निजगढ विमानस्थल निर्माणको दुई ढाँचा, गौतमबुद्ध विमानस्थलको काम युद्धस्तरमा
Thursday, 01.25.2018, 12:30pm
काठमाडौं । नेपालको आर्थिक–विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।
|
|
 |
अदुवाले बजार नपाउँदा किसान चिन्तित
Thursday, 01.25.2018, 12:29pm
पूर्वी नेपालको आर्थिक विकासको प्रमुख स्रोत तीन ‘अ’मध्येको एक अदुवाले बजार नपाउँदा अहिले कृषक चिन्तित बनेका छन् । निकासीमा समस्या आएपछि तेह्रथुममा उत्पादित अदुवा त्यतिकै थन्किएको छ ।
|
|
 |
वर्षेनी सात हजारको मृत्यु, एकदिनमा एक सय २० नयाँ क्षयरोगी
Thursday, 01.25.2018, 12:29pm
नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे वकालत गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुईदिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगीमध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले बताउनुभएको हो ।
|
|
 |
कहिले दिने द्वन्द्वपीडितलाई न्याय
Thursday, 01.25.2018, 12:28pm
दशवर्षे शसस्त्र द्वन्द्वका पीडितलाई न्याय दिन अरु ढिलाइ गर्न नहुनेमा सम्बन्धित पक्षले सरकारको ध्यानाकर्षण गराएका छन् ।
|
|
 |
उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा
Thursday, 01.25.2018, 12:27pm
उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको समाचार छ ।
|
|
 |
वाम सरकारको बाटो छेक्ने प्रयास जारी
Tuesday, 01.09.2018, 01:24pm
मौसमी ठण्डीले सिङ्गो मुलुक जति चिसिँदैगएको छ राजनीतिक मौसम भने उत्तिकै बढी तात्तिँदैगएको छ । जनादेश बमोजिमको नयाँ सरकार बन्न नदिन भित्र–बाहिर दुवैतिरबाट अनेक प्रपञ्च चलिरहे पनि वामगठबन्धन टुट्ने सम्भावना देखिएको छैन । नेकपा एमाले र माओवादी केन्द्रबीच अन्तर्विरोध चर्काएर बहुमतको दिगो सरकार बन्न नदिन गरिएको प्रयास अन्ततः विफल हुने विश्वास बढिरहेको छ । भावी प्रधानमन्त्रीका रूपमा चर्चित एमाले अध्यक्ष के.पी.ओली र माओवादी अध्यक्ष प्रचण्डको नियमित परामर्श र पार्टी एकताको सुनिश्चितताले बाह्यशक्तिको ब्यूहरचना सफल नहुने प्रष्ट सन्देश दिइरहे पनि राष्ट्रिय सभाको निर्वाचन नगरी सरकार बन्न नदिने र समानुपातिकको नतिजा पनि रोकिराख्ने सुनियोजित गतिविधिभित्र लुकेको नियत के हो भन्ने कुरा छर्लङ्गै भैसकेको छ । वाम गठबन्धन टुटाउन र बहुमतको स्थिर सरकार बन्न नदिन भारतीय राजदुतको असङ्गतिपूर्ण बढ्दो चलखेल र कांग्रेस र राष्ट्रिय जनता पार्टीका नेताहरूले सार्वजनिक गरेका धारणाहरूबीचको अन्तर्सम्बन्ध छताछुल्ल भैरहेको छ । वामगठबन्धन टुटाउनकै लागि कुन कुन सम्वैधानिक अङ्गहरू कुन बेला कसरी उपयोग हुने हुन् भन्ने आशङ्का पनि घनीभूत हुँदैगएको छ । जनताको मनोविज्ञान बाहिर गएर स्थिरता, शान्ति र विकासको आधार बन्नसक्ने अवस्थामा पुगेको वाम बहुमतको सरकार बन्न नदिन जति नै षडयन्त्र चले पनि अन्ततः त्यो सफल नहुने विश्वास आमजनताले राखेका छन् ।
|
|
 |
प्रदेश राजधानीको ववण्डर
Tuesday, 01.09.2018, 01:23pm
काठमाडौं । मुलुकको पुनःसंरचनाको नाममा जातीय अग्राधिकार र आत्मनिर्णयको अधिकारसहितको संघीयताको नारा घन्काउन लगाएर परचक्रीले नेपालको सहिष्णु समाजमा विद्वेष फैलाए । त्यही विवादले प्रदेशहरूको नामसमेत तय हुन सकेको छैन । अहिले यसैको अर्को रूप देखापरेको छ । प्रदेशको राजधानीको नाममा ।
|
|
 |
राष्ट्रियसभामा बाम गठबन्धनको ४३ सिट
Tuesday, 01.09.2018, 01:22pm
स्थानीय निकाय, प्रदेशसभा र प्रतिनिधिसभामा सबभन्दा ठूलो दल बनेको नेकपा एमाले राष्ट्रियसभामा पनि ३० सिटसहित सबभन्दा ठूलो दल बन्नेछ । माओवादी केन्द्र र एमालेबीच एकताभयो नै मुलुकको तीनवटै निकायमा बाम गठबन्धनको झण्डै दुई तिहाई हुनेछ । निर्वाचनको पछिल्लो चरण माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा बाम गठबन्धन दुई तिहाई संख्या हुने प्रारम्भिक अनुमान छ ।
|
|
 |
जालझेल नभएर राम्रो निर्णय
Tuesday, 01.09.2018, 01:21pm
काठमाडौं । नेपालमा स्रोत छ तर लगानी गर्न सकिंदैन भन्दै भारतलाई नदी सुम्पने जालझेल अहिले पनि चलिरहेको छ । जब माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपाल आफैंले बनाउने भनेर अघि सारियो तब केही मन्त्री, राजनीतिक दलका नेता र आफूलाई विश्वको अर्थतन्त्रको ज्ञाता मान्नेहरूले यसको बिरोध गरे ।
|
|
 |
बल्ल खुल्यो बुद्धिको बिर्को
Tuesday, 01.09.2018, 01:20pm
पर्सी पुस २७ गते २९६ आंै जन्मजयन्ती । झण्डै एक दशकपछि सरकारले बिदा दियो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा । एक दशक अघिसम्म पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा राष्ट्रिय रूपमा मनाइन्थ्यो । २०६२।०६३ को परिवर्तनपछि राजा–महाराजाहरूले राष्ट्रका लागि दिएको योगदानको चर्चा गर्नुसमेत लाजको विषय बन्न पुगेको थियो । पृथ्वीनारायण शाह, त्रिभुवन, महेन्द्र, वीरेन्द्र जस्ता देशभक्त राजाहरूको राष्ट्रिय स्तरमा चर्चै गर्न नहुने अवस्थामा विस्तारै परिवर्तन आउन थालेको छ ।
|
|
 |
ठूलो अनर्थ निम्तिने संकेत
Tuesday, 01.09.2018, 01:19pm
ताजा जनादेशपछि राष्ट्रिय राजनीति स्वाभाविक गतिमा जुन दिशामा अगाडि बढ्छ भन्ने अपेक्षा र अनुमान गरिएको थियो, ठीक त्यसको विपरीतका गतिविधिहरू प्रायोजित रूपमा अगाडि बढेका छन् । नेपालको आन्तरिक राजनीतिमा अवाञ्छित चलखेल गरी हुँडलो मच्चाउँदै आएको बाह्यशक्तिले नेपाली जनमतले किनारातिर धकेलेका विभिन्न समूह र संवैधानिक जवाफदेहिता बोकेका निकायभित्रै आफ्नो पहुँच र प्रभाव विस्तार गरेर जुन षडयन्त्रात्मक चाल चलिरहेको छ । त्यसले तत्कालका लागि निर्वाचनको परिणाम प्रकाशनमा बिलम्ब र जनादेशका आधारमा नयाँ सरकार गठनमा अवरोध खडा गरेको प्रष्ट अनुभूत गराए पनि मूलतः नेपालको आधारभूत राजनीतिक परिवर्तन र भावी दिशा निर्धारणमा नेपाली जनताको स्वामित्व स्थापित हुन नदिने दुराशय रहेको कुरामा कुनै सन्देह छैन ।
|
|
 |
परिवर्तन ‘दौैरा न साराको खल्ती’ भयो
Tuesday, 01.09.2018, 01:18pm
राजनीतिक स्वतन्त्रताको महत्व त्यसको दुरुपयोग नहुन्जेल मात्र रहेछ । अधिकार अथवा सत्ता पाएपछि मान्छे कसरी बिग्रदा रहेछन् भन्ने कुरा विभिन्न समयका मन्त्र र तिनका कार्यकर्ता एवं आफन्तका चुरीफुरी र चरित्रको अधःपतनका पराकाष्ठा पनि देखिए । त्यस्ताले जनताले पनि बाँच्न पाउनुपर्छ भनेर सोचेको कहिल्यै पाइएन । फलतः शासकहरुकै नैतिक मूल्य पातालमा पुगेको पनि देखियो ।
|
|
 |
प्राचीन हिन्दु अधिराज्यका विविध शासन प्रणाली (२)
Tuesday, 01.09.2018, 01:18pm
प्राच्य राजा र राजतन्त्र पाश्चात्य औपनिवेशिक फन्दामा प¥यो । उसैको मूल्य–मान्यतामा आधारित भएका कथित बुद्धिजीवीले प्राच्य चिन्तनको स्रोत नै बिर्से । आयातीत शिक्षा पद्धतिमा जीवनयापन गर्ने देहाभिमानी बने । वैदिक सभ्यता, संस्कृति आलोच्य बन्यो । राजतन्त्र भन्नासाथ राजाले शासन गर्ने निरंकुश तन्त्र भन्ने प्रचार गरियो । वैदिक वाङ्मय अनुसार राजा शासक होइनन्, संरक्षक हुन् ।
|
|
 |
मुद्दा नै लड्ने भए जन अदालत जाउँ !
Tuesday, 01.09.2018, 01:17pm
यो देशमा जो जति उच्चतम पदमा रहयो बस्यो ऊ त्यति नै बढी सत्ता र शक्तिको दुरुपयोग र अनुचित कार्य गरी भ्रष्टाचार र अकूत आर्जन गर्नेमा सबैभन्दा अगाडि देखियो । “सत्ता र शक्तिले व्यक्तिलाई भ्रष्ट बनाउँछ र जुनसुकै व्यक्तिलाई पनि परमशक्तिले चरम भ्रष्ट बनाउँछ” भन्ने मान्यता नेपालको सन्दर्भमा उहिले ५० प्रतिशत चरितार्थ भएको थियो ।
|
|
 |
भाइरलका बिरामीलाई धामीझाँक्री, नौजनाको ज्यान गयो, पुगेनन् स्वास्थ्यकर्मी
Tuesday, 01.09.2018, 01:16pm
एक सातादेखि फैलिएको रूघाखोकी र भाइरल ज्वरोले शनिबारसम्म ौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् ।
|
|
 |
प्रतिक्षामा पार्टी एकताको निर्णायक वार्ता
Tuesday, 01.09.2018, 01:16pm
काठमाडौं । लामो समयको प्रतिक्षापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अध्यक्षबीच आइतबार साँझ भएको भेटवाताले पार्टी एकताका विषयमा उत्पन्न आशंका दूर गरेको छ ।
|
|
 |
२२ वर्षदेखि चर्चामा रहेको पीश्चमसेती अझै अलमलमा
Tuesday, 01.09.2018, 01:15pm
विगत २२ वर्षदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजनाको काम अझै अड्किएको छ । अस्टे«लियन कम्पनी स्मेकले लामो समयसम्म अध्ययनको नाममा अड्काएको र लगानीकर्ता जुटाउनन नसकेपछि आयोजना २०६८ मा चिनियाँ कम्पनीलाई दिइएको थियो ।
|
|
 |
राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइने
Tuesday, 01.09.2018, 01:14pm
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने भएको छ ।
|
|
 |
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड
Tuesday, 01.09.2018, 01:14pm
काठमाडौं । सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले हालसम्म रू पाँच अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ ।
|
|
 |
चिसो पीडितलाई तातो दिने कसले ?
Tuesday, 01.09.2018, 01:13pm
केही दिनयता देशभरको मौसममा आएको परिवर्तनसंगै अत्यधिक चिसो बढेको छ । चिसोका कारण दर्जन बढीको ज्यान गैसके पनि उनीहरूलाई तातोको बन्दोबस्त गर्न सरकारले चासो देखाएको छैन । राष्ट्रिय मानव अधिकार आयोगले शीतलहर र चिसोबाट प्रभावित सर्वसाधारणको मानव अधिकारको रक्षा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
|
|
 |