युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.01.2018, 01:41am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
सस्तो बजारका सस्ता सामान र मन्त्री
Tuesday, 04.24.2018, 01:20pm
एउटा मन्त्रीको काम के हो ? उसले सम्हालेको मन्त्रालयको जिम्मेवारी के हो ? मन्त्री मन्त्रालयमा बसेर मन्त्रणा गर्ने कि सस्तो लोकप्रियताका लागि सुरुवालको इजार कस्दै भाषण गर्न कुद्ने ? यो प्रश्न आम नेपालीको हो र हामीले लामो समयदेखि यस्तै देखिआएका छौं । मन्त्रीको काम भनेको सभा, समारोह वा कुनै कार्यक्रममा उद्घाटन गर्ने, विमोचन गर्र्नेे । अर्थात् पानसमा बत्ती बाल्ने, रिवन काट्ने, भाषण गर्ने अनि जाने । यो क्रम दिनमा थुप्रैपटक हुँदैआएका छन् । मन्त्री भनेको उद्घाटन नै गर्ने हो, कार्यक्रममा गएर भाषण मात्रै गर्ने हो भन्ने भान आमरुपमा छ ।

कुटनीतिक जटिलताभित्रको अहं मुद्दा
Tuesday, 04.24.2018, 01:19pm
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको चीन भ्रमणको पूर्व तयारीका लागि चीनको पाँच दिने भ्रमणमा बेइजिङ् पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली द्विपक्षीय समझदारी वृद्धिको उत्साहवर्धक सन्देश प्रवाह गर्दै गत शनिवार स्वदेश फर्कनुभएको छ । भारतले नै निर्धारण गरेको मितिमा भारतको राजकीय भ्रमण पूरा गरेपछि चीन भ्रमणको अपरिहार्यता बोध गर्दै त्यसको पूर्व तयारीमा लाग्नुभएका प्रधानमन्त्री ओलीका सामु चीन भ्रमणमा जानु अघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडांैमा उतैबाट तोकिएको मितिमा स्वागत गर्नुपर्ने अवस्था सिर्जित भएको अनुभूत भैरहेको छ । अतीतका कटु अनुभवलाई ओझेलमा पारेर नेपालसित नयाँ ढंगले सम्बन्ध विस्तार गर्न आतुर देखिएको भारतले चीनसितको बहुआयामिक सम्बन्ध विस्तारप्रतिको आमनेपाली चाहनालाई र उत्तरतिरबाट खुल्ने सम्भावना देखिएको उज्यालो ढोकालाई निक्कै चासो राखेर हेरिरहेको कुरामा कुनै सन्देह छैन ।
जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन्- विष्णु पौडेल
Tuesday, 04.24.2018, 01:17pm
को कस्ता हौं भन्ने हामी सबैले देखेकै छौं । हाम्रा राम्रा नराम्रा सबै ट्रयाक रेकर्ड मुलुकले देखेकै छ । इतिहासमा हाम्रा सबल र दुर्बल पक्ष के हुन् । उहाँजस्ता नेतालाई दुनियाँले बुझेकै छ । त्यसैले स्टेपका कुरा नगरौं । जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन् ।
जहाँसम्म एकताको विषय छ, दुई अध्यक्षबीच हुनुपर्ने छलफल, संयोजन समितिमा हुने छलफल त्यहाँ नगरेर मिडियामार्फत पोजिशन बनाउने कुरा नै एकदम गलत हो । ५० प्रतिशत चाहिन्छ भने दुईटा अध्यक्ष बसेर कुरा गर्दा भयो नि । मिडियामा पोजिशन बनाउनुको तुक छैन ।
मुरी गएको नदेख्ने, मानाको खोजी !
Tuesday, 04.24.2018, 01:16pm
प्रधानमन्त्री हुनासाथ ओलीजीलाई मोदीजीले ताकेतका ताकेत गरे खातिरदारी र मेजमानीका लागि । कतै पहिले उत्तरतिर लागेर क्रमभंग नहोस् भन्ने मोदीजीको चिन्ता हटाउन ओलजी पनि जम्बो टोली लिएर तीनदिने भ्रमणमा (२०७४ चैत्र २३–२५) दक्षिणतर्फ नै हानिनुभयो । भारत भ्रमणबाट फर्केपछि ओलीले– “म निर्वाचनबाट प्राप्त अभिमत बोकेर भारत गएको थिएँ । भारतले त्यो अभिमतलाई स्वीकार ग¥यो” भनेर खुशी प्रकट गर्नुभयो आउँदा आउँदै विमानस्थलमै ।

एकताको लागि “मदन भण्डारी मोडेल”
Tuesday, 04.24.2018, 01:14pm
नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)बीच एकताको कुरा “भ्यागुताको धार्नी” भएको छ, अहिले । उहिले प्रतिनिधि सभा र प्रदेश सभाको संघारमा पुगेको बेला दुवैलाई सत्तासीन काँग्रेसको अतिवादले संत्रस्त बनाएको थियो । दुवैलाई नेकपा पछिको विशेषण वा पुच्छर पनि भारी भएको थियो त्यसैले आँखा चिम्लिएर एकताको आवश्यकता बोध भएको थियो । “अहिले जब दुवैको मनको काँग्रेसको संत्रासको कालो भूतको छायाँ हटेको वा घटेको अनुभव भयो, दुवैमा एकताको आवश्यकताको कम खाँचो महसूस भएको हो कि ”? आम मतदातामा यस्तैको सन्देश गएको छ । 
एक अर्ब ३२ करोड बक्यौता उठ्न बाँकी
Tuesday, 04.24.2018, 01:13pm
काठमाडौं । मुलुकमा संचालित झण्डै एक दर्जन क्यासिनोले राजश्वबापतको पुरानो रु एक अर्ब ३२ करोड बक्यौता रकम सरकारलाई तिरेका छैनन् । सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएकै भरमा ती क्यासिनो सञ्चालनमा रहँदा राजश्व जोखिममा परेको हो । पुरानो बक्यौता उठाउने जिम्मा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई दिइएको छ । 

काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए
Tuesday, 04.24.2018, 01:12pm
काठमाडौं । सम्पन्न तीन तहको निर्वाचनमा नराम्रोसंग पराजित भएको नेपाली काँग्रेसका नेताहरुले नेतृत्वको कमजोरीका कारण पार्टी पराजित भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले निर्वाचनमा पार्टी पराजयका सम्बन्धमा आआफ्ना धारणा राख्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

अझै पनि जंगली जनावरभन्दा देवताकै डर मान्छन्....
Tuesday, 04.24.2018, 01:11pm
मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाका महिला तथा युवतीका लागि अत्यन्त पीडादायी क्षण हुनेन गरेको छ । छाउपडी प्रथा । महिनावारी भएका बेला घरदेखि टाढा गुपा वा छाप्रोमा कष्टकर दिन बिताउँदा कतिपयको ज्यान जाने गरेको छ । यो प्रथाबिरुद्ध अनेक अभियान चले पनि त्यसको निरुपण भएको छैन । महिलाहरु अझै पनि छाउलाई देउवताको दोष मान्दै व्यहोर्न बाध्य छन् ।

नेपाल–चीनबीच पाँच क्षेत्रको विकासमा उच्च प्राथमिकता
Tuesday, 04.24.2018, 01:10pm
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको  आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभएको छ । 

कतार अरब सङ्कट समाधान गर्न तयार
Tuesday, 04.24.2018, 01:09pm
खाडी मलुक कतार र अरब क्षेत्रका साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स तथा इजिप्टबीच केही समयदेखि जारी कूटनीतिक सङ्कटको समाधान गर्ने विषयमा तयार रहेको कतारले दोहोराएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओली भारत भ्रमणबाट सन्तुष्ट : सम्बन्ध सुधारमा परिणामको प्रतिक्षा
Thursday, 04.12.2018, 11:29am
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी गत आइतवार स्वदेश फर्केपछि यसको उपलब्धि र नेपाल भारत सम्बन्धको भावी दिशावारे बौद्धिक राजनीतिक वृत्तमा गम्भिर बहस सुरू भएको छ । २०७२ सालको क्रुर नाकाबन्दी र संविधान संशोधनका लागि चर्को दवाव प्रवाहका कारण चिस्सिएको नेपाल भारत सम्बन्धलाई परिवर्तित सन्दर्भमा अहस्तक्षेप, पारस्परिक सद्भाव, विश्वास र सहयोग विस्तारका आधारमा पुनः परिभाषित गरी न्यानो बनाउने दुवै देशको चाहनालाई यो भ्रमणले मूर्त रूप दिएको विश्वास दुवै देशका प्रधानमन्त्रीले प्रकट गरेको देखिन्छ । भारतसंग सम्बन्ध चिसिँदा नेपालको सत्ताले अनेक झमेला बेहोर्नुपर्ने तीतो यथार्थबोध गर्नुभएका प्रधानमन्त्री ओलीका लागि यो भ्रमण विश्वासको नयाँ वातावरण सिर्जना गर्ने अवसरमा परिणत भएको छ भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पनि नेपालसंग बिग्रिएको सम्बन्ध सुधार गर्ने मौका मिलेको आम बुझाइ छ । आआफ्नो देशमा लोकप्रिय मानिएका दुई देशका शक्तिशाली प्रधानमन्त्रीहरूबीचको एकल संवाद र सामूहिक रुपमा छलफल गरिएका विषयले कार्यान्वयनको क्रममा कुन दिशा र कस्तो गति लिने हो भन्नेतिर नै अहिले आम नेपालीको ध्यान केन्द्रित छ । 
दक्षिण कोरिया र जापानमा थप अवसरको खोजी
Thursday, 04.12.2018, 11:28am
काठमाडौं । नेपालको अर्थतन्त्र धानिरहेको वैदेशिक रोजगारीका आकर्षक र राम्रो पारिश्रमिक पाउने मुलुकहरुको पहिचान उतिबेलै भए पनि अहिलेसम्म त्यता अपेक्षाकृत कामदार पठाउन सकिएको छैन । अहिले नेपालबाट बढीभन्दा बढी कामदार मलेसिया र खाडी मुलुक जाने गरेकका छन् भने दक्षिण कोरियामा इपिएस कोटामार्फत केही हजार जान्छन् । अर्कोतिर जापानमा दशक अघिदेखि प्रशिक्षार्थी कामदार पठाउने सम्झौता भए पनि यसको कार्यान्वयन हुन प्रभावकारी छैन । 

बाइस वर्षसम्म के हेरेर बस्यौ ?
Thursday, 04.12.2018, 11:28am
काठमाडौं । नेपालको राजनीतिमा सबैभन्दा विवादास्पद सन्धिका रुपमा रहेको नेपाल र भारतबीचको एकीकृत महाकाली सन्धि सत्ता र प्रतिपक्षबीच चर्को विवाद अनि सडकको ठूलो मुद्दा बन्ने गरेको छ । महाकाली सन्धि नेपालको जलस्रोत विकासका लागि नभै भारतले एक शताब्दी अघि बनाएको शारदा ब्यारेज र टनकपुर सन्धिलाई वैधानिकता दिन मात्र भएको उतिबेलादेखि नै प्रसंगमा आए पनि यसको आडमा अर्को सम्झौता भयो ‘पञ्चेश्वर’को नाममा । तर, यो पनि अलपत्रै छ ।

लेनिन दिवसमा पार्टी एकता घोषणा !
Thursday, 04.12.2018, 11:27am
काठमाडौं । गत दशैंमा निर्वाचन अघि नै पार्टी एकता गरेर जाने सम्झौता गरेका नेकपा एमाले र माओवादी केन्द्रबीच अझै पनि एकताका विषयमा विवाद रहेका छन् । दुबै पार्टीका शीर्षस्थ नेताहरुको समायोजनको विषय र एक अर्काको अस्तित्व स्वीकार्ने कि नस्वीकार्ने भन्ने कुराले एकतामा ढिलाई भैरहेको छ । 
अब सिंहदरबार पनि धुर्मुसलाई दिए हुन्छ
Thursday, 04.12.2018, 11:25am
जितेपछि बधाई र पुरस्कार दिनेले क्रिकेटको विकास गर्नुपर्छ, अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनुपर्छ, नेपालमा ठूला प्रतियोगिता खेलाउनुपर्छ भन्ने सोच्दै सोचिएन । जनताले क्रिकेट रंगशाला माग गरिरहँदा सरकारहरुका लागि यो चुनावी नारा मात्रै बन्यो । चार वर्षअघि टी २० विश्वकप खेलेपछि हरेक सरकारले थुप्रैपटक रंगशाला बनाउने बाचा गरे । तर, अवस्था जस्ताको तस्तै । सरकारले रंगशाला बनाउने कुनै पहल नगरेपछि लागिपरे समाजसेवी कलाकार धुर्मुसले घोषणा गरे रंगशाला बनाउने भनेर । उनको टोलीले विभिन्न क्षेत्रमा गएर जमिन हेरिसकेको छ । धुर्मुस तातेपछि प्रदेश सरकारहरुले जमीन दिने भन्दै भव्य स्वागत गरे । बाचा गरे । धुर्मुसलाई जमीन दिने घोषणा गर्ने प्रतिस्पर्धा नै चल्यो ।

न पूर्वस्थिति, न नयाँ स्थिति ः खैलाबैला मात्रै
Thursday, 04.12.2018, 11:23am
आजसम्मको स्थिति हेर्दा दलीय नेता र सरकारका मन्त्रीहरु कोठे मानसिकता नबदलिएको अवस्था छ । यस्तो स्थितिमा आकाश पाताल जोड्ने हावादारी भाषण र खोक्रा आश्वासनबाट मात्रै सुधारको सम्भावना देखिंदैन । प्रत्येक सरकारले आफूले चमत्कार देखाउने चर्का भाषण र बाचा कबोल गर्दैआएका सन्दर्भमा विचार गर्दा उनीहरुको आफ्नै चामत्कारिक समृद्धि भएको चाहिं यथार्थ हो । यस्तो तीतो अनुभव संगालेका जनताले रित्ता भाषण पत्याउने स्थिति नै समाप्त भएको छ ।

सम्बन्ध सुधारको सही बाटो
Thursday, 04.12.2018, 11:23am
नेपाल भारत सम्बन्ध जटिलतम मोडबाट सरल र सहज बाटोतिर उन्मुख गराउन उच्च राजनयिक तहबाट रचनात्मक पहल भएको आभास भएको छ । नेपालका शक्तिशाली प्रधानमन्त्रीका रुपमा भारतको तिन दिने राजकीय भ्रमण सम्पन्न गरी केपी शर्मा ओली गत आइतवार साँझ स्वदेश फर्किसक्नुभएको छ भने यस पटक उहाँले पाउनुभएको आतिथ्य र द्विपक्षीय वार्ता क्रममा उठाइएका विषय एवं सम्झौता र सहमतिका बुँदाहरू केलाउँदा विद्यमान समस्याहरूको निराकरण र बहुआयामिक सहयोगात्मक सम्बन्ध विस्तारले गतिलिने अपेक्षा बढेको छ । औपचारिक तहबाट भनिने गर्दा नेपाल भारत सम्बन्ध जहिले पनि समस्यारहित, पूर्ण समझदारीमा आधारित, आपसी समझदारी र विश्वासबाट विकसित र सांस्कृतिक सहभाव एवं खुला सिमानाले जोडेको भौगोलिक सहजताबाट अभिसिञ्चित हुँदैआएको छ ।
बढ्दो अपराधको समस्या
Thursday, 04.12.2018, 11:22am
आजको एक्काइसौं शताब्दीको समाज समयभन्दा अस्वभाविक रुपमा पतनोन्मुख बाटोमा तीव्रतर गतिमा दौडिरहेछ । यसरी वृद्धि हुनुका पछाडि उही “समाजमा बढ्दो उपभोक्तावादी प्रवृत्ति र आडम्बरवादी सामाजिक प्रतिस्पर्धा, त्यस अनुपातमा साधन स्रोतको न्यून वा नगण्य आपूर्ति, विश्वका संभ्रान्त देशहरुको फेशन, जीवनशैली, यौन स्वतन्त्रताको भद्दा नक्कल गर्ने विकृतिपूर्ण नयाँ संस्कृति, नेपाली समाजको मौलिक परम्परा मान्यताप्रति हीनताबोध गर्ने शिक्षा दिने पश्चिमा नीतिको घनीभूत हुँदै गएको प्रभाव, नैतिक शिक्षालाई विद्यालय तहदेखि नै गरिएको खारेजी” पनि मुख्य कारण मानिन्छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण, के के भयो ?
Thursday, 04.12.2018, 11:20am
काठमाडौं । भारतको राजकीय भ्रमण गरेर स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुमाझ “नेपाल भारतको सम्बन्ध राम्रो बनेको र अब कसैले बिथोल्न खोजे कसको के लाग्छ र ?” भन्दै भारतको व्यवहारले नै यसको निर्धारण गर्ने संकेत गर्नुभयो ।

बाम आन्दोलनका दुई धरोहरुको निधन
Thursday, 04.12.2018, 11:16am
काठमाडौ । मुलुकको वामपन्थी आन्दोलनका धरोहर राजनीतिज्ञ कमलराज रेग्मी र जागृतप्रसाद भेटवालको एक दिनको फरकमा निधन भएको छ । रेग्मीको बिहीबार ९१ वर्षको उमेरमा निधन भयो भने भेटवालको बुधबार ।

  » आचार्यमाथि गोली प्रहार
  » भारतको चौकीदारीभन्दा गाउँमै स्वरोजगार राम्रो
  » कांग्रेस बलियो भए मात्र प्रजातन्त्र बलियो
  » पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
  » चर्को शुल्क लिनेलाई कारबाही गरिने
  » ईयूको चलखेलप्रति गिरिजाको आक्रोश र ओलीको अडान
  » नयाँ दिल्लीमा कसरी प्रकट होला नेपालको अडान ?
  » ओलीले मोदीलाई दिएको त्यो जवाफ
  » यसरी देश समृद्ध बन्दैन
  » सानो कुरामा खुसीले उफ्रने हामी
  » आर्थिक परनिर्भरताको जञ्जिर
  » नेपाली राजनीतिमा प्रचण्डले तरङ्ग नल्याए मोनोटोनस जस्तो हुन्छ- जनादर्शन शर्मा
  » देशलाई जुरुक्क उठाउने हावादारी गफ !
  » “विधिको शासन पुनस्थापना”को सवाल
  » लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना
  » सामाजिक अभियन्ता- काशीनाथ जोशी
  » कांग्रेस नेता खड्काको निधन
  » अर्थतन्त्रमा संरचनात्मक समस्या : समाधानका लागि अपिल
  » उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता
  » अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ



 
::| Latest News

 
[Page Top]