कुरा मिल्यो– कुरा मिलेन
Tuesday, 04.03.2012, 02:24pm
काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरु चैत्र मसान्तभित्रै माओवादी लडाकुको समायोजन कार्य पूरा हुने र जेठ १४ गतेभित्रै नयाँ संविधान जारी गरी छोड्ने प्रतिबद्धता व्यक्त गर्न तँछाड मछाड गरिरहेका छन् । गत आइतबार डाकिएको तीन दलको बैठक भने अबरुद्ध नै भयो । सहमतिमा पुग्यो भनिएको सेना समायोजनको प्रक्रिया भने प्राविधिक पक्षमा विवाद भएर पुनः अबरुद्ध भएको छ । प्रमुख दलका शीर्ष नेताहरु निर्देशित रुपमा काम गर्न बाध्य भए पनि पारस्परिक विश्वास र सहजताको अभाव अहिले पनि प्रचूर नै छ ।
|
|
 |
नेताहरू असफताको कलंकबाट बच्लान् ?
Tuesday, 04.03.2012, 02:23pm
संविधानसभाका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई यतिबेला असफलताको कलंक लाग्ने पिरलोले सताउन थालेको छ । आगामी जेठ १४ भित्र संविधान जारी गर्नुपर्ने दवावले नेताहरूको चैन हराएको छ, चौतर्फी दवाव बढेको छ ।
|
|
 |
गाँठो खुल्न सजिलो छैन
Tuesday, 04.03.2012, 02:21pm
राज्य पुनःसंरचना आयोगको सुझाव प्रतिवेदनमाथि संविधानसभामा छलफल सकियो । चार दिनसम्म चलेको छलफलमा बोल्ने सभासद्हरूले विगतमा जस्तै दलीय स्वार्थका आधारमा आआफ्नो धारणा प्रस्तुत गरे । आयोगको सुझाव प्रतिवेदनप्रति अधिकांशको टिप्पणी नकारात्मक नै रह्यो ।
|
|
 |
न्यायाधीशहरूको चटारो
Tuesday, 04.03.2012, 02:18pm
भावी संविधानमा न्यायपालिकाका विषयमा दलहरूबीच भएको विवादको समाधानका लागि सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहितको टोलीले दलका नेताहरूलाई सचेत पारेका छन् ।
|
|
 |
निगमको गलत हिसाबको पोल खुल्यो
Tuesday, 04.03.2012, 02:17pm
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि हरेक पटक ‘यति घाटा हुन्थ्यो, बढेको मूल्यले यति पूर्ति हुन्छ र अझै यति घाटामै छ’ भन्ने गरेको छ । तर यसको वास्तविक चित्र भने अर्कै रहेको खुलासा भएको छ ।
|
|
 |
सत्य निरूपण तथा मेलमिलाप आयोग - राज्य पुनःसंरचना आयोग जस्तो नहोस्
Tuesday, 04.03.2012, 02:16pm
प्रमुख राजनीतिक दलहरूबीच ‘सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने सहमति भएपछि द्वन्द्वकालको घाउ पुरिने आशा गर्न थालिएको छ । आयोगको काम द्वन्द्वका अवशेषलाई निमिट्यान्न पारेर समाजमा भाइचारा, सद्भाव र मित्रता कायम गराउनु र दण्डनीय अपराध गरेकालाई कार्वाही गर्नु पनि हुनेछ ।
|
|
 |
भनेर होइन गरेर देखाउने बेला
Tuesday, 04.03.2012, 02:15pm
राजनीतिक क्षेत्रमा केही दिन यता बढेको सरगर्मीले शाान्त प्रक्रिया चाँडै टुंगिने र जेट १४ को समयसीमा भित्रै नयाँ सम्बिधान जारी हुनसक्ने सन्देश प्रवाह गर्न प्रमुख राजनीतिक दालका शीर्ष नेताहरू इमान्दारितापूर्वक अग्रसर रहेको बोध गराउन खोजेको छ तर जनमानसमा भने अझै पनि पूर्ण भरोशा र विश्वासको स्थिति पैदा हुनसकेको छैन ।
|
|
 |
नेपाली कांग्रेसलाई यहाँभन्दा बढी लचिलो हुने ठाउँ छैन – रमेश लेखक, नेपाली कांग्रेस
Tuesday, 04.03.2012, 02:12pm
पछिल्लो समयमा आएर क. प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराई दुवैजनाले सात बुँदेभन्दा दायाँ बायाँ गरेर जान सकिंदैन भन्ने महसुस गर्नुभयो र उहाँहरू दुवैजनाले सात बुँदेमै टेकेर जानुपर्छ भनेर सेना समायोजन विशेष समितिबाट अहिलेको निर्णय भएको हो । हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं । यति हुँदाहुँदै पनि यो सहमति कार्यान्वयनमा जान सकेन भने त्यसको कुनै अर्थ हुँदैन । आशंका अझै पनि कायम नै छ ।
|
|
 |
पर्वतीय राष्ट्रहरूमा जलवायु परिवर्तनको प्रभाव - यादब देवकोटा
Tuesday, 04.03.2012, 02:10pm
पर्सीदेखि काठमाडौंमा पर्वतीय मुलुकहरूमा जलवायु परिवर्तनको प्रभाव सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । नेपाल जलवायु परिवर्तनबाट प्रभावित हुने प्रमुख राष्ट्रहरूको सूचीमा परेको हुँदा यस्तो सम्मेलन नेपालमा हुनु यसको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने भए पनि नेपालमा जलवायु परिवर्तनबाट पुगेको असरबारे अझै पनि आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन । वातावरण मन्त्रालयले जलवायु परिवर्तनबाट प्रभाव पार्ने क्षेत्रहरूको पहिचान त गरेको छ त्यसको न्यूनीकरणका लागि चाल्नुपर्ने प्रभावकारी कदम र त्यसबाट हुने आर्थिक–सामाजिक र जैविक क्षतिको मूल्यांकन गरेको छैन ।
|
|
 |
पहाड–तराईबीच विषमताको अन्तर - महेश्वर शर्मा
Tuesday, 04.03.2012, 02:09pm
जहाँ बढी फोहर हुन्छ त्यहाँ विभिन्नथरि कीटाणु फस्टाउँछन् । त्यस्तै जहाँ बढी शोषण र विषमता हुन्छ विद्रोह पनि त्यस्तै ठाउँबाट उठछ । माओवादीले पनि त्यस्तै ठाउँ छानेर विद्रोह शुरु गरेका थिए ।
|
|
 |
खुला पत्रमार्फत अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रश्न - तारा सुवेदी
Tuesday, 04.03.2012, 02:08pm
विगत सात वर्षदेखि यस स्तम्भमा आफ्नो देशमा वनमाराझँै फैलिदै र मौलाउँदै गएको अराजकता, विधि, विधान र दण्ड शून्यता, शासन एवं शान्ति सुरक्षा विहीनता, भ्रष्टाचारको व्यापकता, देशको शासन सत्ता नियन्ता बनेका राजनीतिक पेशेवर (नेता)हरूले सत्ता, शक्ति र स्वार्थका लागि निर्लज्जतापूर्वक भित्र्याउँदै र स्वीकार्दै गरेको परदासताकाबारेमा चिरफार गर्दै लेखिँदै आइएको थियो ।
|
|
 |
“भिक्षु र दार्शनिक”को विमोचन
Tuesday, 04.03.2012, 02:03pm
काठमाडौं । नेपाली सहित २३ भाषाहरुमा अनुवादित एवं अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक विक्री भएको कृतिमा दरिएको ‘भिक्षु र दार्शनिक’ नामक कृतिको गत बिहिबार राजधानीमा विमोचन भएको छ ।
|
|
 |
आफ्नै खर्चमा सुरक्षा पोष्ट
Tuesday, 04.03.2012, 02:00pm
अरुलाई सुरक्षा दिने कार्यमा खट्नुपर्ने प्रहरी नै सुरक्षित बासस्थान नपाएर असुरक्षित हुन्छन् भने उनीहरूले जनतालाई कसरी प्रभावकारी सुरक्षा प्रदान गर्न कसरी सक्लान् ?
|
|
 |
डलरको प्रभुत्व तोड्ने अठोट
Tuesday, 04.03.2012, 01:59pm
विश्वका उदयीमान आर्थिक शक्ति राष्ट्रहरू ब्राजील, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको संगठन (ब्रिक्स)को हालै सम्पन्न दिल्ली सम्मेलनले विश्व बैंकको वैकल्पिक बैंक स्थापना गर्नुपर्ने प्रस्ताव गरेको छ । सम्मेलनमा डलरले कायम गरेको विश्वव्यापी प्रभुत्वलाई तोड्न आफ्नै मुद्रा प्रचलनमा ल्याउने सहमति ती राष्ट्रले गरेका छन् ।
|
|
 |
सोनिया विश्वको चौथो धनी राजनेता
Tuesday, 04.03.2012, 01:57pm
भारतको कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धी विश्वको चौथो धनी राजनेता रहेको अमेरिकी वेबसाइट “बिजनेस इनसाइडर”ले उल्लेख गरेको छ । संसारका सबभन्दा धनी राजनेताहरूको सूची सार्वजनिक गर्ने क्रममा सो संस्थाले सोनिया गान्धीलाई चौथो नम्बरमा राखेको हो ।
|
|
 |
किस्ताबन्दीमा संविधान ल्याउने कसरत
Monday, 03.26.2012, 03:43pm
काठमाडौं । राष्ट्रिय राजनीतिमा विपरीत धारका समानान्तर गतिविधिहरू उत्कर्षमुखी बन्दैगएका छन् । सरकार र एनेकपा माओवादीको संस्थापन पक्ष केही दिनभित्रै सेना समायोजनको मुद्दा टुंग्याएर शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउने र किस्ताबन्दीमै भने पनि तोकिएको समयभित्र संविधान जारी गर्ने पक्षमा अहोरात्र क्रियाशील हुनथालेको छ । शान्ति प्रक्रिया टुंग्याएर मात्र संविधान लेखन कार्यलाई अगाडि बढाउने पक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको बोलीमा माओवादी अध्यक्ष प्रचण्डले समेत लोली मिलाउन थाल्नुभएको छ । नेपालको आन्तरिक राजनीतिमा निर्णायक भूमिका खेल्दै आएको बाह्य शक्तिले जेठ १४ गतेभित्र जसरी पनि संविधान निर्माण कार्य पूरा गर्न प्रमुख दलका शीर्ष नेताहरूलाई चर्को दवाव दिइरहेको दावी राजनीतिक सूत्रहरूको छ ।
|
|
 |
माओवादीभित्र चर्को अन्तरसंघर्ष : दुवै पक्ष समानन्तर समिति गठनको तयारीमा
Monday, 03.26.2012, 03:42pm
काठमाडौं । शान्ति प्रक्रियाको अभिन्न अङ्ग, संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीभित्र शान्ति र संविधानको नाममा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको एक धार र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षधरको अर्को धार खडा भएको छ । पार्टीभित्रको दुई गुट स्पष्टतः विभाजनकै संघारमा पुगेको आशंका झ्याँगिएको छ ।
|
|
 |
निभ्ने बेलाको उज्यालो
Monday, 03.26.2012, 03:41pm
काठमाडौं । सुशासन, पारदर्शिता, मितव्ययी सरकार चलाउने घोषणा गर्नुभएका प्रधानमन्त्री डा. भट्टराईले सरकारको आयु लगभग सकिनै लागेका बेला अमर्यादित कार्य गर्ने मन्त्रीहरूमाथि कार्वाही थाल्नुभएको छ । गत शुक्रबार श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरीलाई निलम्बन गर्नुभयो ।
|
|
 |
सभासद्हरूले दवाव दिने
Monday, 03.26.2012, 03:40pm
काठमाडौं । संविधानसभाका सभासद्हरूले दलीय स्वार्थ अनुसार मात्र आफूलाई प्रस्तुत गरे भन्ने आरोप लागिरहेका बेला केही सभासद्हरू भने शान्ति र संविधानका लागि जुर्मुराउन थालेका छन् ।
|
|
 |
विदेशी नक्कलको पुलिन्दा : कृषि विकास रणनीति
Monday, 03.26.2012, 03:38pm
ठूलो धनराशी खर्च गरी तयार गरिएको प्रस्तावित रणनीतिले सन् १९९५ मा प्रस्तुत भएको २० वर्षे रणनीतिको उपलब्धताहीन प्रत्युत्पादक स्थितिलाई नै दोहोर्याउने सिवाय वाञ्छित परिणामदायी कुनै उपलब्धि हाँसिल नहुने आलोचनात्मक टिप्पणी अहिले नै सुरु भएको छ ।
|
|
 |