संविधानसभालाई ‘नाबो’ बनाउने षड्यन्त्र - यादब देवकोटा
Monday, 02.20.2012, 03:37pm
जतिसुकै क्रान्तिकारी, जतिसुकै लोकतान्त्रिक र जतिसुकै समानता, समावेशी, न्यायपूर्ण समाज, विधि अनि कानुनको प्रत्याभूति दिने गरी सुशासनका नारा घन्काए पनि परिस्थिति त्यसको ठीक विपरीत छ । गर्नुपर्ने र हुनुपर्ने कुनै काम गरिएका र भएका छैनन् । एकसूत्रीय अभियानलाई नै नेताहरूले सफल पार्न नसकिरहेको बेला यतिखेर आएर मच्चिएका अनेक उत्पातलाई कसरी सामसुम पार्ने हुन् ? चिन्ताको विषय छ ।
|
|
 |
देश टुक्र्याउनेले देश बनाउँदाको पीडा के बुझुन् - महेश्वर शर्मा
Monday, 02.20.2012, 03:36pm
निष्पक्ष भएर हेर्ने र सोच्ने हो भने नेपालको जातीय जटिल संरचना, भौगोलिक स्थिति, नदीहरूको वहावको अवस्था, प्राकृतिक–धार्मिक, भाषा–संस्कृति, उपसंस्कृतिको विविध परिवेश र सामाजिक आर्थिक समस्याको चिरफार नगरी हतार र आवेशमा जातीय राज्य विभाजन गर्नु भनेको अन्त्यहीन समस्या सिर्जना गर्नु हो ।
|
|
 |
देशको दशा, बुद्धीजीवी मित्रको अनुभूति र अभिव्यक्ति - तारा सुवेदी
Monday, 02.20.2012, 03:20pm
“हिजोको सबैभन्दा बढी अन्न उब्जाउ हुने उर्वराभूमि ‘मधेश’लाई आज सबै देशी–विदेशी शक्तिले सत्ताको सर्वाधिक उब्जाउ भूमि ठान्दै र बनाउँदै आएका छन् । र त्यतिमात्र होइन– त्यहाँका पंचमाङ्गी पेशा व्यवसायी (कर्मचारी लेखक, पत्रकार, सांसद, कार्यकर्तादेखि नेतासम्म) का लागि ‘मधेश’ कामधेनु बनेको छ ।
|
|
 |
अठार दल खारेज हुनसक्ने
Monday, 02.20.2012, 03:18pm
काठमाडौं । निर्वाचन आयोगले १८ दलको खारेजी प्रक्रिया सुरु गरेको छ । खर्च विवरण नबुझाउने ती दलको खारेजी प्रक्रिया सुरु गरिएको कार्यवाहक निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले गत शुक्रबार एक पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
|
|
 |
शान्ति र संविधानको बाटो अझै अबरुद्ध, राष्ट्रियता बिरुद्ध नियोजित प्रहार
Monday, 02.13.2012, 03:43pm
काठमाण्डौ । मुलुक यतिखेर महाषड्यन्त्रको जञ्जालमा फँस्दै गएको छ । राष्ट्रिय एकता, अखण्डता र जातीय–क्षेत्रीय सद्भाव बिरुद्ध सरकारका मन्त्रीहरू नै मुखवीर भएर अगाडि सरेका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफैं ‘देश उत्तर दक्षिण कतै विलय हुने खतरा’ देखाएर विवादमा तानिएका छन् । उहाँको सरकारका मन्त्रीहरू राज्यसंग मधेशको सम्बन्ध टुट्न सक्ने हाँक दिइरहेका छन् । राष्ट्रिय अखण्डता विरुद्ध बकवास गर्ने मन्त्रीहरूलाई बर्खास्त गर्न मात्र होइन सामान्य प्रष्टिकरण लिने क्षमता र हैसियतसम्म पनि प्रधानमन्त्रीसंग छैन । राष्ट्रपतिले ध्यानाकर्षण गराउँदा पनि प्रधानमन्त्रीको वाणी खुलेको छैन । यो रहस्यमय मौनताले डा.भट्टराईकै नियतमा नै खोट रहेको आभास दिएको छ । आपराधिक पृष्ठभूमिका मन्त्रीहरूको बैसाखी टेकेर सत्ताको निरन्तरता जारी राख्ने दुराकाङ्क्षाबाट प्रधानमन्त्री भट्टराई प्रेरित रहेको प्रतीत भैरहेछ । नेपालको राष्ट्रिय एकता, अखण्डता र क्षेत्रीय सद्भाव विरुद्ध उपयोग हुँदैआएको परजीवी समूहकै आड–भरोशमा बनेको सत्ताले मुलुकको अस्मितामाथि अहिले जुनरुपमा खेलवाड गरिरहेको छ । त्यसले मुलुकको भविष्य भयावह दिशातिर धकेलिँदै गएको संकेत दिएको छ । राष्ट्र विप्लवको जनअभियोग लागेका परजीवीहरूसंग आत्मसमर्पण गरेर सत्ता टिकाउने प्रपञ्च रच्नुले डा. भट्टराईको बचेखुचेको छवि पनि पूरै धमिलिएको छ ।
|
|
 |
एकथरि मिल्यो अर्को समस्याको सिर्जना
Monday, 02.13.2012, 03:39pm
काठमाडौं । एकीकृत नेकपा माओवादीले शिविरमा रहेका स्वैच्छिक अवकाश रोजेका लडाकुहरूको विदाइ कार्यक्रमलाई साथ दिएर शान्ति प्रक्रियामा एउटा गतिलो काम गरेको अनुभूत भए पनि विदाइसंगै उत्पन्न अन्य विवादले आगामी दिनमा झन समस्या उत्पन्न हुने संकेत दिएको छ ।
|
|
 |
गच्छेदारको एकलौटी निर्णय : ‘मधेशी’का जनतालाई वंशजको नागरिकता
Monday, 02.13.2012, 03:38pm
काठमाडौं । एकीकृत नेकपा माओवादीसंग सरकार गठनका बेला भएको चारबुँदे सहमति कार्यान्वयन गर्ने सवालमा उपप्रधान तथा गृहमन्त्री विजय कुमार गच्छेदारले एकलौटी रुपमा कानुन विपरीत नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गरेको समाचार सार्वजनिक भएपछि यो मुलुकमा संविधान, ऐन कानुनको पालना कसैले पनि गर्नु नपर्ने हो कि भन्ने भान परेको छ ।
|
|
 |
सीएमको निम्तोमा पीएम
Monday, 02.13.2012, 03:36pm
काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतका विहार राज्यका मुख्यमन्त्री नीतिशकुमारको निम्तोमा फागुन ५ गते नेपाली सेनाको आकाशे ट्रकमा सवार भै पटना जानुहुने र एक कार्यक्रममा भाग लिई उसैदिन फर्कनुहुने ज्ञात भएको छ ।
|
|
 |
अकुत सम्पत्तिको स्रोत छैन
Monday, 02.13.2012, 03:36pm
काठमाडौं । एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयोगमा बुझाइएको चार वर्षको खर्च विवरणमा ती पार्टीहरूले प्राप्त गरेको आम्दानीको स्रोत खुलाएका छैनन् । प्राप्त जानकारी अनुसार तीन ठूला दलसहित आयोगमा चार वर्षको खर्च विवरण बुझाएका अन्य ३६ वटा दलहरूले कानुनी प्रावधान अनुसार आफ्नो आम्दानीको स्रोत खुलाउनु आवश्यक छ ।
|
|
 |
रणनीति त बन्ला कार्यान्वयन कसरी ?
Monday, 02.13.2012, 03:34pm
आर्थिक विकासका नाममा अनेक रणनीति तय भएका छन् । सरकार फेरिएपिच्छे आर्थिक विकासका नाममा नयाँ नयाँ योजनाहरू पनि सार्वजनिक भैरहेका छन् । तर मुलुकको आर्थिक अवस्थामा भने कुनै सुधार छैन । बेरोजगारी समस्या उर्लदो छ, महंगी नियन्त्रण छैन, बजारमा वस्तुको अभाव देखिन्छ ।
|
|
 |
दण्डहीनताको बढोत्तरीले हिंसामा वृद्धि
Monday, 02.13.2012, 03:28pm
कानुनको पालना गराउनेहरू नै अपराधीलाई संरक्षण गरेर हिंडेपछि समाजमा अपराधले मौलाउने मौका पाउँछ नै । पछिल्लो समय मुलुकमा बढ्दो दण्डहीनताका कारण महिलाहरू बढी मात्रामा हिंसाको शिकार हुनु परिरहेको छ ।
|
|
 |
मुलुकको नियती
Monday, 02.13.2012, 03:26pm
देशभक्त सबै नेपालीको एउटैमात्र चाहना स्वतन्त्र, अखण्डित र समृद्ध नेपाल हो । मुलुकले आज जुन नियती भोगिरहेछ त्यसलाई गम्भीर रुपमा मनन गर्नेहरूले राष्ट्रिय एकता र अखण्डता नै जोखिममा पर्दै गएको धारणा र चिन्ता पटक पटक सार्वजनिक गर्दैआएका छन् । राष्ट्रपतिदेखि लिएर विभिन्न दलका नेताहरूले समेत यस्तो चिन्ता प्रकट गर्ने गरेको देखिन्छ ।
|
|
 |
जातीय राज्य बनाएर अराजकता फैलाउने अभियान वर्षौदेखि चलिरहेको छ - चित्रबहादुर के.सी.
Monday, 02.13.2012, 03:21pm
संघीय प्रणाली मान्नेहरूको बीचमा संघीयता अन्धाले हात्ती छामेजस्तो भैरहेको छ । संघीय प्रणाली कस्तो भन्ने कुरामा उनीहरू नै स्पष्ट छैनन् । कसैले १४ प्रदेश, कसैले ११ प्रदेश, कसैले ६ प्रदेश भनिरहेका छन् । यसबाट के बुझ्नुपर्छ भने संघीयताको मुरली बजाउनेहरू नै अन्धाले हात्ती छामेजस्तो भएपछि जनताले कसरी बुझ्ने र संविधान कसरी बन्ने । यो चार वर्षसम्म दलहरूले चाहेको कुन प्रकारको संघीयता हो त्यो नेपाली जनताले थाहा पाउन पर्दैनथ्यो ?
|
|
 |
नेपालमा जलवायु परिवर्तनको प्रभाव र रोकथामका उपाय - यादब देवकोटा
Monday, 02.13.2012, 03:18pm
विश्व जलवायु परिवर्तनको मारमा परिरहेको छ । अकस्मात देखापर्ने मौसमी परिवर्तनका कारण प्रविधिले गर्ने मौसम सम्बन्धी भविष्यवाणी समेत नमिल्ने हुन थालेका छन् । मध्य हिउँदमा मनसुनी शैलीको वर्षा हुने, वर्षायाममा सुख्खा पर्ने जस्ता समस्याहरू जलवायु परिवर्तनकै कारण हो । एकाएक घनकोर वर्षा हुने र वर्षा हुनुपर्ने समयमा पानी नपर्ने समस्या विगत आधा दशकदेखि नै देखापरिसकेको छ ।
|
|
 |
शान्ति र संविधान अझै दोधारमै छन् - महेश्वर शर्मा
Monday, 02.13.2012, 03:17pm
मन नलागी नलागी गरेको काम सफल हुने सम्भावना ज्यादै न्यून हुन्छ । अहिले शान्ति प्रक्रिया र संविधान निर्माणको काम त्यस्तै स्थितिमा छ ।
|
|
 |
काँग्रेस माओवादी जंगल जाऊन् भन्ने चाहन्छ - तारा सुवेदी
Monday, 02.13.2012, 03:15pm
केही दिन पहिले नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाले “माओवादीहरु ‘फेरि जंगल फर्के हुन्छ । हामीलाई आपत्ति छैन, बाटो रोक्न आउँदैनौ बाटो खुला छ” भनेर भन्नुभयो भनेर ठूलै पत्रिकाहरुमा छापिएको थियो । लागेको थियो, “त्यसले निकै तरङ्ग पैदा गर्नेछ र माओवादीहरुबाट निकै चर्को र रुखो प्रतिक्रिया आउनेछ ।” तर अनुमान गलत सावित भयो ।
|
|
 |
अभिनन्दित बहुआयामिक व्यक्तित्व महेश्वर शर्मा - डा. देवीप्रसाद सुवेदी
Monday, 02.13.2012, 03:13pm
नेपाली वाङ्मयका वरिष्ठ साधक, आधुनिक नेपाली साहित्यका बहुआयामिक स्रष्टा, सामाजिक–राजनैतिक द्रष्टा, अन्वेषक र विश्लेषक रहेका महेश्वर शर्मालाई गण्डकी साहित्य परिषद्को अगुवाइमा सम्पन्न अभिनन्दन कार्यक्रममा उहाँप्रति अन्य कतिपय संस्था र बौद्धिक व्यक्तित्वहरूले पनि हार्दिक अभिवादन र अभिनन्दन समर्पण गरे ।
|
|
 |
जातीय आधारमा राज्य बनाउन खतरा
Monday, 02.13.2012, 03:12pm
काठमाडौं । संघीयताका विभिन्न मोडलबारे चर्चा र बहस भैरहेका बेला बुद्धिजीवीहरूले संघीय राज्य निर्माणको आधार जातजातिलाई मात्र बनाउन नहुने धारणा राखेका छन ।
|
|
 |
नेता खेमराज पण्डिको निधन
Monday, 02.13.2012, 03:07pm
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता खेमराज पण्डितको ७० वर्षको उमेरमा आइतबार निधन भएको छ । उहाँको आइतबार विहान पौने एघार बजे हृदयघातका कारण निधन भएको हो ।
|
|
 |
बन्ला त अब सम्विधान ?
Monday, 02.06.2012, 03:21pm
काठमाडौं । देशको राजनीतिले यो हप्ता नयाँ मोड लिएको छ । पानी बाराबारको स्थितिमा पुगेका प्रमुख तीन दलका नेताहरू अहिले सघन संवादको प्रक्रियामा छन् । माओवादीसंगको वार्ता वहिष्कार गर्दै आएका कांग्रेस र एमालेका नेताहरू दुईपक्षीय र त्रिपक्षीय वार्तामा सरिक हुन थालेका छन् । स्वैच्छिक अवकाश रोजेका माओवादी लडाकुहरूलाई रकम सहित बिदा गर्ने प्रक्रिया पनि सुरु भएको छ । माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरुप वारेका विवाद माघ मसान्त भित्रै टुङग्याउने बचनबद्धता प्रकट गर्न थालेका छन् ।
|
|
 |