यस वर्षको एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा
Tuesday, 03.20.2018, 10:59am
काठमाडौं । आउँदो चैत्र ८ गतेदेखि सुरू हुने कक्षा १० को अन्तिम परीक्षाका रूपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
|
|
 |
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन
Tuesday, 03.20.2018, 10:59am
काठमाडौं । सरकारले पूर्णता पाएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
|
|
 |
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित
Tuesday, 03.20.2018, 10:59am
वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । उपराष्ट्रपति पदमा उहाँको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको हो । हाँले सोमबार शपथग्रहण लिनुभयो ।
|
|
 |
अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै
Tuesday, 03.20.2018, 10:58am
संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारी आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरू भएको हो ।
|
|
 |
दुईतिहाइको आशमा सरकार विस्तारमा विलम्ब ! संघीय संसदको अधिवेशन प्रारम्भ
Tuesday, 03.06.2018, 02:47pm
संघीय संसदको पहिलो अधिवेशन हिजो सोमवारदेखि औपचारिक रूपमा सुरू भएको छ । निर्वाचन सकिएको तीन महिनापछि मात्र गत आइतवार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले शपथ ग्रहणको अवसर पाएका थिए । राष्ट्रिय, क्षेत्रीय एवं आ–आफ्ना सांस्कृतिक तथा जातीय पहिरनमा सजिएका सांसदहरूले राष्ट्रभाषालगायतका विभिन्न १२ भाषामा शपथ लिएर अनेकतामा एकताको भाव प्रदर्शन गरेका थिए । मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक भएको आमनिर्वाचनबाट गठित द्विसदनात्मक संसदको हिजोबाट सुरू भएको अधिवेशनको २६ गते प्रतिनिधिसभाका सभामुख र ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन कार्यक्रम तय भएको छ भने प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले २७ गते विश्वासको मत लिने हुनुभएको छ । २९ गते राष्ट्रपतिको पनि निर्वाचन हुनेभएको छ । सरकार गठन भएको लामो समय वितिसक्दा पनि मन्त्रिपरिषदले भने अझै पूर्णता पाएको छैन । एउटै पार्टी बनाउने निर्णयमा पुगिसकेका नेकपा एमाले र माओवादी केन्द्रबीच पदीय एवं मन्त्रालयको भागबण्डा मिलिसकेको सन्देश प्रवाह भए पनि संघीय समाजवादी फोरमलाई समेत सरकारमा सामेल गराएर पूर्ण बहुमतको मात्र होइन दुईतिहाइकै सरकार बनाउने प्रयासमा वामगठबन्धनका नेताहरू जुटिरहेका छन् । राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सामेल हुन आग्रह भैरहेको छ । अब संसदीय गतिविधि प्रक्रियागत रुपले नै अगाडि बढ्ने भएपछि पाँच वर्ष टिक्ने आधार खडा भएको अवस्थामा स्थिर सरकारको प्रत्याभूतिका साथ राष्ट्रिय विकास र समृद्धिको बाचाअनुरूपका नीति, योजना र कार्यक्रमको तर्जुमा हुने हो भन्नेतिर आमचासो र उत्सुकता बढेको छ ।
|
|
 |
कांग्रेसमा देउवाको एकलौटी
Tuesday, 03.06.2018, 02:46pm
काठमाडौं । आफ्नै नेतृत्वको सरकारले गराएको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नराम्रोसंग पछारिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नैतिकता प्रदर्शन गर्दै नेतृत्वबाट विदा लिनुपर्ने माग उहाँका विपक्षमा रहेका नेताहरुबाट आए पनि अन्ततः उहाँको एकलौटी कायमै रहेको छ ।
|
|
 |
महाकालीमा भारतको अर्को बलमिच्याई
Tuesday, 03.06.2018, 02:46pm
काठमाडौं । सुदूरपश्चिमको दार्चुलामा नेपाली भूमि मिचेर सैन्य पोष्ट खडा गरेको भारतले अब सोही जिल्लामा सडक र पुल बनाएर अतिक्रमणको नयाँ चरण सुरु गरेको छ । नेपालमा नयाँ सरकारले आकार लिंदै गर्दा भारतबाट नेपाली भूमि अतिक्रमण गर्दै पुल र सडक बनाइरहेको छ । यो सडक कालापानीमा अतिक्रमित भूमिलाई वैधता दिने गरी सोही स्थानसम्म बनाउन लागिएको हो ।
|
|
 |
कहाँ खर्च भो डेढ खर्ब रुपैयाँ
Tuesday, 03.06.2018, 02:45pm
काठमाडौं । नेपालमा विदेशी दातृ राष्ट्र, निकाय तरा आइएनजिओहरुको बोलवाला छ । उनीहरुले नेपालका अनेक क्षेत्र, समुदाय र विकासका विविध पक्षमा सघाउने भन्दै वार्षिक रुपमा अथाह धनराशी खर्च गरिरहेका छन् । तर, त्यो रकमको उपलब्धि कहाँ कसले कसरी पायो भन्ने खोजेर पनि भेटिंदैन ।
|
|
 |
स्रोत नभएर हैन सोच नभएर गरीब
Tuesday, 03.06.2018, 02:42pm
नेपाल गरीब हो कि गरीब बनाइएको हो ? नेपाल सम्पन्न हुनसक्ने मुलुक हो कि हैन ? यो प्रश्न यो पुस्ताले हजुरबा पुस्तादेखिका राजनीतिक नेताहरुलाई सोध्ने गर्दछन् । चार दशकअघि नेपाल धानचामल निर्यात गर्ने मुलुक थियो । विकासक्षेत्रपिच्छे राइस मिल खुलेका थिए । अहिले नेपाल चामलम आयात गर्ने र अनुदानमा खाने मुलुक बनेको छ । एसियामी जलविद्युत उत्पादन गर्ने अग्रणी मुलुक हो तर एक शताब्दी पूरा भैसक्दा एक हजार मेघावाट पनि विद्युत उत्पादन छैन । भारतबाट आयात गरेर भारवहन गरिएको छ । भएका उद्योगधन्दा निजीकरण र उदारीकरणको नाममा बेचिए, भारतको एकलौटी बजार बन्यो । व्यापार घाटा चौपट छ युवा निर्यात गरेर बस्तु आयात भैरहेको छ ।
|
|
 |
अर्थतन्त्रको उल्टो बाटो
Tuesday, 03.06.2018, 02:40pm
देशको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको आर्थिक सूचकांकहरूले प्रष्ट इंगित गरिरहेका छन् । प्रधानमन्त्री केपी ओली स्वयंले राष्ट्रिय ढुकुटी रितै रहेको जनाउ सांसदहरूलाई दिनुभएको ताजा प्रसंग छ । अर्थ मन्त्रालयका जिम्मेदार अधिकारीहरूले व्यापार घाटा ९ खर्ब पुगेको, भुक्तानी सन्तुलन ६ अर्बले र चालु खाता ७५.७१ अर्बले घाटामा रहेको र बिप्रेषणको वृद्धि दर पनि ०.५५ प्रतिशतले ऋणात्मक रहेको अनि राजस्व असुली पनि लक्षअनुरूप नभएको जानकारी नयाँ अर्थमन्त्रीलाई दिएको खुलाशा भएको छ । आखिर देशको आर्थिक अवस्था किन यति नाजुक स्थितिमा पुग्यो, यसको मूल कारण के हो र यसको जवाफदेहिता कहाँ छ भन्ने अहं प्रश्नको जवाफ दिने कोही निस्केको छैन । बाटो विराएको यात्री आफ्नो गन्तव्यमा कहिल्यै पुग्न सक्दैन भनेजस्तै भएको छ नेपालको अर्थतन्त्र पनि ।
|
|
 |
अबको स्थायी शक्ति केन्द्र काठमाडौं ! (?)
Tuesday, 03.06.2018, 02:39pm
राणा अघिवशवादी शासन सत्ताका “उन्नायक” जंगबहादुर राणाका पूर्ववर्ती नेपालका शासन सत्ता नियन्ताहरुले अंग्रेजी साम्राज्यवादीका विरुद्ध लडेर आफ्नो राष्ट्रको सार्वभौमिक स्वतन्त्रताको सुरक्षा गरेका थिए । त्यति मात्र होइन– आफ्नो राज्य विस्तार गर्दै टिष्टादेखि नालापानी, काँगडा र सतलतसम्म पुगेको इतिहास अझै जीवित छ ।
|
|
 |
आयातित संघीय व्यवस्था एउटा कोक्याउने पीडालु
Tuesday, 03.06.2018, 02:39pm
नेपालको राजनीतिक मानचित्रको कम्पन थामिइसकेको छैन । पराकम्पनले कुन क्षण कति र कस्तो धक्का दिने हो भन्ने त्रास राजनीतिक दलका नेता, कार्यकर्ताका अनुहारका रेखामा र उनीहरुले फेर्ने प्रतिदिनका प्रत्येक श्वास प्रश्वासमा उच्छाहस बनेर व्यक्त हुन्छन्, हुँदैनन् ? स्थिर सरकारको परिकल्पनाका साथै मीठा सपना जति बाँडिए ती संघीयताको मानचित्रको प्रारम्भिक अवस्थामै तीतो, टर्रो र कोक्याउने पदार्थकै स्वादमा परिणत हुँदैगएका छन् ।
|
|
 |
यो समाचार सत्य सावित भए !
Tuesday, 03.06.2018, 02:38pm
काठमाडौं । करीब एक हजार मेघावाट बराबर मात्र जलविद्युत उत्पादन भैरहेको नेपालमा जलविद्युत आयोजना निर्माण चरणको पछिल्लो तथ्यांक कार्यान्वयन भए मुलुकले चाँडै नै विद्युत निर्यात गरी वार्षिक खर्बौं रुपैयाँ कमाउने छ ।
|
|
 |
कसरी बोल्ने संसदमा ? नेम्वाङको सुझाव यस्तो छ
Tuesday, 03.06.2018, 02:37pm
काठमाडौं । आज (आइतबार) संघीय संसद र राष्ट्रियसभाका सांसदहरुको शपथग्रहण भयो । यसअघि शनिबार एमाले र माओवादीले आफ्ना सांसदहरुलाई प्रशिक्षण दियो । प्रशिक्षणका क्रममा संसदीय प्रणाली र अभ्यासमा खारिएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नयाँ सांसदलाई सचेत गराउँदै भन्नुभयो, “कतिपय सांसदले प्रधानमन्त्री, पार्टीका अध्यक्ष, मन्त्रीगण, दर्शक र पत्रकारसमेतलाई सम्बोधन गरेको विगतका अनुभवमा देखिन्छ, जुन नियम विपरीत हो ।”
|
|
 |
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यद्वारा शपथ ग्रहण
Tuesday, 03.06.2018, 02:36pm
काठमाडौं । राज्यको पुनःसंरचनापछि गठन भएको पहिलो संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरूलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराउनुभएको हो । यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराउनुभएको थियो ।
|
|
 |
अझै रोकिएन सिरियाको गुटामा आक्रमण
Tuesday, 03.06.2018, 02:34pm
सिरियामा पछिल्लो समयमा हिंसा बढ्दै गएको गुटा क्षेत्रमा शनिबार पनि आक्रमण रोकिएको छैन । उक्त क्षेत्रमा शनिबारको आक्रमणबाट पनि केही व्यक्ति मारिएको अनुमान गरिएको छ ।
|
|
 |
०१७ मा महेन्द्र–वीपीको टक्कर र ०७४ मा खड्ग ओलीको उदय
Tuesday, 03.06.2018, 02:33pm
खड्गप्रसाद ओली समकालीन विश्वमा कम्युनिष्ट आवरणका राष्ट्रवादी छवियुक्त चर्चित व्यक्तित्व हुन् । नेपालमा अहिले उनी ४१ औं प्रधानमन्त्री बनेका छन् । उनलाई यो स्थानमा जनताको मतले पु¥याएकोा भनिन्छ । समस्या नभएको यो विश्वमा अहिले कुनै राष्ट्र छैन । यो समयमा नेपाल त झन समस्याले वेष्ठित राष्ट्र हो । विश्व मानचित्रमा अति प्राचीन राज्यमध्येको शीर्षस्थ स्थानमा हिमवतखण्ड अन्तर्गतको एक राज्य नेपाल वैदिक वाङ्मयको उद्भव स्थल हो ।
|
|
 |
देउवाले कसैलाई नछोड्ने
Tuesday, 02.20.2018, 11:02am
निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व अरूलाई सुम्पिने त कुरै छोडौं संसदीय दलको नेतासमेत कसैलाई नछोड्ने हुनुभएको छ । सम्बद्ध सूत्रका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न काठमाण्डौ– १बाट निर्वाचित नेता प्रकाशमान सिंहले रूची देखाए पनि देउवा स्वयं उम्मेदवार बन्ने तयारीमा रहनुभएको छ ।
|
|
 |
दुई पार्टीबीच एकताको सहमति मन्त्रिमण्डल विस्तारको ढोका खुल्यो
Tuesday, 02.20.2018, 11:02am
काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पदभार ग्रहण गरेको भोलि एकहप्ता पुग्दैछ । लामो कसरतपछि पनि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको साइत नजुरेपछि मन्त्रिमण्डलसमेत विस्तार भैरहेको विलम्ब पनि हटेको छ । सोमबार साँझ दुई पार्टीबीच एकताको ७ बुँदे सहमति भएको छ । यो सहमतिले उत्पन्न अनेक आशंका चिरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो । एकतामा भएको विलम्बले सरकारको पूर्णतामा समेत अनेक आशंका भैरहेको थियो । किनभने सातवटै प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुखको चयन भैसकेको र मन्त्रीहरूसमेत नियुक्त हुँदैगरेको अवस्था छ । भौतिक पूर्वाधारविनाका प्रदेश सरकारहरूका लागि कर्मचारीहरूको बन्दोबस्तसमेत अपुरै छ । अधिकार सम्पन्न स्थानीय सरकारका रूपमा व्याख्या गरिएका स्थानीय तहहरूले समेत निश्चित मार्ग अवलम्बन गर्न सकेका छैनन् । यो पृष्टभूमिमा जतिसक्यो चाँडो केन्द्र सरकारलाई पूर्णता दिएर तिनै हतका सरकारका बीच समन्वय कायम गरेर मुलुकलाई विकास र समृद्धिको बाटोतिर अग्रसर गराउनु अपरिहार्य छ ।
|
|
 |
के के ग¥यो कांग्रेस सरकारले ?
Tuesday, 02.20.2018, 11:01am
काठमाडौं । आलोचना, आरोप, बिरोधकाबीच शेरबहादुर देउवा नेतृत्वको सरकारले बिदा लिएर नयाँ सरकार गठन भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी, राप्रपा सम्मिलित सो सरकारले तमाम अपजसका बीच एउटा ऐतिहासिक काम भने सम्पन्न गरेको छ । सरकारले संविधानतः निश्चित अवधिमा सम्पन्न गर्नुपर्ने तीनवटै तहको निर्वाचन सम्पन्न गरेर ढिला भए पनि सत्ता हस्तान्तरण गरेको छ ।
|
|
 |