संकटमा मेलम्ची खानेपानी आयोजना
Tuesday, 06.12.2018, 03:14pm
उपत्यकाबासीको दुई दशकअघिदेखिको सपनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र परेको छ । सुरुङमार्ग निर्माण गर्ने ठेकेदार सिएएमसी रेभेनाले तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेपछि आयोजना तोकिएको समयमा सम्पन्न नहुने देखिएको हो ।
|
|
 |
२०२० मा २० लाख पर्यटक भित्रिएलान् ?
Tuesday, 06.12.2018, 03:14pm
काठमाडौं । सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु¥याउने योजना सार्वजनिक गरेको थियो ।
|
|
 |
धर्म परिवर्तन गराउने एनजिओ र आइएनजिओ कारबाहीमा पर्ने
Tuesday, 06.12.2018, 03:13pm
काठमाडौं । सामाजिक कार्य गर्ने नाममा धर्म परिवर्तन, जातीय विद्वेष बढाउने जस्ता अवाञ्छित गतिविधि गर्ने राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ ।
|
|
 |
ट्रम्प र किम शिखर वार्ता
Tuesday, 06.12.2018, 03:11pm
राजनीति भनेको सम्भावना हो र यसले जुनसुकै बेला जस्तोसुकै नतिजा दिनसक्छ भन्ने उदाहरण विश्वको महाशक्ति राष्ट्र अमेरिका र उसको परम दुश्मन मुलुक उत्तर कोरियाले देखाएको छ । यी दुई मुलुकका राष्ट्राध्यक्षबीच आजबाट शिखर वार्ता हुँदैछ ।
|
|
 |
खोतल्नुपर्ने दुई षड्यन्त्रात्मक हत्या काण्ड
Wednesday, 05.30.2018, 04:45pm
काठमाडौं । नेपालको राजनीतिमा रक्तपातको लामो शृङ्खला छ । कोतपर्व, भण्डारखाल पर्व जस्ता काण्डदेखि झापा विद्रोह, माओवादी विद्रोह जस्ता रक्तपातको चरण पार गरेर मुलुक गणतन्त्रमा प्रवेश गरेको एक दशक नाघिसकेको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि सुरू हुन्छ । यस अवधिमा ठूलठूला काण्ड मच्चिएका छन् ।
|
|
 |
आज संघीय सरकारको पहिलो बजेट
Wednesday, 05.30.2018, 04:45pm
काठमाडौं । संघीय संसदमा आज आर्थिक वर्ष २०७५।०७६को वार्षिक बजेट प्रस्तुत हुँदैछ । देशको ढुकुटी रित्तो र अर्थतन्त्र निराशाजनक रहेको बताउँदै आउनुभएका राम्रै अर्थशास्त्री मानिने अर्थमन्त्री डा. युवराज खतिवडाले ढुकुटी भरिने र अर्थतन्त्र आशाजनक बाटोमा लाग्ने गरी कस्तो बजेट तर्जुमा गर्नुभएको छ भन्ने कुतुहलता यतिखेर सबैतिर व्याप्त छ । विगतका गलत आर्थिक नीति र राष्ट्रिय दृष्टिकोणको अभावका कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दैगएकाले एकसरो आङ् ढाक्न मात्रै होइन साँझबिहान हातमुख जोर्नसमेत विदेशबाटै अन्नपात आयात गर्नुपरेको अनपेक्षित अवस्था अहिलेको यथार्थ हो । यो अवस्था हट्नसक्ने गरी राष्ट्रिय अर्थतन्त्र बलियो पार्न उहाँको विद्वता कति उपयोगी हुने हो भनी बौद्धिक राजनीतिक क्षेत्रले गम्भीर चासो राखेर हेरिरहेको छ । समृद्धिको यात्रा सुरू भएको भन्दै सरकारले संसदमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम सदनबाट पारित भैसकेको र देशको वर्तमान आर्थिक चित्र झल्काउने गरी प्रतिनिधिसभा र राष्ट्रियसभामा अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पनि प्रस्तुत भैसकेको पृष्ठभूमिमा आज आउने बजेटले साच्चै नै आर्थिक समृद्धिको नयाँदिशा अवलम्बन भएको बोध गराउँछ वा परम्पराको औपचारिकता मात्रै पूरा गर्छ भन्नेतिर आमचासो बढेको छ ।
|
|
 |
सुन तस्करीको सनसनी
Wednesday, 05.30.2018, 04:44pm
काठमाडौं । साँढे ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य आरोपी भनिएका चुडामणि उप्रेती गोरेले दिएको बयानले सनसनी मच्चिएको छ । उनले आफू सुन तस्करमिा संलग्न भएको स्वीकार्दै आफूले सेटिङ मात्र मिलाउने गरेको र यसमा उच्च प्रहरी अधिकारी र ठूला नेताका समेत संलग्नता भएको सनसनीपूर्ण खुलासा गरेका छन् ।
|
|
 |
यही हो भारतको सदासयता र सहयोग !
Wednesday, 05.30.2018, 04:44pm
काठमाडौं । नेपालको विकास र समृद्धि चाहने भन्ने भारतले यसका लागि के कति काम गरेको छ र के कस्ता अबरोध खडा गरेको छ भन्ने उदाहरण एक होइन अनेक छन् । ठूलादेखि साना आयोजनासम्म जिम्मा लिएर काम नगर्ने भारतको प्रवृत्तिले सम्बन्धका एतिहासिक दृष्टान्तलाई खिल्ली उडाएको छ । यसै कारण नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा अनि धार्मिक सांस्कृतिक रूपमा जति निकट छ राजनीतिक रूपमा त्यस्तो छैन ।
|
|
 |
मन्त्रीहरू करोडपति, जनता कहिले ? - यादब देवकोटा
Wednesday, 05.30.2018, 04:43pm
सम्पत्तिका सवालमा कोहीभन्दा कोही कम रहेनछन् । अरू त अरू चुनावमा एक एक रूपैयाँ चन्दा लिएको सवर्ग प्रचार गर्ने लालबाबु पण्डित समेत झण्डै झण्डै करोडपति रहेछन् । उनको सम्पत्ति विवरण हेर्दा चकित पार्नेखालको छ । एउटा थोत्रो साइकल अनि ५५ लाख रूपैयाँ बैंक मौज्दात । प्रधानमन्त्री केपी ओली पनि करोडपति हुनुहुँदो रहेछ । करोडपति प्रधानमन्त्रीका मन्त्रीहरू पनि करोडपति नै छानिएछन् । यसलाई सकारात्मक पाटोबाट हेर्ने हो भने आफैंमा सम्पन्न मन्त्रीहरूले पक्कै पनि भ्रष्टाचार नगरी देश र जनताकै काम गर्लान् !
|
|
 |
पाँचवर्षका केही मीठा सपना
Wednesday, 05.30.2018, 04:42pm
नेपाल कम्युनिष्ट पार्टीको एकमना सरकारले संघीय संसदमा जेठ ७ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७।०७६को नीति तथा कार्यक्रम १३ गते आइतवार सर्वसम्मत रूपमा पारित भएको छ । प्रस्तुत नीति र कार्यक्रम पारित हुने क्रममा संसदभित्र छलफलको क्रममा उठेका सवाल र जिज्ञाशाहरूवारे जवाफदिँदै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले दिउँसै सपना देखी पूरा गर्नसक्ने आकांक्षा राखेर नै यो नीति र कार्यक्रम ल्याइएको जवाफ दिनुभएको छ । प्रधानमन्त्रीज्यूको जवाफ र भनाइलाई पत्याउने हो र उहाँको सरकारले गरेको प्रतिबद्धता पूरा हुने हो भने आगामी पाँच वर्षभित्रै देशको मुहार निश्चय नै उज्यालो हुनेछ । प्रधानमन्त्रीज्यूको भनाइमा यो नीति र कार्यक्रम महत्वाकाकांक्षी र कर्मकाण्डी नभै व्यवहारको कसीमा खरो उत्रनसक्ने खालकै हो ।
|
|
 |
चुनाउमा बकेका कुरा बक्यौतामै नरहुन्म - हेश्वर शर्मा
Wednesday, 05.30.2018, 04:38pm
झण्डै पौने दुई सय वर्षअघि अब्राहम लिंकनले– “असल शासकले सुदूर भविष्य हेरेर काम गर्छन् भने केबल राजनीति गर्नेहरुले आउँदो निर्वाचनलाई मात्र सोचेर काम गर्छन्” भनेका थिए । उनको त्यो भनाई आज पनि व्यवहारमै देखिदै आएको छ । आज त अझ सोझासिधा जनतालाई भ्रममा पार्ने जादूगरका जस्ता चमत्कारी भाषण गर्नेहरुले त्यस्तै कपटी काम गर्दैआएको देखिन्छ ।
|
|
 |
“ओली सरकार जुद्धशम्शेरपछि सबैभन्दा शक्तिशाली सरकार हो” - गगन थापा
Wednesday, 05.30.2018, 04:38pm
यो सरकारको बुनियाँद भनेको संख्याको तागत हो । जसले सिर्जना गरेको सकारात्मक प्रभाव भनेको स्थिरता हो । सरकार गठन भएकै दिनमा ५ वर्षका लागि स्थिर सरकार दिन्छ भन्ने सन्देश हो ।यदि माओवादी र एमालेको तिक्तता एकदम धेरै बढेको थियो, मधेसी पार्टीले समर्थन फिर्ता लिएका थिए भने १०० दिनमा सरकारको बुनियाद हल्लिएको हुन्थ्यो । तर, त्यसो भएन । पार्टी नै एक भयो र अरूले समर्थन पनि फिर्ता लिएका छैनन् । सरकारले आफ्नो बुनियाद अझ सिमेन्टेड गरेको छ ।
|
|
 |
राष्ट्रपतीय शासन प्रणाली किन ? - तारा सुवेदी
Wednesday, 05.30.2018, 04:37pm
समुद्रमा सानो ढुंगा तैरिएपछि सानै तरंग आउँछ, ठूलो जहाज पार भएपछि त्यही अनुसारको छाल आउँछ । त्यो स्वाभाविक हो । विश्व इतिहासले दिएको शिक्षा त्यही हो । हरेक महिना र वर्षमात्र होइन, दशक र शताब्दीमा प्रत्येक राज्यमा करोडौं अर्बौ मान्छे जन्मिन्छन् । जीवन र जगत् भोग्छन् । पुनः आ आफ्ना पारिवारिक सामाजिक क्षितिजबाट अस्त भएर जान्छन् । तर केही कोही विरला कोटीका व्यक्ति जन्मिँदा त सबै सरह भएर जन्मिन्छन् ।
|
|
 |
साठी लाख नेपालीलाई गरीबीको रेखामुनीबाट निकाल्ने चुनौति
Wednesday, 05.30.2018, 04:36pm
आर्थिक समद्धिका नाराका बीचमा साठी लाखभन्दा बढी नेपाली निरपेक्ष गरिबीको रेखामुनि रहेको तथ्य बिर्सन सकिंदैनन । यति मात्र हैन बहुआयामिक गरिबी दर भने अझै उच्च रहेको छ । यस वर्षको आर्थिक सर्वेक्षणले यो कुरा देखाएको र चालू आवमा प्रतिव्यक्ति आय एकहजार चार अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ ।
|
|
 |
ट्रम्प भन्छन् उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ
Wednesday, 05.30.2018, 04:35pm
उत्तर कोरियासंगको निर्धारित वार्ता रद्द भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई आएको केही दिनमै उहाँले नै र उत्तर कोरियाली नेता किम जोङ संग आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने बताउनुभएको छ ।
|
|
 |
राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख
Wednesday, 05.30.2018, 04:35pm
काठमाडौं । शताब्दी वर्षमाा प्रवेश गर्नै लाग्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा एकाएक समस्या आयो । काठमाडौंमा उपचार सम्भव नभएपछि उहाँको अहिले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भैरहेको छ ।
|
|
 |
डुवानका विषयमा किन गहन कुरा भएन ?
Tuesday, 05.15.2018, 09:30am
काठमाडौं । नेपाल भारतको सम्बन्ध जतिसुकै सुमधर भयो भनिए पनि भारतले नेपालको आर्थिक समृद्धिमा सघाउने जतिसुकै चिल्ला कुरा गरे पनि भारतकै कारण नेपालको समृद्धिमा अबरोध पुगेको छ । भारतले सीमावर्ती क्षेत्रमा बनाएका बाँध र नेपालभित्रै बनाइएका बाँधका कारण नेपाल पीडित बनिरहेको छ । यस्तैमा पर्दछ गण्डक नहर ।
|
|
 |
मोदी भ्रमणले ल्याएको तरङ्ग
Tuesday, 05.15.2018, 09:30am
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बैशाख २८-२९ गते नेपालमा भएको धार्मिक-राजनीतिक भ्रमणको उपलब्धि र यसबाट आन्तरिक राजनीति एवं कुटनीतिक क्षेत्रमा पर्नसक्ने प्रभाव वारे बौद्धिक राजनीतिक क्षेत्रमा गम्भिर चासो बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नै कुटनीतिक त्रुटि भएको स्वीकार गर्नुभएको यो भ्रमणका सन्दर्भमा देखिएका दृश्य र विन्तिबिसाउका प्रकरणले राजनीतिक क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ । जबरजस्त हिन्दीमय बनाइएको जनकपुरमा देखिएको ताझाम र २ नं.प्रदेशका मुख्यमन्त्रीको राष्ट्रिय मर्यादा विपरीतको कथनका अन्तर्निहित कारण गम्भिर चासोका विषय बनेका छन् । मोदी भ्रमणकै बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले नेपालको अखण्डभूमि जनकपुरलाई भारतमा विलय गर्नुपर्ने भन्दै दुई देशबीचको सम्बन्ध धमिल्याउन गरेको बकबास पनि उत्तिकै निन्दा र चर्चाको विषय भएको छ । पार्टी एकीकरणको सङ्घारमा रहेका सत्तासाझेदार दल नेकपा एमाले र माओवादीबीच दूरी बढेको आभास दिने गरी छताछुल्ल हुनथालेको असन्तुष्टिले पनि दुई तिहाइ बहुमतको स्थीर सरकारको आधार कतै खल्बलिँदै त गएको छैन भन्ने आशङ्का उब्जाएको छ । नेपालको आन्तरिक राजनीतिमा देखिनेभन्दा नदेखिने तत्वको प्रभाव रहनेगरेको तीतो यथार्थ अभिलेखमा छ ।
|
|
 |
मोदीको तीर्थाटन
Tuesday, 05.15.2018, 09:29am
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी गत शनिवार नै स्वदेश फर्किसक्नुभएको छ । उहाँ स्वयंले तीर्थाटनको संज्ञा दिनुभएको यो भ्रमणको उपादेयता वारे भ्रमणको पूर्व सन्ध्यामा जे जस्ता बहस र चर्चा परिचर्चा भएका थिए अहिले त्यसको उपलब्धिका वारे उत्तिकै चर्चा परिचर्चा भैरहेको छ । उहाँ २०७१ सालमा पहिलो पटक नेपालमा आउनुहुँदा नेपाली जनमानसमा जुन सद्भाव र विश्वासको लहर उठेको थियो त्यो पानीको फोकामा परिणत हुनपुगेको निकट अतीतले नेपालीजनको पवित्र मैत्रीभावलाई कुण्ठित गराएको कारणले पनि तेस्रो पटक भएको यो भ्रमणको नतिजा दीर्घ प्रतिक्षाकै विषय बनेको छ । उहाँ भारतको प्रधानमन्त्रीका रूपमा पहिलो पटक नेपालमा पदार्पण गर्दा कुण्ठाग्रस्त नेपाल-भारत सम्बन्धले समयसापेक्ष नयाँ दिशा लिने आशा र विश्वास जागृत भएको थियो ।
|
|
 |
राजनीतिमा लागेको जोगी बन्न हैन रैछ
Tuesday, 05.15.2018, 09:28am
काठमाडौं । राजनीतिमा लागेको जोगी बन्न हैन भन्ने नेपालका नेताहरुको कथन अहिले अरु सार्थक बनेको छ । विकास, विदेश नीति, तथा कानुनहरुमा सत्तापक्ष र प्रतिपक्ष चर्को रुपमा प्रस्तुत हुने गरे पनि सुविधाका सवालमा भने उनीहरु एकमत हुन्छन् । प्राडो पजेरो काण्डदेखि नै यस्तै देखिंदै आएको छ । अन्य सबै कुरा छाडेर भन्ने हो भने संघीयता केन्द्रीकृत शासन प्रणालीले देशको सबै ठाउँमा विकास हुन नसकेको भन्दै लागू गरियो । अब यो विषयमा बढी तर्क वा कुतर्क गर्नुको अर्थ छैन । तर, संघीयता अन्तर्गत प्रदेश सरकार र संसद बनेपछि मुलुकले खर्च कसरी धान्छ भन्ने प्रश्न भने उठेको छ ।
|
|
 |