यायाधीशको राष्ट्रिय सम्मेलनमा । सम्मेलनमा न्यायाधीश सिफारिश, सर्वोच्चको पछिल्लो फैसलालाई लिएर आलोचना भयो अनि न्यायपालिका कार्यपालिकाको छायाँमा परेको आरोप लगाइयो ।

दोस्रो लगानी सम्मेलनले दिएको सन्देश - तारा सुवेदी
Wednesday, 04.10.2019, 11:01am
लोकतान्त्रिक शासन प्रणालीमा वाक–प्रकाशन स्वतन्त्रता, आधारभूत मौलिक हक अधिकारको साथै आवधिक निर्वाचनका माध्यमबाट जनताद्वारा जनताका लागि जनताको प्रतिनिधिद्वारा देशको शासन प्रणाली संचालित हुन्छ” भन्ने आम मान्यता छ । यसैले हर एक मुलुकले लोकतान्त्रिक व्यवस्थाको विरुद्ध गतिविधि गरेपनि आफू पक्षपाती रहेको देखाउने गरेका छन् । ठेठ शब्दमा भन्नु पर्दा “लोकतन्त्र” आलु हो जस्को साथ सहयोग वा उपस्थिति विना भान्छा चल्दैन । 

विश्वव्यापी बजार भएको रत्न प्रशोधन कहिले ?
Wednesday, 04.10.2019, 11:00am
प्रकृतिले नेपाललाई सबथोक दिएको छ । पेट्रोलियमदेखि ग्यास अनि खनिजका साथै विश्वमा अत्यधिक मूल्य रहेको युरेनियम र गहनाका रुपमा प्रयोग हुने रत्न (पत्थर) प्रशस्तै छ । पूर्वी पहाडदेखि पश्चिमका पहाडी जिल्लामा यी रत्नहरुको खानी रहेको छ । यसको केही सीमित व्यापारीहरुले उत्खनन् गरेर कमाइरहेका छन् । सरकारलाई कुनै राजश्व छैन अनि बहुमूल्य पत्थरका खानीको छेउमा बस्ने जनता गरीबीको चरम सीममा छन् ।
  » प्रमुख दल गुटबन्दीको शिकार बन्दा
  » विपद व्यवस्थापनमा दक्षताको प्रश्न
  » सुरक्षित बस्ती नै विपत्तिबाट जोगिने उपाय - यादब देवकोटा
  » आफैं जान्ने बुझ्ने हुनुहुन्छ नी ! धेरै के लेखौ - महेश्वर शर्मा
  » हावाहुरी पीडितलाई राहतभन्दा आहत बढी- फोटो चिखेर प्रचार गर्नेहरु नै भेटिए अत्यधिक
  » डेढ दर्जन अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने
  » फलाम र पत्थर खानी उत्खनन गर्दै सरकार
  » शिव पार्वतीको भेषका विदेशी नागरिक भक्तजनबाट मोटो रकम असुल्दै
  » सरकार डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय
  » पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता
  » ४८ जिल्ला पूर्ण साक्षर हुँदा राजधानी किन हुन सकेन ?
  » पाँच वर्षभित्र नेपाल अल्पविकसितको सूचीबाट हट्ने !
  » प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ
  » प्रलेसको अध्यक्षमा मा डा गिरी
  » अमेरिकी नयाँ प्रतिबन्धविरूद्ध उभिने भेनेजुयलाको चेतावनी
  » अमेरिकी गृहमन्त्री निल्सनद्वारा राजीनामा
  » हावाहुरीका कारण जनधनको अकल्पनीय क्षति
  » न्यून उपलब्धीको महत्वाकांक्षी लगानी सम्मेलन
  » सरकार यी नेपाली कहाँ छन् ?
  » नेपालीले बनाए मिनी पानीजहाज



 
::| Latest News

 
[Page Top]