युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 09.07.2018, 05:46am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
All News
 
चर्को शुल्क लिनेलाई कारबाही गरिने
Thursday, 04.12.2018, 11:12am
प्रमुख तीन विद्यार्थी संगठनले निजी विद्यालयले लिएको चर्को शुल्क खारेज गर्न माग गरेका छन् ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बिहिबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी  संघले सरकारले तोकेको मापदण्ड र विधिको ठाडो अवज्ञा गर्दै अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्कवृद्धि खारेज गर्न मन्त्री पोखरेललाई आग्रह गरेका हुन् । 

ईयूको चलखेलप्रति गिरिजाको आक्रोश र ओलीको अडान
Tuesday, 04.03.2018, 01:49pm
मधेशमा भारत र युरोपेली अनि उपत्यका लगायत पहाडी जिल्लामा युरोपेलीहरूको लगानी थियो । उनीहरू अधिकारको नाममा जातीय नारा घन्काउँदै मुलुक छिन्नभिन्न पार्ने षड्यन्त्रमा थिए । अन्तरिम संविधान जारी भएपछि मुलुकमा मधेश आन्दोलन चल्यो । यसमा भारतको हात थियो । सशस्त्र समूहहरू एकाएक जन्मिएका थिए । 
नयाँ दिल्लीमा कसरी प्रकट होला नेपालको अडान ?
Tuesday, 04.03.2018, 01:49pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चैत्र २३ गते तीनदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । भारत भ्रमणको मिति जति नजिकिंदैछ भ्रमणका एजेण्डाका विषयमा विचार विमर्श चलिसकेको छ । त्यस्तै यसपटकको भ्रमण अघिल्ला भ्रमणभन्दा के कति भिन्न हुन्छ भन्ने प्रश्नहरूको उत्तर खोज्ने काम पनि सुरू भैसकेको छ । अनि विगतमा जस्तै सल्लाह, सुझाव लिने र दिने काम चलिसकेको छ । तैपनि यसपटकको भ्रमण यसअघिका जस्ता परम्परा निर्वाहमा मात्र सीमित नहुने धेरैको अपेक्षा छ । अनि संविधान र मधेशका मुद्दा मात्रै हैन कुनै पनि राजनीतिक विषय वस्तुमा छलफल नगरी आर्थिक मुद्दाहरूमा मात्रै केन्द्रित हुने तयारी भैरहेको समाचार विवरणले भ्रमणप्रति अरू उत्सुकता थपेको छ । 
ओलीले मोदीलाई दिएको त्यो जवाफ
Tuesday, 04.03.2018, 01:48pm
ओलीले जसरी भारतको दवाव र निर्देशन लत्याएर चीनसंग व्यापार तथा पारवहन सन्धि गर्नुभो, तब भारत झस्किएको हो । त्यतिबेला मोदीले ओलीलाई अरू नेतालाई जस्तै गलाउने शैलीमा कुरा गर्न खोजे पनि ओलीले मोदीसंग चर्काचर्की नै गर्नुपरेको थियो ।
यसरी देश समृद्ध बन्दैन
Tuesday, 04.03.2018, 01:47pm
काठमाडौं । नेपालमा शान्ति छ, स्थिरता कायम हुँदैछ भन्दै लगानीकर्तालाई आकर्षित गर्ने काम निकै पहिलेदेखि हुँदैआएको छ । केही वर्ष अघिसम्म बाह्य लगानीको सम्भावना कम थियो । तर, केही वर्षयता मुलुकमा स्थिरताको संकेत देखिए पनि लगानी प्रतिबद्धता आउने तर भित्रिन सकेको छैन ।
नेपालमा लगानीको सम्भावना प्रशस्तै छ । जलस्रोत, खानीजन्य उद्योग, जडिबुटी लगायतका क्षेत्रमा प्रशस्त सम्भावना भए पनि यसमा पर्याप्त लगानी छैन । 
सानो कुरामा खुसीले उफ्रने हामी
Tuesday, 04.03.2018, 01:45pm
सानोसानो  कुरामा खुसी हुने तर ठूलो विपत्तिमा धैर्यधारण गर्ने नेपाली स्वाभव विचित्रको छ । बिरालोले मुसा मा¥यो भने त्यो आश्चर्य हुँदैन, तर मुसासंग दोस्ती गरेर भकारी रित्याउन सघायो भने त्यो आश्चर्य हुन्छ । अर्थात् प्राकृतिक, कानुनी नियम विपरीत गयो भने त्यो अनौठो र आलोच्य विषय बन्छ । किनभने हरेकको आआफ्नो काम र जिम्मेवारी हुन्छ ? त्यस्तो जिम्मेवारी प्रकृतिले निर्धारण गरेको हुन्छ, कानुनले तोकेको हुन्छ, अनि जनताले अपेक्षा गरेका हुन्छन् । 

आर्थिक परनिर्भरताको जञ्जिर
Tuesday, 04.03.2018, 01:44pm
विकास र समृद्धि यतिखेर देशको मूल नारा बनेको छ । राष्ट्रपतिले संसदमा गरेको संबोधनमा होस् अथवा प्रधानमन्त्रीका वारम्वारका कथन हुन् समृद्धि र विकासका कुरा छुट्ने गरेका छैनन् । पाँच वर्षको अन्तरालमा मुलुकको कायापलट नै हुने गरी आर्थिक विकासको गति तीब्रतर पारिने प्रतिबद्धताहरू बिस्कुन सुकाएसरह जताततै छरिएका छन् । देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढाउनकै लागि संघीय, प्रादेशिक र स्थानीय सरकारहरू प्रतिबद्ध रहेका कुरा हरेक दिन सञ्चार माध्यम छाउने गरेका छन् । तर विधिको शासनको प्रत्याभूति हुने खालका कामको थालनी कुनै पनि क्षेत्रमा भएको थोरै पनि आभास जनताले पाएका छैनन् । राजधानी काठमाडौं धुलो र धुँवाले कुइरिमण्डल छ । नीलो आकाश र हरिया डाँडाकाँडा देख्नै मुस्किल छ भने राजधानीवासीले स्वच्छ हावामा सास पनि फेर्नपाएका छैनन् । 
नेपाली राजनीतिमा प्रचण्डले तरङ्ग नल्याए मोनोटोनस जस्तो हुन्छ- जनादर्शन शर्मा
Tuesday, 04.03.2018, 01:39pm
प्रतिशतमा बाँडफाँट हुँदैन । दुईटा पार्टीको संगठन र संरचना छन् । हाम्रा विचार र नीति छन् । त्योभन्दा ठूलो हाम्रो लक्ष्य छ । हाम्रो लक्ष्य समान छ भने त्यो लक्ष्य र सिद्धान्त प्रतिशतमा बाँडिन्छ र ? समान लक्ष्य राखेर हिँडेपछि संगठन मिलाउँदा व्यवहारिक पक्ष, मनोविज्ञान, समानता, जनमत सबैलाई हेरिन्छ । एउटाले जितेको र अर्कोले हारेजस्तो हुँदैन । एउटाले जितेर अर्कोले हारेको जस्तो बनाइयो भने त्यहाँ एकताको स्पिरिट व्यक्त हुँदैन । चुनावमा जाने बेला प्रतिशतमा गइयो । अब समानताको आधारमा सबै पक्ष मिलाएर समझदारीका आधारमा हुन्छ ।

देशलाई जुरुक्क उठाउने हावादारी गफ !
Tuesday, 04.03.2018, 01:38pm
दलका नेता जनताको तल्लो तहसम्म पुगेर उनीहरुका दुःखसुखमा सामेल भएर काम गर्दैनन् । अनि चुनावका मुखमा केही हुल्याहा, छुल्याहा, फटाहा, धनका मोटा, डन, तस्कर, व्यापारी, कमिशनखोर, ठेकदार जस्ता समाजका धमिरालाई साथ लिएर यो पनि गर्छु, त्यो पनि गर्छु भन्दै जनतालाई भ्रममा पारेर चुनाव जितेपछि जनतालाई केर्के आँखाले पनि हेर्दैनन् । 
“विधिको शासन पुनस्थापना”को सवाल
Tuesday, 04.03.2018, 01:37pm
“विधि”को अर्थ र परिभाषा “अष्टिन्” र “बुडरो”ले कसरी गरेका थिए,  त्यो भन्दा प्रो. हलैण्डको परिभाषा कति फरक थियो, तीमध्ये कस्को कुन परिभाषा ठीक हो ? त्यसबारे यहाँ व्याख्या गर्न र अथ्र्याउनु छैन । “विधिको शासन” भनेपछि “समाजले के कस्तो सामाजिक परम्परा, सद्भाव, परिवेश सापेक्ष रितिथितिको अपेक्षा गरेको छ, के कस्तो व्यवहार हुनु गर्नु अवाञ्छनीय ठानेको छ, त्यसको प्रतिविम्ब राज्यको शासन प्रशासनमा देखिनुपर्छ” भन्ने हो ।
लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना
Tuesday, 04.03.2018, 01:36pm
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताउनुभएको छ । संविधान जारी भएपछि गठन भएको ऐतिहासिक प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई चैत्र १५ गते बिहिबार सम्बोधन गर्दै उहाँले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना देखिएको उल्लेख गर्नुभयो ।  

सामाजिक अभियन्ता- काशीनाथ जोशी
Tuesday, 04.03.2018, 01:35pm
काशीनाथ जोशी सकारात्मक सोच राखेर निरन्तर सक्रिय रहने एक सामाजिक अभियन्ताको नाम हो । मानवसेवा र सामाजिक परिवर्तनका लागि नैतिक मूल्यमा आधारित शिक्षा नै अनिवार्य छ भन्ने दृढ मान्यता राखेर हाल उहाँले सप्तरी जिल्लाको सहज पहुँचभन्दा बाहिर रहेको तर ऐतिहासिक धरोहरको रूपमा रहेको तिरहुत गाउँपालिकाको भेडिया गाउँमा ‘वनखण्डी विद्याश्रम’ नामक गुरूकूल सञ्चालनको अगुवाई गरिरहनुभएको छ ।
कांग्रेस नेता खड्काको निधन
Tuesday, 04.03.2018, 01:34pm
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहनुभएका नेता खड्काको अपराह्न ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 
अर्थतन्त्रमा संरचनात्मक समस्या : समाधानका लागि अपिल
Tuesday, 04.03.2018, 01:33pm
मुलुकको अर्थतन्त्र संकटमा रहेको भन्दै यसको समाधानका लागि सबैसंग सहयोगको अपिल गरेको छ । सरकारले लामो समयदेखि थिग्रिएर रहेका अर्थतन्त्रका संरचनात्मक समस्याको समाधान कुनै एक पक्षको पहलबाटमात्र नहुने भन्दै सहयोगको अपिल गरेको हो । 
उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता
Tuesday, 04.03.2018, 01:31pm
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार शुरू भएको समाचार छ । उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास शुरू भएको बताइएको छ । 

अमेरिकाबाट फर्किए रूसी कूटनीतिज्ञ
Tuesday, 04.03.2018, 01:30pm
एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ प्रयोग गरेर हत्या प्रयास गरेको भन्ने आरोपमा अमेरिकाले देश निकालाको आदेश दिएका अमेरिकास्थित रूसी कूटनीतिज्ञहरूले वासिङ्टन छोडेका छन् । 

मोदी नेपाल कहीले आउलान् ?
Tuesday, 03.27.2018, 12:20pm
काठमाडौं । भारत बिरोधी र चीन पक्षधर भनेर भारतीय पक्षबाट आरोपित प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण कुन देश हुन्छ भन्ने कुतुहलता मेटिएको छ । प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट हुने चर्चा चल्न थालेको छ । तर, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यो कुराको आधिकारिक जानकारी नआएको बताउनुभएको छ । यति मात्र हैन उहाँले प्रधानमन्त्री ओली भारत जानु अघि भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको प्रस्ताव गरिएको पनि बताउनुभयो ।

जटिल सम्बन्धका कसिला गाँठाहरू फुकाउने कसरत
Tuesday, 03.27.2018, 12:20pm
प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्निकट भारत भ्रमण अहिले सर्वाधिक चासो र राजनीतिक बहसको विषय बन्न थालेको छ । औपचारिक घोषणा हुन अझै बाँकी छ तापनि उहाँले चैत्र २३ देखि २५ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुहुने निश्चित जस्तै भएको छ ।  संघीय संसदमा तीन चौथाई बहुमत प्राप्त बलियो तथा स्थायी सरकारको नेतृत्व हाक्ने सक्षम प्रधानमन्त्रीका रूपमा ओलीलाई हरिएको छ भने वैदेशिक हस्तक्षेप विरूद्धका उहाँका पछिल्ला सन्देशहरूले उहाँको निख्खर देशभक्तिको भावनालाई थप उजागर गरेको आम बुझाइ छ । भारत भ्रमणपूर्व नेकपा एमाले र माओवादी केन्द्रबीच पूर्व घोषित पार्टी एकताको कार्यभार पूरा गरेर मात्र भारत भ्रमणमा जाने तयारीले उहाँ दुई दलीय गठबन्धनको बहुमतीय सरकारका रूपमा नभै एकल पार्टी बहुमतको दह्रो सरकारको हैसियतमा भारतको अगाडि उपस्थित हुने चाहनामा हुनुहुन्छ भन्ने प्रष्ट सन्देश प्रवाहित भएको छ । परिवर्तित सन्दर्भमा नेपाल र भारतबीच उच्च समझदारीपूर्ण सम्बन्ध विकासको अपरिहार्यता सर्वत्र अनुभूत भैरहे पनि दुई देशबीच समाधानको प्रतिक्षामा रहेका अनगिन्ती समस्याहरू छन् ।
खाना पकाउन ग्यासको साटो बिजुली
Tuesday, 03.27.2018, 12:19pm
काठमाडौं । केही वर्ष अघिसम्म विद्युत अभावका कारण दिनमा १८ घण्टामसम्म लोडसेडिङ हुन्थ्यो । जसैउर्जाँ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सही नेतृत्व पायो तबल लोडसेठिङ अन्त्य भयो । यो काम रातारात विद्युत उत्पादन भएर हैन, व्यवस्थापनबाट हो ।

कि प्रतिवेदन सच्याउ, कि नेपाल छाड
Tuesday, 03.27.2018, 12:19pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंस्थित युरोपेली यूनियनलाई मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको पर्यवेक्षण प्रतिवेदन सच्याउन आग्रह गर्दै नेपाल र नेपालीलाई नहेप्न चेतावनी दिनुभयो ।

  » इशाईकरणको अर्को अध्याय ‘गाई काण्ड’
  » वैदेशिक हस्तक्षेपको रन्को
  » मन्त्री चोखा भए मात्र प्रशासन चोखो हुन्छ
  » रेल ल्याउनुअघि रेल पढ्ने ब्यवस्था गर्नुस्
  » “विधिको शासन पुनःस्थापना” गर्ने सवालमा
  » देउवामाथि खनिए कांग्रेस नेता
  » पर्यटक भित्र्याउने गुरूयोजना
  » फेसबुक प्रमुखद्वारा क्षमा याचना
  » युरोपियन युनियनको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति
  » उत्तर कोरिया संसारकै लागि त्रास
  » किन सेलायो पार्टी एकता ?
  » दुईतिहाइको दौडमा निर्देशित अवरोध !
  » यही पाराले समृद्धि असम्भव
  » बाम गठबन्धनको मधेश मोहको रहस्य
  » झिना मसिना कुरा
  » विमानको इतिहास, उडान र दुर्घटना
  » भ्रष्टाचार निवारणको प्रश्न र यथार्थ (२)
  » आध्यात्मिक नेता कालजयी, राजनेता क्षणिक
  » २०२० भित्र पन्ध्र लाख पर्यटक पु¥याउने अभियानमा सरकार
  » यस्तो फेरी कहिल्यै नदोहोरियोस् !



 
::| Latest News

 
[Page Top]