हिन्दीलाई मातृ भाषा बनाउने षड्यन्त्र
Friday, 03.23.2012, 03:15pm
एकीकृत नेकपा माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले मधेशवादी दलहरू आगामी संविधानमा हिन्दीलाई बलजफ्ती मातृभाषा बनाउने तयारीमा रहेको दावी गर्नुभएको छ ।
|
|
 |
अमेरिकाले सहयोग नपुर्याएको आरोप
Friday, 03.23.2012, 03:13pm
अफगानिस्तानका राष्ट्रपति हमिद करजाइले अमेरिकामाथि कान्धारमा १६ जना सर्वसाधारणको हत्या गरेका अमेरिकी सैनिक विरुद्धको जाँचमा सहयोग नपु¥याएको आरोप लगाउनुभएको छ ।
|
|
 |
शान्ति र संविधान दलदलमा भासियो
Monday, 03.12.2012, 03:33pm
काठमाडौं । मुलुक दिन प्रतिदिन गम्भीर संकटको दिशातिर उन्मुख छ । शान्ति र संविधानको हलो यसरी अड्केको छ कि त्यसलाई झिक्ने सामथ्र्य कसैले पनि देखाउन सकेका छैनन् । एकले अर्कोलाई गाली गरेर आफू चोख्खिने प्रयासकै निरन्तरता छ ।
|
|
 |
दोषारोपणको बाढी
Monday, 03.12.2012, 03:31pm
काठमाडौं । अरुले मिलाइदिए मात्र मिल्ने प्रवृत्ति कुनै पनि राजनीतिक दलले त्याग्न नसकेका कारण दलका नेताहरूबाट दोषारोपणको बाढी नै उर्लिरहेको छ ।
|
|
 |
नेताहरू आग्रह प्रवाहमै मख्ख
Monday, 03.12.2012, 03:30pm
काठमाडौं । महाधिवेशन भएको तीन वर्षपछि आयोजना गरिएको नेकपा एमालेको प्रतिनिधि परिषद्को प्रथम बैठकले एक आपसमा मुन्टो बटारेर हिंड्ने नेताहरूलाई एउटै थलोमा ल्याउने र “हामी एकताबद्ध भयौं” भन्ने सन्देश दिने बाहेक मुलुकको राजनीतिक परिस्थितिलाई सहज बनाउन कुनै भूमिका निर्वाह गर्न सकेन ।
|
|
 |
इस्वी संवत् लागू गर्ने तयारी
Monday, 03.12.2012, 03:29pm
काठमाडौं । डा. बाबुराम भट्टराईको सरकारले परम्परादेखि चल्दैआएको विक्रम संवत्लाई पटाक्षेप गर्दै इस्वी संवत्लाई राष्ट्रिय क्यालेण्डरका रुपमा स्थान दिने तयारी गरिरहेको ज्ञात भएको छ ।
|
|
 |
विद्यार्थीको भविष्यमाथि खेलवाड
Monday, 03.12.2012, 03:27pm
काठमाडौं । ७८ लाख विद्यार्थीहरूको पठनपाठन ठप गरी विभिन्न राजनीतिक दलसंग आवद्ध १८ वटा शिक्षक संगठनहरूको आव्हानमा भएको अनिश्चितकालीन शैक्षिक हड्ताल पाँच दिनका लागि स्थगित भएको छ ।
|
|
 |
बैंकहरूको नोक्सानी खर्च बढ्यो
Monday, 03.12.2012, 03:25pm
जतिबेला बैंकहरूमा प्रशस्त निक्षेप हुन्छ त्यतिबेला नगद प्रवाह हुन सकेन भने त्यसले राम्रो नतिजा दिंदैन । अहिले वाणिज्य बैंकहरूसंग प्रशस्त रकम छ तर लगानीको वातावरण छैन । बैंकहरू लगानीका लागि चाउचाउको विज्ञापन गरेजस्तो आकर्षण देखाइरहेको स्थिति एकातिर छ भने अर्कोतिर औद्योगिक क्षेत्रमा दिएको ऋण खराब बन्दै गएको छ ।
|
|
 |
मितव्ययी प्रधानमन्त्रीको खर्चालु चाला
Monday, 03.12.2012, 03:24pm
पञ्चायतकाल छोड्ने हो भने मुलुकले अहिलेसम्म उच्च शिक्षित व्यक्तित्व प्रधानमन्त्री पाएको यो पहिलोपटक हो । उच्चशिक्षित, क्रान्तिकारी राजनीतिक पृष्ठभूमि त्यसमा पनि प्राविधिक शिक्षामा ज्ञान आर्जन गर्नुभएका डा. भट्टराईको कार्यकालमा मुलुकले फड्कै मार्छ भन्ने आम जनताको विश्वास यतिबेला टुट्दै छ ।
|
|
 |
नागरिकतामा फेरि खेलबाड
Monday, 03.12.2012, 03:22pm
मधेशवादी दलहरूले सत्ता गठबन्धन गर्दाको कथित ४ बुँदे सहमतिको कार्यान्वयनको अल्झो थापेर अन्तरिम संबिधान संशोधन गरेरै भएपनि जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्ततिलाई वंशजका आधारमा नागरिकता दिनु पर्ने नत्र भने चैत २५ गतेभित्रै सरकारबाट बाहिरिने धम्की दिएका थिए ।
|
|
 |
राजनीतिक दलहरूले संविधान लेखन कार्यलाई विषय बनाइरहेका छन् - नीलाम्बर आचार्य, सभापति संवैधानिक स
Monday, 03.12.2012, 03:16pm
संविधान निर्माण कार्य नेपालभित्र हुने हो, नेपालका राजनीतिक दलहरूले गर्ने हो र संविधानसभाले गर्ने हो । संविधानसभामा राजनीतिक दलहरूका नेताहरू छन् । संविधानसभाभित्र सबै दलका शीर्ष नेताहरू रहेका छन् । यसले गर्दा संविधानसभाका सदस्यहरूले आफ्नो पार्टीका नेताको निर्णय र निर्देशन मान्नुपर्ने हुन्छ ।
|
|
 |
महिला दिवस : नारा, भाषण र क्षुद्र आलोचना हैन, नतिजा चाहिन्छ - यादब देवकोटा
Monday, 03.12.2012, 03:13pm
कुल जनसंख्याको ५१ प्रतिशत महिला भएको मुलुकमा ३३ प्रतिशत महिलाका लागि मात्र आरक्षणको व्यवस्था गरिएको छ । यो विश्वव्यापी मान्यता हो भनिन्छ । अरुले जे ग¥यो हामीले पनि त्यही गर्नुपर्छ भन्ने छैन ।
|
|
 |
कठीन छैनः न्यायिक सुद्धीकरण, सुदृढीकरण र सवलीकरण गर्न : तारा सुवेदी
Monday, 03.12.2012, 03:11pm
गएको अंक पढेका आदरणीय मित्रहरूले “सधै सर्वोच्च अदालत र नेपालको न्यायिक प्रणालीप्रति आगो ओकल्दै गरेको मान्छे तिमीले संविधानसभालाई “अब एकपटक बढीमा छ महिना मात्र म्याद थप गर्नसक्ने त्यसपछि नसक्ने” भनेर पैmसला गरेपछि र जे.पी. गुप्तालाई जेल पठाएको देखेर होला “पूरा नेपालको न्यायालयमा सुधार आएको ठानेछौ” भनेर टिप्पणी गरे ।
|
|
 |
सत्ताको नसाले सक्कली बाबुराम देखाइदियो : महेश्वर शर्मा
Monday, 03.12.2012, 03:09pm
जे गर्न खोजिन्छ त्यसको उल्टो पाटो पनि हेर्नुपर्छ । एकोहोरो हेराइबाट विपरीत पनि पर्नसक्छ भनेर विचार पु¥याउन नसक्दा यहाँ सर्वत्र अस्तव्यस्तता छ । विना सोचविचार, विना योजना हचपचमा गरेका कामले कोल दिएका छैनन् । घर बनाउँदा पहिले नक्सा बनाइन्छ ।
|
|
 |
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल
Monday, 03.12.2012, 03:07pm
आमसंचारको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आउनुभएका संचारविद् चिरञ्जीवी खनालद्वारा लिखित नवीनत्म कृति ‘पत्रकारिता सन्दर्भ’ हालै प्रकाशित भएको छ । नेपाली पत्रकारिता तथा आमसंचार शिक्षाको जग बसाउनेदेखि लिएर नेपालमा पत्रकारिता शिक्षालाई अहिलेको अवस्थामा ल्याउन उल्लेखनीय योगदान पुराउँदै आउनुभएका सहप्राध्यापक खनालको प्रस्तुत कृति समसामयिक दृष्टिकोणहरूको संगालो हो ।
|
|
 |
तस्करीका लागि एम्बुलेन्स
Monday, 03.12.2012, 03:05pm
काठमाडौं बिरामी बोक्ने एम्बुलेन्समा तस्करी गरिन्छ भन्दा सायद पत्याउन गाह्रो पर्ला तर बिराटनगरस्थित नोबल मेडिकल कलेजको एम्बुलेन्समा भन्सार छलेर ल्याउँदै गरेको लाखौं मूल्यका सामान प्रहरीले बिहीबार बरामद गरेको छ ।
|
|
 |
कंग्रेस आईलाई ठूलो झड्का
Monday, 03.12.2012, 03:03pm
भारतको विभिन्न पाँच राज्यमा विधानसभाका लागि भएको चुनावमा भारतको प्रमुख सत्ताढ घटक कंग्रेसलाई ठूलो झड्का लागेको छ । करिब एक महिनासम्म विभिन्न चरण गरी गत शनिबार मतदान सकिएका पाँच राज्यमध्ये मणिपुरमा मात्रै कंग्रेसले अग्रस्थान हासिल गर्न सक्यो ।
|
|
 |
राजधानीमा बम विस्फोट तीनजनाको मृत्यु
Tuesday, 02.28.2012, 10:25am
काठमाडौं । राजधानीको अति सुरक्षित मानिएको सिंहदरबार क्षेत्र नजिकै बबरमहल स्थित नेपाल आयल निगम नजिकै हिजो शक्तिशाली बम विस्फोटन भएको छ । पछिल्लो समाचार अनुसार विस्फोटनका कारण दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ भने सातजना गम्भीर घाइते भएको समाचार छ । विस्फोट लगत्तै “संयुक्त जातीय मुक्ति मोर्चा”ले घटनाको जिम्मेवारी लिएको त्यसका नेता विश्वक्रान्तिले संचार माध्यमलाई फोन गरेर बताएको जनाइएको छ ।
|
|
 |
संघराज्य : किन दक्षिण मात्र छुवाउने ?
Tuesday, 02.28.2012, 10:24am
उत्तर दक्षिण सीमा छोडिएको तीन भौगोलिक अवस्थिति रहेको र दुई विशाल देशहरूको बीचमा रहेको नेपालको भूराजनीतिक सन्तुलनका लागि भौगोलिक अवस्थितिकै आधारमा राज्यको पुनःसंरचना गर्नुपर्छ भन्ने आवाज मत्थर हुँदै जातीय राज्यको मागका कारण अनेक आशंका उत्पन्न भैरहेको छ ।
|
|
 |
राजनीतिकरण गर्ने प्रयास विफल
Tuesday, 02.28.2012, 10:23am
काठमाडौं । जयप्रकाश प्रसाद गुप्ताले सर्वोच्च अदालतले आफूमाथिको अभियोग सही ठह¥याएपछि “यो मधेशको विपक्षमा आएको फैसला हो र यसलाई मधेशमाथि आउन लागेको संकटको रुपमा लिनुपर्छ” भनेर मधेशी जनताको सहानुभूति लिने प्रयास मात्र नगरेर तराईमा आन्दोलनको ज्वाला दन्काउने प्रयास गरेका भए पनि त्यो सफल भएन ।
|
|
 |